हिमालयन जाभा कफी स्कूलको पढाइ, अष्ट्रेलिया–अमेरिकामा काम (भिडियो)



जाभा कफी स्कुलमा विद्यार्थी
जाभा कफी स्कुलमा विद्यार्थी
प्रविन कोइराला

नेपाली कफी फ्रेन्चाइज हिमालयन जाभाले सञ्चालन गरेको कफी स्कुल विदेश जानेहरुका लागि एउटा आकर्षण बन्दै गएको छ।

यहाँ तालिम लिएकामध्ये ९० प्रतिशत ‘बरिस्टा’ विदेश पुग्छन्। उनीहरुले विश्वप्रसिद्ध स्टारबक्स, कोस्टा र एरोमाजस्ता अन्तर्राष्ट्रिय कफी आउटलेटमा काम पाउँछन्।

नेपालमा कफी संस्कृति फैलाउन योगदान गरेको जाभाले ६ वर्षदेखि काठमाडौंको सिभिल मललमा कफी स्कुल सञ्चालन गर्दै आएको छ। यो कफी स्कुलले हरेक महिना १५ जना बरिष्टा ग्र्याजुएट गर्छ।

तालिमेहरुले ५० घन्टा कक्षा र ५० घन्टा प्रयोगात्मक गरी कुल १०० घन्टाको कक्षा लिन्छन्। यसरी तालिम लिएकाहरुलाई स्कूलले जाभा आउटलेटहरुमा इन्टर्नसीपमा पठाउँछ।

बितेका ६ वर्षमा जाभा कफी स्कूलले करिब एक हजार जनशक्ति तयार पारेको छ। यो मध्ये ९० प्रतिशत कफी जनशक्ति विदेश गएको र १० प्रतिशत नेपालमै खपत भइरहेको स्कूलका तालिम निर्देशक माधव देवकोटा बताउँछन्। ‘९० प्रतिशत तालिमेहरु विदेश जान्छन्। विदेश जानेमध्ये ९० प्रतिशत अष्ट्रेलिया जानेहरु आउँछन्’, उनी भन्छन्।

युरोपका देशहरु, अमेरिका, अष्ट्रेलियाजस्ता विकसित मुलुकमा कफी संस्कृति अधिक छ। अध्ययनका लागि ती देश जानेहरुले काम पाउने निश्चित गर्न जाभाको कफी तालिम एउटा उपाय हो।

के सिकाइन्छ?
इटालियन भाषाको बरिस्टा शब्दले कफी सपमा काम गर्ने मान्छेलाई जनाउँछ। ग्राहकलाई रुचिअनुसारको कफी तयार गरेर सेवा दिने उनीहरुले सामान्यतः एसप्रेसो मेसिन चलाउँछन्। काम सुन्दा सहजजस्तो देखिए पनि बरिस्टाले अत्याधुनिक मेसिनहरुबारे निपूर्ण हुनुपर्छ। दिनको मौसमअनुसार र ग्राहकको रुचिअनुसारको कफी तयार गर्नुपर्छ। विश्वभरि नै कफी बरिष्टाको काम गर्ने प्रवृत्ति उस्तै हो।

हिमालयन जाभा स्कूलले सबै विषयमा तालिम दिन्छ। तालिमेहरुले सर्वप्रथम मेसिन कसरी चलाउने भन्ने सिक्छन्। क्यापोचिनो, अमेरिकानो, लाट्टेजस्ता कफी आइटम कसरी बनाउने कुराहरु जान्दछन्। कफीमा मिल्क ‘स्टिमिङ’ गर्ने तरिका सिक्छन्। यो बाहेक हट, आइस, अन्य पेय पदार्थसम्बन्धी तालिम उनीहरुलाई दिइन्छ।

ग्राहक सेवा, कफी बिन्स, रोष्टिङ गर्ने तरिकालगायतका कफी मेकिङका तौरतरिका सबै सिकाइने गरेको उनी बताउँछन्। जाभा स्कुलको रोष्टिङ ल्याब ठमेलमा छ। तालिमेहरुलाई त्यसको प्रत्यक्ष अवलोकन गर्छन्। अभ्यास गरेरै सिक्छन्। रोष्टिङ भइसकेपछि कुलिङ गर्ने, प्याकेजिङ गर्ने ती सबै कुराहरु सिक्छन्।

