यी हुन् अर्ब क्लबका ९ वाणिज्य बैंक



चैत मसान्त अर्थात् चालू आर्थिक वर्षको ९ महिना सम्मको वित्तीय विवरण बैँकहरुले सार्वजनिक गर्न थालेका छन्।

मंगलबारसम्म ९ वटा वाणिज्य बैँकहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन्। ९ वटैको नाफा अर्बभन्दा बढी छ।

हालसम्मको विवरणअनुसार सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल बैँक लिमिटेड देखिएको छ। उसले ९ महिनाको अवधिमा २ अर्ब २४ कराेड ५५ लाख रुपैयाँ मुनाफा गरेको छ। सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैँक देखिएको छ, जसले यस अवधिमा १ अर्ब २४ करोड रुपैयाँमात्र नाफा कमाएको छ।

नेपाल बैँक लिमिटेडको चुक्ता पुँजी ८ अर्ब चार करोड २६ लाखबाट बढेर नौ अर्ब ८१ करोड ११ लाख पुगेको छ। बैँकले सो अवधिमा १ खर्ब ५ अर्ब ६३ करोड निक्षेप सङ्कलन तथा ८८ अर्ब १९ करोड १२ लाख ऋण प्रवाह गरेको छ।

विवरण अनुसार बैँकले ४ अर्ब ७२ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ। बैँकको निष्क्रिय कर्जा अनुपात २ दशमलव ७१ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४ दशमलव ३२ प्रतिशत, आधार ब्याजदर ६.९२ प्रतिसत रहेको छ।

प्राप्त विवरण अनुसार, बैँकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेकोमा चालु आवको सोही अवधिमा प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तै गरि माछापुच्छ्रे बैँकको पुस मसान्तसम्म नाफा ७८ करोड १३ लाख रहेकोमा तीन महिनाको अवधिमा ४५ करोड ९४ लाख रुपैयाँले नाफा बढाएर उक्त आकारमा पुर्याएको हो।

बैँकको यो नाफा अघिल्लो वर्षको चैत मसान्तसम्मको नाफाभन्दा ४५ दशमलव २९ प्रतिशत बढी हो। अघिल्लो वर्ष चैतसम्म बैँकले ८५ करोड ४० लाख मात्रै नाफा कमाएको थियो।

नाफामा उत्साहजनक बृद्धि गरेको माछापुच्छ्रे बैँकले निक्षेप ५ अर्बले बढाएको छ। ग्राहकबाट संकलित निक्षेप, अन्तरबैँक सापटी र रिपोमार्फत् करिब ९० अर्ब रुपैयाँ संकलन गरेको बैँकले ग्राहकबाट भने ८१ अर्ब निक्षेप उठाएको वित्तीय विवरणमा उल्लेख छ।

यसअघि सबै प्रकारका निक्षेपहरु जोडेर देखाउने गरिएकोमा बैँकको परिष्कृत प्रतिवेदनमा त्यसलाई छुट्टाछुट्टै देखाइएको हो। यद्यपि, ७ अर्ब ३० करोड अन्तरबैँक सापटी लिएको बैंकले २ अर्ब ३२ करोड सापटी अन्य बैँकहरुलाई दिएको छ।

७४ अर्ब ९८ करोड रुपैयाँ भने ग्राहकहरुलाई कर्जाको रुपमा प्रवाह गरेको छ। पुससम्ममा सो बैँकको जम्मा कर्जा प्रवाह ७४ अर्ब ६५ करोड थियो।

नौ महिना अवधिमा एनएमबी बैँकले १ अर्ब ४६ करोड ६९ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आवका सोही अवधिमा बैँकको यस्तो मुनाफा एक अर्ब १४ करोड ३५ लाख ८९ हजार रुपैयाँ थियो।

चुक्ता पुँजी छ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको बैकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब ७६ करोड १७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ७५ करोड आठ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सो घरजग्गा क्षेत्रमा तीन अर्ब ३५ करोड ९९ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोछ। बैँकले सो अवधिमा २ अर्ब २६ करोड ४६ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। प्रोभिजन रकम १८ करोड ३० लाख पाँच हजार रुपैयाँ रहेको बैँकको राईट व्याक रकम ३४ करोड ९६ लाख ३२ हजार रुपैयाँ छ भने निष्कृय कर्जाको अनुपात १.१५ प्रतिसत रहेको छ।

गत आवको सोही अवधिमा यो बैँकले ७१ अर्ब १५ करोड ९ लाख ९२ हजार रुपैैयाँ निक्षेप संकलन गरी ६० अर्ब २४ करोड २१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

एभरेष्ट बैँक लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिना अवधिको वित्तीय विवरण अनुसार बैँकले खुद मुनाफा १८ दशमलव ३७ प्रतिशतले बढाएको देखिन्छ। गत वर्ष चैत मसान्तसम्म १ अर्ब ८७ करोड २० लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको यो बैँकले यसपटक मुनाफा २ अर्ब २१ करोड ६० लाख पुर्याएको हो।

बैँकको वितरणयोग्य नाफा भने १ अर्ब ३५ करोड ३ लाख ९९ हजार रुपैयाँ छ। एभरेष्टको खुद व्याज आम्दानी ४ अर्ब १० करोड ६२ लाख ८७ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब १६ करोड ६२ लाख ६० हजार रुपैयाँ पुगेको छ।

