वाइडबडीको चीन उडानः कूटनीतिक पहलपछि अनुमतिको आशा

बन्द कार्यालय पुनः खुल्यो



निगमकाे वाइडबडी अन्नपूर्ण विमान
निगमकाे वाइडबडी अन्नपूर्ण विमान

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले चीनमा उडान गर्न मागेको अनुमति ५ वर्ष हुँदा समेत पाउन सकेको छैन।

सन् २०१४ मा निगमले नेपाली व्यापारी बाक्लै आउजाउ हुने चीनको ग्वान्जाओ सहरमा उडान भर्न अनुमति मागेको थियो। तर उक्त अनुमति मागेको ५ वर्ष हुँदा समेत पाएको छैन। चीन सरकारसँग नेपालले हवाइ सम्झौता गरे पनि चीनबाट उडान अनुमति नदिँदा वाइडबडीले चिनियाँ सहरमा उडान भर्न पाएको छैन।

खोलेको कार्यालय बन्द, पुनः खुल्यो
करिब २ वर्षअघि नै चीन उडानको लागि निगमले कार्यालय समेत स्थापना गरेको थियो। कार्यालय स्थापना गरेर उडानको तयारी गरे पनि चीनले उडान अनुमति नदिएपछि कार्यालय नै बन्द गर्नुपरेको थियो। बन्द भएको कार्यालय पुनः सञ्चालन गरिएको निगमले जनाएको छ।

पटक–पटक चीनको ग्वान्जाओमा उडान अनुमति माग्दा चीनले सहमति जनाएको थियो तर चिनियाँ नागरिक उड्डयन कार्यालयले भने उडान अनुमति (एओसी) दिएको छैन। करिब ३ महिनाअघि निगमले जापानको ओसाका र चीनको ग्वान्जाओमा उडान अनुमति मागेसँगै कार्यालय स्थापना समेत गरेको छ।

अनुमति पाए सातामा तीन उडान
निगम स्रोतका अनुसार चीन सरकारले ग्राउण्ड ह्याण्डलिङको काम अघि नै बढाएको छैन। आफूहरुले डकुमेन्ट हेर्ने काम गरिरहेको भन्दै मे अन्तिमसम्म जानकारी दिने जनाएको निगमका सह–प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

उनका अनुसार मेको अन्तिममा उनीहरुले उडान अनुमति दिएमा साताको ३ उडान निगमले गर्नेछ। चीनबाट उडान अनुमति पाएको १० दिनमा नै उडान सुरु गर्ने निगमको तयारी छ। अनुमति माग्दा सोमबार, बुधबार र शुक्रबार निगमको एयरबस ३२० ले काठमाडौंबाट चीनको ग्वान्जाओ उडान भर्नेछ।

नेपाल एयरलाइन्सले पटक–पटक उडानको पहल गर्दा पनि एओसीको समस्या समाधान नभएपछि अहिले कूटनीतिक पहल थालेको हो । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलमार्फत कूटनीतिक पहल थालिएको निगम स्रोतले जनाएको छ।

चिनियाँ ६ विमानको दैनिक उडान
हाल चिनियाँ ६ वटा विमान कम्पनीले दैनिक उडान भर्दै आए पनि नेपाली कुनै पनि विमानले चीन उडान गरेका छैनन्। हाल एयर चाइना, क्याथे ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान र तिब्बत एयरलाइन्सले चिनियाँ सहरहरुबाट काठमाडौं उडान गरिरहेका छन्।

सन् १०९४ देखि २००७ सम्म निगमले चीनको साङघाही ट्रान्जिट गरी जापान उडान हुन्थ्यो। लामो दूरीको अन्तर्राष्ट्रिय उडानका लागि विमान अभाव भएको भन्दै चीन र जापान उडान बन्द भएको थियो।

लामो दूरीको अन्तर्राष्ट्रिय उडानका लागि भन्दै निगमले गत असार र साउन महिनामा नयाँ दुई वाइडबडी विमान खरिद गरेको थियो। अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई विमानले योजनाअनुसार हालसम्म उडान गन्तव्य पाएका छैनन्। विमान ल्याएको करिब १ वर्षपछि

जापानको ओसाकामा साताको तीन दिन उडान गर्नका लागि अनुमति पाइसकेको छ भने चीनमा हालसम्म उडान अनुमति पाएको छैन।

नेपाल–चीन हवाइ सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाओ, कुनमिङ, छेन्दु र जियान नेपाली वायुसेवाले उडान गर्न पाउने गन्तव्य हुन्।

निगमले हाल दुई–दुईवटा एयरबस ३२०, एयरबस ३३० विमानबाट हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, दिल्ली, बैङलोर र नयाँदिल्ली गरी ८ स्थानमा उडान गर्दै आएको छ। असार १९ गतेदेखि निगमले जापानको ओसाका उडान गर्दै छ।

प्रकाशित २३ बैशाख २०७६, सोमबार | 2019-05-06 17:26:40
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।