विमानस्थल मर्मतसम्भारः समय छाेटिँदै छ, बाँकी नै छन् काम



राति मर्मत गरिँदै गरेकाे दृश्य
राति मर्मत गरिँदै गरेकाे दृश्य

अबको ६३ दिनमा २५ सय मिटर लम्बाइ र ४६ मिटर चौडाइको काम सक्नुपर्ने हुन्छ। निर्धारित समयमा नै काम सक्न निर्माण कम्पनीलाई व्यवस्थापनले निर्देशन दिएको छ तर तोकिएको समयमा विमानस्थल भने बन्द भएको छैन।

गत चैत १८ गतेदेखि तीन महिनाको लागि मर्मतसम्भार गर्ने भन्दै दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदै आएको छ।

धावनमार्ग जीर्णाेद्धारको ठेक्का चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले पाएको छ। विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिँदै आएको एक हजार रुपैयाँ संकलन गरी चार अर्ब ७८ करोड लागतमा धावनमार्ग जीर्णाेद्धार गर्न ठेक्का दिइएको हो।

विमानस्थलको धावनमार्ग मर्मतका लागि राति १० बजेदेखि पूर्वनिर्धारित योजनाबमोजिम बिहान ८ बजेसम्म विमानस्थल बन्द भइरहेको छ। यद्यपि राति १० बजे नै बन्द हुने भनिए पनि १०ः३० विमानस्थलले त्यसलाई पूर्णतया कार्यान्वयन गर्नसकेको छैन।

विभिन्न देशका विमानहरुलाई १० बजेपछि पनि उडान अनुमति दिइँदा मर्मतको काम प्रभावित भएको छ।

सोही कारण राष्ट्रिय ध्वजावाहकलाई रोकेर विदेशी विमान कम्पनीलाई बन्द भइसकेको विमानस्थलबाट उडान अनुमति दिएको भन्दै नेवानि र विमानस्थल व्यवस्थापनबीच विवाद नै सृजना भयो। उसै त समयमै काम सम्पन्न हुन्छ कि हुन्न भन्ने आशंका रहेकै थियो भने व्यवस्थापनले देखाएको लापरबाहीले त्यसलाई मलजल गर्ने अवस्था दिएको छ।

नेपालकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण पनि निर्धारित योजनाअनुसार काम नभए व्यवस्थापनलाई नै घाटा हुन्छ। यात्रुहरुले दुःख पाउँछन्, ढुवानीमा समस्या पर्नसक्छ, खर्च बढ्नसक्छ।

यस्तो अवस्थामा व्यवस्थापनले चुस्त दुरुस्त काम गर्नसक्नुपर्छ। समयमा नै विमानस्थल बन्द नहुने हो भने राति हुने काममा बाधा पर्छ। योजनाअनुसारको काममा अवरोध हुन्छ। त्यसमाथि आवश्यक निर्माण सामग्रीको अभावपूर्ति गर्न चुनौती रहेकाले तोकिएको मिति असार १५ भित्र विमानस्थलको मर्मत सम्पन्न गर्ने काम पूरा नहुन पनि सक्छ।

नेपालमा हरेकजसो सरकारी काममा ढिलाइ हुने गरेका छन् भने त्यसमा सम्बन्धित पक्षको गम्भीरता देखिँदैन। यही गल्ती विमानस्थल व्यवस्थापनले दोहो¥याउनुहुँदैन।

अहिलेसम्मकाे काम
विमानस्थलको धावनमार्ग मर्मत गर्ने काम सुरु भएको करिब १ महिना पुग्न लाग्यो। एक महिनाको बीचमा धावनमार्गमा रनवे सेन्टरलाइन लाइटको डक्ट जडानमै १५ दिन सकिएको छ। चैत २० गतेमात्र औपचारिक रुपमा निर्माणको उद्घाटन गरिए पनि दुई दिनअघिबाटै काम थालिएको हो। लाइट जडान सकिएपछि वैशाख ३ (अर्थात् अप्रिल १६) गतेदेखि पुरानो पिच उक्काएर नयाँ राखिएको छ। पुरानो कालोपत्रे उक्काएर नयाँ राख्ने काम भएको करिब १३ दिनमा ५ सय ५० मिटरमा कालोपत्रे राख्ने काम भएको छ।

दिन ढल्किँदै छ
विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर (१० हजार ७ फिट) लम्बाइ र ४६ मिटर चौडाइको छ। तीन महिना अर्थात् ९१ दिनमा धावनमार्ग मर्मतको काम सक्नुपर्ने हुन्छ। अबको ६३ दिनमा २५ सय मिटर लम्बाइ र ४६ मिटर चौडाइको काम सक्नुपर्ने हुन्छ। निर्धारित समयमा नै काम सक्नुपर्ने निर्माण कम्पनीलाई विमानस्थल व्यवस्थापनले निर्देशन दिएको छ तर तोकिएको समयमा विमानस्थल बन्द भएको छैन।

निर्धारित समयमा मर्मत नसकिएमा १० बजेभन्दा पछि कति समयसम्म विमानस्थल खुल्ला भयो, त्यसको हिसाब गरी पछि पुनः समय दिने तयारीमा व्यवस्थापन टिम लागेको छ। विमानस्थलको धावनमार्ग २००६ सालपछि पहिलोपटक पूर्ण रुपमा जीर्णोद्धार गर्न लागिएको हो।

निर्माण सामग्रीको अभाव हुँदैनः आयोजना
धावनमार्ग मर्मतको लागि अन्तर्राष्ट्रिय विमानस्थल हवाइ क्षमता अभिवृद्धि तथा विस्तार परियोजना कार्यालयका अनुसार धावनमार्ग मर्मतको लागि ८० हजार घनमिटर गिटी आवश्यक हुने निर्माण कम्पनीको आँकलन छ।

नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाइ क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका सूचना अधिकारी दिपेन्द्र श्रेष्ठका अनुसार काभ्रेको रोसी गाउँपालिकावाट निर्माण सामग्री ल्याइएको छ। उनका अनुसार काभ्रेसँगै ललितपुर र अन्य जिल्लाबाट सामग्रीहरु आउने क्रममा छन्। निर्माण सामग्रीमा समस्या नआउने उनले जनाए।

विमानस्थलमा अहिले आन्तरिक र अन्तराष्ट्रिय दुबैतर्फ गरी दैनिक चार सयभन्दा बढी उडान हुँदै आएको छ। आन्तरिकतर्फ २० हेलिकप्टर कम्पनीले उडान भर्दै आएका छन्। त्यस्तै तीन नेपाली कम्पनीसहित अन्तर्राष्ट्रिय उडानमा ३१ विमान कम्पनीले उडान भर्दै आएका छन्।

विमानस्थलमा ट्विनटर, एटिआरदेखि एयरबस ३३० सम्म उडान र अवतरण हुने गर्दछ। साथै विमानस्थलमा अन्तराष्ट्रियतर्फ ९ र अन्तरिकतर्फ १७ वटा पार्किङ वे रहेको छ।

प्रकाशित १६ बैशाख २०७६, सोमबार | 2019-04-29 13:52:49
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।