नेपाल वायुसेवा निगमले चैतको किस्ता पनि तिर्न सकेन

१ अर्ब ८२ करोड रकम भुक्तानी गर्न बाँकी



नेपाल एयरलाइन्स वाइडबडी विमान  ‘अन्नपूर्ण’
नेपाल एयरलाइन्स वाइडबडी विमान ‘अन्नपूर्ण’

सरकारले गत असार र साउन महिनामा खरिद गरेको वाइडबडी ए ३३०–२०० को दुईवटा वाइडबडी विमानले नियमित उडान भर्नसकेको छैन।

नियमित उडान भर्न नसक्दा नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई तिर्नुपर्ने किस्ता समेत तिर्नसकेको छैन।

तीन/तीन महिनामा एकमुष्ठ रुपमा दुवै लगानीकर्तालाई १ अर्ब १३ करोड रकम भुक्तानी गर्नुपर्ने हुन्छ। तर गत पुस महिनाको पनि सबै रकम भुक्तानी गरिसकेको छैन भने चैत महिनाको कुनै रकम भुक्तानी गर्न सकेको छैन।

पहिलो किस्तास्वरुप निगमले असोज मसान्तमै भुक्तानी गरे पनि त्यसपछि पूरै रकम भुक्तानी गरेको छैन। निगमले दुईवटा वाइडबडी विमान खरिद गर्दा दुवै कोषबाट १२/१२ अर्ब ऋण लिएको थियो।

निगमका सह–प्रवक्ता नवराज कोइरालाका अनुसार दोस्रो किस्ताबराबरको रकममध्ये ४४ करोड रुपैयाँ निगमले पुस मसान्तमै भुक्तानी गरेको थियो।

पुस मसान्तसम्मको मात्रै ६९ करोड तिर्न बाँकी रहेको छ। चैत मसान्तसम्मको १ अर्ब १३ करोड र पुस मसान्तको ६९ करोड गर्दा १ अर्ब ८२ करोड रकम भुक्तानी गर्न बाँकी छ।

वाइडबडी विमानले नियमित उडान भर्न नसक्दा रकम भुक्तानी गर्न समस्या भएको भन्दै आएको छ। अब छिट्टै जापानको ओसाकामा सातामा तीन दिन उडान भएपछि किस्ता भुक्तानीका लागि सहज हुने निगमले अपेक्षा राखेको छ। ओसाकासँगै जापानकै नारिता उडानका लागि निगमले जापान सिभिल एभिएसन ब्युरोसँग अनुमति मागेको छ।

नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषका प्रमुखसँग क्रिपक्षिय रुपमा वार्ता भइराखेको छ। निगमका सहप्रवक्ता कोइरालाले भने, ‘केही समय हामीलाई समस्या भएको हो, यसका लागि सरकारलाई खबर गरेका छौँ। ऋणको सावाँ–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने शर्तमा सरकारको जमानीमा ऋण लिइएको थियो।’

वाइडबडीको नियमित नहुँदासम्म केही समयका लागि सापटीस्वरुप किस्ता भुक्तानी गर्ने भनिए पनि हालसम्म भुक्तानी नभएको निगमले जनाएको छ। निगमले दुई वाइडबडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा १ अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ।

३७ अर्ब ५८ करोडमध्ये २४ अर्ब वाइडबडीको हो भने बाँकी १३ अर्ब ५४ करोड रुपैयाँ न्यारोबडी खरिदका लागि लिएको किस्ता हो। वाइडबडी खरिदअघि न्यारोबडीको त्रैमासिक किस्ता ३३ करोड मात्र नागरिक लगानी कोष र कर्मचारी सञ्जय कोषलाई किस्ता भुक्तानी गर्दै आएको थियो।

न्यारोबडीको किस्ता नियमित तिरिरहेको निगमले गत असार र साउनमा दुई वाइडबडी आएपछि चारै जहाजको किस्ता एक अर्ब १३ करोड पुगेको हो।

प्रकाशित १७ बैशाख २०७६, मंगलबार | 2019-04-30 17:44:39
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।