उद्योगीहरुसँग राष्ट्र बैंकको पूर्वबजेट छलफल: कसले के भने?

लगानी असुल गर्न गाह्राे: बैंकर । धराैटीकाे ब्याज देऊ: राेजगार व्यवसायी



नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकले प्रवाह गर्ने कर्जा र निक्षेपबीचको ब्याजदर (स्प्रेडदर) ३ प्रतिशत रहनुपर्ने बताएका छन्।

उक्त ब्याजदर अत्यधिक भएको भन्दै उद्योगीहरुले आन्दोलन नै चर्काइसकेको अवस्थामा बुधबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै गोल्छाले स्प्रेडदर घटाउन माग गरेका हुन्।

गोल्छाले बैंकको ब्याजदरले नेपालको उद्योग क्षेत्रमा अप्ठ्यारोमा परिरहेको कार्यक्रममा बताए। उनले यस विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउँदै भने, ‘उद्योगमाथि हुने बैंकको ब्याजदर एक अंकमै कायम हुनुपर्छ।’

उत्पादनशील क्षेत्रमा ठूलो लगानी बढाउनुपर्ने भएकाले यस्तो ब्याजदर एकल अंकमा समावेश गर्नुपर्ने उनको भनाइ छ। गोल्छाले पुनर्कर्जाको सीमा पनि एक खर्ब बनाउन आग्रह गरे। सरकारले खडा गरेको पुनर्कर्जा कोषलाई क्रीयाशील बनाउनुपर्ने उनको भनाइ छ।

‘कस्ट अफ डुइङ बिजनेस’ पनि चुनौतीको रुपमा रहेको भन्दै गोल्छाले यस विषयमा गम्भीर बन्न सुझाए। नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले पनि ‘कस्ट अफ डुइङ बिजनेस’ उच्च भएको भन्दै घटाउन आग्रह गरे।

शर्माले नेपालको उद्योग क्षेत्रको विकास नै गर्ने हो भने नीतिगत सुधार गर्न आग्रह गरे।  

नेपाल आयात हुने सामानको पनि निगरानी राख्नुपर्ने उनको भनाइ छ। नेपालमा आउने सामानमा लेबलिङको समस्या रहँदै आए पनि त्यसमा सरकारले गम्भीरता नदेखाएको उनको आरोप थियो। नेपालको सामानलाई विदेश निर्यात गर्ने सरकारको साँच्चै पोलिसी (नीति) रहेको छ भने सरकारले प्रोत्साहन गर्ने गरी काम गर्नुपर्ने निजी क्षेत्रको माग छ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले भन्सार, सडक र हवाइ क्षेत्रको पूर्वाधार विकासमा जोड दिने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए। यता, बैंकर्सहरुले पनि कृषि क्षेत्रमा प्रवाह भएको कर्जाबाट मुनाफा लिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

राष्ट्र बैंकले बैंकहरुलाई स्प्रेड दर ४ दशमलव ५ प्रतिशतसम्म मात्रै हुनुपर्ने बताएको छ। तर बैंकहरुको स्प्रेडदर भने निकै माथि भएको भन्दै उद्योगीहरुले आन्दोलन नै चर्काएका थिए। आन्दोलनपछि अर्थ मन्त्रालय, राष्ट्र बैंकले उद्योगीहरुसँग छलफल नै गर्नुपरेको थियो भने राष्ट्र बैंकले स्प्रेडदर घटाउन बैंकहरुलाई निर्देशन दिएको थियो।

लगानी असुली गर्न समस्या: बैंकर
यसैबीच, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कृषि क्षेत्रका लागि प्रवाह गरिएको कर्जाबाट मुनाफा लिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सुझाव दिए। उनले भने, ‘बैंकहरुले हाल वार्षिक २ खर्ब ५० अर्ब रकम कृषि क्षेत्रमा लगानी गरेको छ। तर ती लगानी सरकारको उचित नीतिको अभावमा असुली गर्न समस्या भइइरहेको छ।’

धरौटीको ब्याज मिलोस्ः वैदेशिक रोजगार व्यवसायी
त्यस्तै वैदेशिक रोजगार कम्पनीहरुले पनि धरौटीका लागि राखिएका करोडौं रकमको ब्याज दिने नीतिगत अवधारणा तत्काल तय गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले करोडौंको रकम धरौटीबापत बुझाउनुपरेको उल्लेख गर्दै त्यसको ब्याज दिने नीतिगत व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरे। सरकारले हाल वैदेशिक रोजगार कम्पनीसँग धरौटीबापत २ देखि ६ करोडसँग रकम लिने गरेको छ। त्यसको ब्याज नदिने हो भने वैदेशिक रोजगार व्यवसाय धराशायी हुने र त्यसले मुलुकको अर्थतन्त्र नै संकटमा पार्ने संघका अध्यक्ष गुरुङको भनाइ छ।

संघले सरकारले वैदेशिक रोजगार व्यवसायीहरुको हित अनुकूल काम गर्न नसकेको गुनासो गर्दै आएको छ ।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 18:42:23
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।