रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम



निर्माणाधीन गाैतमबुद्ध विमानस्थल
निर्माणाधीन गाैतमबुद्ध विमानस्थल

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिएको छ।

विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले समयमा नै पैसा भुक्तानी नपाएको भन्दै आइतबारदेखि निर्माणको काम रोकेको छ।

ठेकेदार कम्पनीले बिल अनुसारको रकम भुक्तानी नभएसम्म काम नगर्ने भन्दै निर्माण कार्य रोकेको आयोजना कार्यालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राष्ट्रिय गौरवको आयोजना कार्यालयबाट करिब २० करोड रुपैयाँ भुक्तानीका लागि बिल बुझाए पनि रकम भुक्तानीमा ढिलाई भएको छ।

आयोजनाले पठाएको बिल तीन सातादेखि मन्त्रालयमा नै रोकिएको आयोजना कार्यालयले जनाएको छ। कार्यालयका उच्च कर्मचारीका अनुसार मन्त्रालयको बेवास्ताका कारण अन्तिम समयमा आएर निर्माण काम रोकिएको हो।

निर्माणाधीन गाैतमबुद्ध विमानस्थल

निर्माणाधीन गाैतमबुद्ध विमानस्थल

यता मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार मन्त्रालयमा आयोजनाले पठाएका फाइल अर्थमा पठाईएको छ। बिल अनुसारको रकम छिटै भुक्तानी हुने उनले बताए।

आयोजनाले पठाएको बिल मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) मा पठाउनुपर्दछ।

आयोजना कार्यालयका एक उच्च अधिकारीका अनुसार एडीबी आफैँले रकम भुक्तानी गर्दा समस्या भएको थिएन। एडीबी पछि हटेर मन्त्रालयमार्फत भुक्तानी हुने प्रावधान भएपछि समस्या उत्पन्न भएको हो। ती अधिकारीका अनुसार सिधैं एडीबीबाट भुक्तानी हुँदा ६ महिनामा २३ प्रतिशत काम सम्पन्न भएको थियो। ६ महिनामा २७ प्रतिशतमा रहेको ५० प्रतिशतमा पुगेको आयोजनाको दावी छ।

५० प्रतिशतदेखि हालसम्म मन्त्रालयमार्फत भुक्तानी हुने प्रावधानपछि तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्न गाह्रो भएको ती अधिकारीले जनाए।

सन् २०१५ जनवरी १५ मा शिलान्यास हुँदा विमानस्थल निर्माणको काम २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य लिइएको थियो। स्थानीय साझेदार र चिनियाँ ठेकेदारबीचको विवाद र भारतीय नाकाबन्दीका कारण ढिला भएको भन्दै ६ महिना म्याद थप गरेको थियो।

निर्माणाधीन गाैतमबुद्ध विमानस्थल

निर्माणाधीन गाैतमबुद्ध विमानस्थल


विमानस्थल निर्माणमा विशेषज्ञता हाँसिल गरेको चिनयाँ ठेकेदार कम्पनी नर्थवेस्टले ठेक्का सम्झौता अनुसार ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँमा काम गर्दै आएको छ।

यसमध्ये ४०.५ प्रतिशत एशियाली विकास बैंकको ऋण र १८ प्रतिशत अनुदान लगानी छ। ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत रकममा विमानस्थल निर्माण भइरहेको छ।

निर्माणको काम कति सम्पन्न भयो?
हाल गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भएको छ। विमानस्थल ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

आयोजना कार्यालयका अनुसार १ हजार ९ सय मिटर लम्बाई र २३ मिटर चौडाइको ट्याक्सी वे निर्माण सम्पन्न भएको छ। त्यस्तैगरी अन्तर्राष्ट्रियतर्फ ४ वटा र अन्तरिक तर्फ २ वटा पार्किङ वे निर्माण सम्पन्न भएको छ।

विमानस्थल अन्तर्गत १५ हजार एक सय ६९ वर्ग मिटरको टर्मिनल भवन र व्यवस्थापकीय कन्ट्रोल टावर, २ हजार १ सय ४१ वर्ग मिटरको अप्रेसन भवन निमार्ण क्रममा छन्।

बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको यो विमानस्थलमा आन्तरिकतर्फ सन् १९५८ जुलाई ४ देखि उडान हुँदै आएको छ।

प्रकाशित २९ बैशाख २०७६, आइतबार | 2019-05-12 18:38:18
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...