जब ३५ लाखको चेक फ्याँकेर प्रभु बैंकबाट ग्राहक भागे



प्रभु बैंकको केन्द्रीय कार्यालय अनामनगरमा सधैँ झैँ त्यो दिन पनि ग्राहकको घुइँचो थियो। गत साता प्रभुमा एउटा अनौठो घटना भयो।

 बैंकको ग्राहक सेवा शाखामा एक जना मानिस रकम झिक्ने काउन्टरमा उभिएका थिए। केही समयमै उनको पालो आयो। बैंक कर्मचारीलाई उनले चेक बुझाए।

चेक भ्याली रिकेश सप्लायर्सको थियो। उनी ३५ लाख भुक्तानी लिन आएका थिए। बैंक कर्मचारीले त्यती ठूलो रकम भुक्तान अघि चेकमा हस्ताक्षर गर्ने आधिकारिक व्यक्ति होमप्रसाद चौलागाईलाई फोन गरे। बैंक कर्मचारीले फोन गरेको थाहा पाउनासाथ चेक भुक्तानीका लागि आएका व्यक्ति त्यहाँबाट भागे।

‘चेक बैंकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ,’ महानगरीय प्रहरी परिसरकाडीएसपी होविन्द्र बोगटीले भने, ‘एउटा कामका लागि दिइएको चेक दुरुपयोग भएको हो।’

परिसरको टोली यतिबेला भ्याली रिकेश सप्लायर्सका म्यानेजेर शिवप्रसाद तिमिल्सेनाको खोजीमा जुटेको छ। उनीबिरुद्ध चेक दुरुपयोग गर्दै २० करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको हो।

के हो त घटना?

प्रहरीलाई होमप्रसाद चौलागाईंले आफूले कम्पनीको नियम बमोजिम नेपाल आयल निगमलाई भुक्तानीका लागि शिवप्रसादलाई दिएका चेक अनाधिकृत व्यक्तिलाई बाँडेकाले कारबाहीका लागि जाहेरी दिएका छन्।

भ्याली रिकेश सप्लायर्सका सञ्चालक होमप्रसादका विश्वासपात्र रहेका शिवप्रसादले सो पेट्रोल पम्प आफूले सञ्चालन गर्ने र नाफाको निश्चित प्रतिशत दिने सहमतिमा लिएका थिए। यसका लागि दैनिक नेपाल आयल निगमको थानकोट डिपोलाई चेकमार्फत रकम भुक्तानी गर्नुपर्ने थियो। होमप्रसादको हस्ताक्षर चल्ने कम्पनीको नाममा रहेको चेकको बण्डल उनले शिवप्रसादलाई दिएका थिए।

‘बैंक तथा कारोबारका लागि परिचित होमप्रसादको चेक बाउन्स भएपछि घटनाको सुरुवात भएको हो,’ डीएसपी बोगटीले भने ‘शिवप्रसादले आयल निगमलाई भुक्तानी दिन लिएका हस्ताक्षर भएका कम्पनी २० करोभन्दा बढीका चेक व्यक्तिलाई दिएका हुन्।’

उनका अनुसार बैंकले होमप्रसादलाई खबर गरेपछि उनले यसको जानकारी प्रहरी, राष्ट्र बैंक र सूचना निकालेर सर्वसाधारणमा गराएका थिए। तर एक जना ब्यक्ति यी सबै बिषयमा जानकार हुँदाहुँदै प्रभु बैंकको अनामनगरस्थित केन्द्रीय कार्यालयमा पुगेका थिए।

परिसरका अनुसार शिवप्रसादले २ करोडदेखि १० लाखसम्मका चेक आफू निकट व्यक्तिहरुका नाममा काटेका छन्। यसको जानकारी पाउनासाथै प्रहरीले सुरुवातमा प्रभु बैंकलाई नै चेक बाउन्स नर्गन र भुक्तानी नदिन पत्राचार गरेको थियो।

‘हामीले सुरुमा जानकारी नभएर बैंकका नाममा पत्र काटेका थियौं, पछि त्यो पत्र फिर्ता लिएर राष्ट्र बैंकलाई अनुरोध गर्यो,’ डीएसपी बोगटीले भने। उनले फरार रहेका शिवप्रसादको खोजी भइरहेको बताए।

प्रकाशित २५ बैशाख २०७६, बुधबार | 2019-05-08 16:27:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...