पर्यटक भिषा र पदयात्रा शुल्क कति बढ्यो?



पोखराको सरानकोटमा सेल्फी लिँदै विदेशी पर्यटक जोडी
पोखराको सरानकोटमा सेल्फी लिँदै विदेशी पर्यटक जोडी

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको सरकारले पर्यटक भिषाको शुल्क वृद्धि गरेको छ।

अध्यागमन विभाग नियमावली २०५१ को अनुसूचि ९ र १२ संशोधन गर्दै पर्यटक भिषा तथा पदयात्रा शुल्क बढाइएको हो।

कति बढ्यो भिषा शुल्क?
सरकारको निर्णयअनुसार यसअघि १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसा २५ अमेरिकी डलर थियो। त्यसमा ५ डलर वृद्धि भएको छ। विदेशीले १५ दिनको भिसा शुल्कका लागि ३० अमेरिकी डलर बुझाउनुपर्दछ। बहुप्रवेशी भिषा अमेरिकी नागरिकको हकमा मात्र हो।

३० दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ४० अमेरिकी डलर शुल्क रहेकोमा १० डलरले वृद्धि भएको छ। नयाँ शुल्कअनुसार पर्यटकले ३० दिनको बहुप्रवेशी भिषाको लागि ५० डलर बुझाउनु पर्ने हुन्छ।

९० दिनको भिसा शुल्क १०० डलर रहेकोमा बृद्धि भएर १ सय २५ डलर पुगेको छ। भिषा म्याद थप एक दिनको २ डलर रहेकोमा बृद्धि भएर ३ अमेरिकी डलर पुर्याइएको छ। ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा पनि ३० डलर लिने गरी नियमावली परिवर्तन भएको छ।

अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक रामचन्द्र तिवारीका अनुसार पर्यटक शुल्क पुनरावलोकनका लागि विभागले गृहमन्त्रालयमार्फत् प्रस्ताव मन्त्रिपरिषद पठाएको थियो। वैशाख २३ गते बसेको मन्त्रिपरिषद बैठकले अध्यागमनको प्रस्ताव पारित गरेको हो।

मन्त्रिपरिषदको निर्णय राजपत्रमा प्रकाशित भएपछि अध्यागमनले कार्यान्वयन गर्नेछ। 

अन्नपूर्ण क्षेत्रमा पर्यटकहरु

अन्नपूर्ण क्षेत्रमा पर्यटकहरु

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका राहदानी बाहकलाई नेपाल आउँदा ३० दिनसम्म निःशुल्क भिषा प्रदान गरिन्छ।

सार्क का सदस्य राष्ट्रहरु अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका गरी ७ देशका नागरिकहरुले १ महिनासम्मको निःशुल्क भिषा पाउँछन्।

वि.सं.२०७२ देखि चिनियाँ नागरिकलाई पनि निःशुल्क भिषा दिइने गरेको छ। भूकम्पपछि पर्यटन उद्योगलाई टेवा पुगोस् भनेर चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले गरिएको सो निर्णय अझै फिर्ता भएको छैन। चिनियाँ पर्यटकले नेपालमा १५० दिनसम्मको निःशुल्क भिसा पाउँछन्।

सरकारले पदयात्रा दस्तुर पनि बढाएको छ। सार्क राष्ट्रका ७ र चिनियाँ नागरिकलाई भिषा शुल्क नलागे पनि पदयात्रा शुल्क भने छुट नहुने व्यवस्था छ। 

नेपाल भित्रिने पर्यटक संख्या बढे पनि लाभको डिग्री थोरै रहेको भन्ने बहस भइरहँदा सरकारले भिषा शुल्क वृद्धि गरेको हो। भिषा शुल्क वृद्धिको असर पर्यटन क्षेत्रमा पर्ने हो कि भनेर व्यवसायीहरुले चिन्ता जनाएका छन्।

प्रकाशित २७ बैशाख २०७६, शुक्रबार | 2019-05-10 17:37:11
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।