खेतीदेखि कपसम्म
‘क्रप्स टु कप’ अर्थात् जाभाको कफी स्कुलले तालिमेहरुलाई कफी खेतीदेखि कपसम्म कसरी पुग्छ भनेर बृहत् कक्षा दिन्छ। व्यवहारिक सीप सिकाउँछ। उत्पादन र उपभोग पक्ष सिकेका तालिमेहरुले विदेश गएर सहजै काम पाउने गरेको देवकोटा बताउँछन्। आफूहरुको बरिष्टा पाठ्यक्रम अन्तर्राष्ट्रिय तहको भएको उनको दाबी छ।

‘हामीले फाउन्डेसन र इन्टरमेडियट कोर्सलाई गाभेर कम्प्रिहेन्सिभ कोर्स बनाएका छौं’, उनी भन्छन्, ‘त्यही भएर नै अन्तर्राष्ट्रिय ब्रान्डहरुले हाम्रोमा तालिम लिएकाहरुलाई सहजै स्वीकार्ने गरेका हुन्।’ स्कूलले पढाई पूरा गरिसकेकाहरुलाई कामको लागि सिफारिश पनि गरिदिन्छ।

जाभा अन्तर्राष्ट्रिय कफी संघ ‘स्पेसियल्टी कफी एसोसिएसन’सँग आबद्ध छ। यसमा अमेरिकासहित विश्वका ४० देशका ख्यातीप्राप्त कफी ब्रान्डहरु आवद्ध छन्। जाभा ग्र्याजुएट बरिष्टालाई अन्तर्राष्ट्रिय कफी ब्रान्डहरुले स्वीकार्नु एउटा कारण यो पनि हो।

तालिम लिएकामध्ये अधिकांश अष्ट्रेलिया जाने गरेको निर्देशक देवकोटाको अनुभव छ। ‘सबैभन्दा बढी हामी कहाँ अस्ट्रेलिया जाने आउँछन्। बाँकी अमेरिका, क्यानडा, कोही न्युजिल्यान्ड, युके, जर्मनी जानेहरु पनि छन्’, उनी भन्छन्, ‘यहाँबाट तालिम लिएकाहरुले स्टारबक्स, कोस्टा, एरोमाजस्ता अन्तर्राष्ट्रिय कफी ब्रान्डका आउटलेटमा काम गरिरहेका छन्।’

खाडी देशहरुमा नेपालबाटै बरिष्टाकै रुपमा काम गर्न जान्छन्। ‘युके, यूएसए, युरोप जानेहरु विद्यार्थी भएर जान्छन् बरिष्टा भएर काम गर्छन्’, देवकोटा भन्छन्, ‘दुबई, कुवेत, ओमानजस्ता देश जानेहरु नेपालमै सम्झौता गरेर काम निश्चित भएपछि जाने हुन्। यसरी जानेहरुको तलब राम्रो हुन्छ।’

लगानीकर्ता पनि तालिममा
जाभा स्कूलसँग बरिष्टाको पछिल्लो भर्सन मेसिनसहितको ल्याब छ। ‘ती मेसिनसँग फेमिलियर हुने गरी तालिम लिएकाहरुलाई अष्ट्रेलिया, युरोप, अमेरिका जहाँ गए पनि काम गर्न गाह्रो पर्दैैन’, तालिम निर्देशक माधव देवकोटा भन्छन्, ‘ती मेसिनहरु सेमिअटोमेटिकदेखि पूर्ण अटोमेटिकसम्मका छन्। कफी मेसिनको अपग्रेड आउनासाथ स्कूलले भित्र्याउने गरेको छ।’

काम गर्ने, विदेश जाने मात्र होइन जाभाको कफी स्कूलमा लगानीकर्ता पनि तालिम लिइरहेका भेटिए। सुजनराजा श्रेष्ठ काठमाडौंका व्यापारी हुन्। नेपालखबरको टिम कफी स्कूल पुग्दा उनी युवाहरुसँगै कक्षामै थिए। ‘कफी कल्चर विकास गर्ने सोचले तालिम गर्न आएको हुँ। नेपालमा छुट्टै कफी ब्रान्ड स्थापना गर्ने मेरो लक्ष्य छ’, उनले सुनाए, ‘प्रविधियुक्त कामका लागि सीप अनिवार्य सर्त हो। तालिम सकेर छिटै अर्को कफी ब्रान्ड सुरु गर्दै छु।’

भिडियोः प्रविन कोइराला 

प्रकाशित १६ बैशाख २०७६, सोमबार | 2019-04-29 12:21:29
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...