नेपालमै पहिलोपटक अपांगमैत्री उडानको तयारी गर्दै बुद्ध



बुद्ध एयरकाे जहाज
बुद्ध एयरकाे जहाज

नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अपांग तथा बिरामी यात्रुलाई लक्षित गर्दै नयाँ प्रविधिको र्याम्प (अपांगमैत्री भर्‍याङ) र ह्विलचियर ल्याउने तयारी गरेको छ।

आन्तरिक-अन्तर्राष्ट्रिय उडानमा अपांग तथा बिरामी व्यक्तिका आफ्नतको गुनासो सम्बोधन गर्दै नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याउन लागेको हाे।

पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा नै उक्त प्रविधि जडान हुने बुद्धले जनाएको छ। अपांगमैत्री र्याम्प र ह्विलचियरबाट आरामदायक र सुरक्षिक उडानको आनन्द यात्रुले लिने बुद्धले अपेक्षा गरेकाे छ।

बुद्ध एयरका अनुसार अपांगमैत्री ह्विलचियर जहाजको ग्याप सिटमा सजिलै राख्न मिल्ने खालको रहेको छ। 

बुद्धका बजार निर्देशक रुपेश जोशीका अनुसार उक्त प्रविधि नेपाल ल्याउनका लागि विभिन्न कम्पनीसँग कुरा भइरहेको छ। अबको तीन महिनाभित्र उक्त प्रविधिको प्रयोग गर्ने तयारी भएको उनले बताए।

बुद्धका ग्राउन्ड स्टाफलाई केही समय सहजीकरण गरेपछि सो सेवा सुरु हुनेछ। अपांगमैत्री ह्विलचियर तथा र्याम्प ल्याउन लाखौँ खर्च लाग्ने अनुमान बुद्धको छ।

सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ। हाल बुद्ध एयरसँग ७ वटा ७२ सीटे एटिआर ७२–५००, तीनवटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्ट लगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका छन्।
अन्तर्राष्ट्रियतर्फ भारतका ३ सहरमा बुद्धले उडानको तयारी गरेको छ। गत वर्षको जुनबाट अन्तर्राष्ट्रिय उडानमा भारतको बनारसमा नियमति उडान गर्दै आएको बुद्धले एक वर्षको बीचमा दुई स्थानमा उडानको तयारी थालेको हो।

जेठ १६ गतेवाट भारतको काेलकाता तथा भारतकै गुवाहटीमा आगामी साउन १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ।

त्यस्तै आन्तरिक उडानमा भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, पोखरा लगायत आठवटा आन्तरिक गन्तब्यमा उडान गर्दे आएका छन्। बुद्धले माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएका छन्। नयाँ खरिद गरिएको ७२ सिटे एटीआर विमान गरी बुद्ध सँग ६ सय ६६ सिट क्षमता रहेको छ।

प्रकाशित १२ बैशाख २०७६, बिहिबार | 2019-04-25 13:53:17
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।