८ अर्ब १० करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैँकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७९ पैसाबाट बढेर ३६ रुपैयाँ ४५ पैसा पुगेको छ।

सिद्धार्थ बैँकले भने यो आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ६३ करोड नाफा कमाएको छ। बैँकको कर्जा र निक्षेपको आकारमा सुधार भएको छ। कर्जाको आकार १ खर्ब १ अर्ब पुग्दा बैँकले १ खर्ब ५ अर्ब पुर्याएको छ। यो आकार अन्तरबैँक ऋण तथा सापटीको रकम बाहेकको हो।

बैँकले रिजर्भको आकारमा भने सामान्य मात्र सुधार गरेको छ। बैँकको पुँजी पर्याप्तता अनुपात १२ दशमलव ४० प्रतिशत, निष्कृय कर्जा अनुपात १ दशमलव ३६ प्रतिशत, कस्ट अफ फण्ड ७ दशमलव ५४ प्रतिशत रहेको छ।

सानिमा बैँकले ९ महिनामा डेढ अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ। बैँकले चालु आर्थिक बर्षको चैत मसान्त अवधिमा गत चैत मसान्तको तुलनामा ३६ करोडले नाफा बढाएर १ अर्ब ५६ करोड पुर्याएको हो।

सो बैँकले चैत मसान्त अवधिमा ८५ अर्ब निक्षेप संकलन गरी ७९ अर्ब कर्जा लगानी गर्दा सिडी अनुपात ७८ दशमलव ५८ प्रतिशत कायम भएको छ। २ अर्ब ९१ करोड खुद ब्याज आम्दानी गर्न सफल हुँदा खराब कर्जा भने जम्मा ०.१२ प्रतिशतमा सिमित गराएको छ।

८ अर्ब चुक्ता पुँजी भएको सानिमा बैँकको जगेडा कोषमा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यो बैँकको कष्ट अफ फण्ड ७.२९ प्रतिशत छ भने स्प्रेड दर ४.६४ प्रतिशत छ। सानिमाको आधार ब्याजदर ९.३१ प्रतिशत छ।

नेपाल एसबिआई बैँकले ९ महिनामा १ अर्र्ब ५८ करोड नाफा कमाएको छ। चालु आर्थिक बर्षको चैत मसान्त अवधिमा बैँकले २०७४ चैत मसान्तको तुलनामा २१ करोडले नाफा बढाएर १ अर्ब ५८ करोड पुर्याएको हो।

२०७५ चैत मसान्तमा बैँकले १ अर्ब ३७ करोड नाफा आर्जन गरेको थियो। यो बैँकले पछिल्लो ३ महिनामा १६ अर्बले निक्षेप बृद्धि गरी एक खर्बको आँकडामा पुर्याएको छ। बैँकको कर्जा भने पछिल्लो ३ महिनामा ८६ अर्बबाट बढेर ८९ अर्ब पुगेको छ। नेपाल एसबिआई बैँकले खुद ब्याज आम्दानी ३ अर्ब ५७ करोड आर्जन गरेको छ।

८ अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैँकको जगेडा कोषमा ३ अर्ब ५६ करोड रुपैंयाँ छ। बैँकको प्रति सेयर आम्दानी २५ रुपैयाँ २६ पैसा छ भने प्रति सेयर नेटवर्थ १५९.५६ रुपैंयाँ छ। यो बैँकको खराब कर्जा सून्य दशमलव १९ प्रतिशत छ। बैँकको आधार व्याजदर ९ दशमलव ७३ प्रतिशत छ।

ग्लोबल आइएमई बैंकले चालू आवको ९ महिनामा एक अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा बैंकले एक अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो। व्याज आम्दानी १८ प्रतिशतले सुधार गर्दा व्याज खर्च भने ८ प्रतिशतले मात्रै बढेको छ। खुद व्याज आम्दानी ४२ प्रतिशतले बढाउदै तीन अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ।

बैंकले ९ महिना अवधिसम्ममा एक खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकले एक खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकले निक्षेप संकलन ११ प्रतिशतले सुधार गर्दा ऋण लगानी भने १५ प्रतिशतले बढाएको आज सार्वजनिक भएको वित्तिय विवरणले देखाएको छ।

सनराइज बैंकले चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब २२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा बैंकले ९४ करोड २१ लाख रुपैयाँ नाफा गरेको थियो। व्याज खर्च १९ प्रतिशतले बढ्दा व्याज आम्दानी भने २६ प्रतिशतले बढेको छ। निक्षेप संकलनको तुलनामा ऋण लगानी धेरै हुँदा बैंकको खुद व्याज आम्दानी ३७ प्रतिशतले बढेको हो।

बैंकले चैत्रसम्ममा दुई अर्ब ६४ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने गत वर्षको यहि अवधिमा एक अर्ब ९२ करोड रुपैयाँ थियो। निक्षेप संकलन ७ प्रतिशतले सुधार हुँदा ऋण लगानी भने १६ प्रतिशतले बढाएको छ। बैंकले तेस्रो त्रैमासिक अवधिमा ७२ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ६३ करोड रुपैयाँ जम्मा भएको छ।

प्रकाशित १७ बैशाख २०७६, मंगलबार | 2019-04-30 12:50:11
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।