निगमका ३५ पाइलटलाई एयरबस उडान तालिम



निगमकाे वाइडबडी अन्नपूर्ण विमान
निगमकाे वाइडबडी अन्नपूर्ण विमान

अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्दै गएको नेपाल वायु सेवा निगमले पाइलट अभाव व्यवस्थापन गर्न नयाँ रणनीति अघि बढाएको छ।

निगमले आन्तरिक उडान गर्दे आएका पाइलट, को–पाइलटलाई एयरबस न्यारोवडी तथा न्यारोवडी उडाइरहेका पाइलट, को–पाइलटलाई वाइडबडी विमान उडानका लागि ‘अपग्रेड’ गर्ने प्रक्रिया अघि बढाएको हो।

सन् २०१९ भित्र २५ पाइलट र १० को-पाइलटलाई एयरबसको तालिम दिने योजना अघि बढिसकेको निगमले जनाएको छ। बाहिरबाट खोज्नभन्दा संस्थानभित्रैबाट पाइलट अपग्रेड गर्दा त्यसले पाइलट अभाव सामना गर्न सहज हुने व्यवस्थापनको विश्लेषण छ।

पाइलट अपग्रेड कार्यक्रम अन्तर्गत केही समयअघि आन्तरिकतर्फ जहाज उडाइरहेका १२ पाइलट तथा १ को पाइलटले इन्डोनेसियाबाट तालिम लिएर फर्किएका छन्। थप २२ जनालाई यसै वर्ष तालिम दिइने निगम सह प्रवक्ता नवराज कोइराला बताउँछन्।

अन्य जहाज उडाइरहेका पाइलटले एयरबस ‘अपग्रेड’ हुन २० देखि ४५ दिनसम्मको तालिम आवश्यक पर्छ।

एक वर्षअघि निगमले ५० पाइलट आवेदन माग गर्दा २६ जनाको मात्र आवेदन परेको थियो। अन्तर्राष्ट्रिय उडान गन्तव्य बढाउँदै गएको निगमलाई दक्ष पाइलटको आवश्यकता छ।

बोइङको ठूलो विमान उडान गर्दै आएका ५ मध्ये तीन जनाले तालिम लिएर फर्किसकेको कोइरालाले जानकारी दिए। दुई जना केही समयपछि तालिमका लागि जानेछन्।

एयरबस ३२० न्यारोवडी उडान गर्दै आएका १० पाइलटलाई वाइडबडी उडानमा अपग्रेड गर्ने रणनीति निगमको छ। ३३० वाइबडीका लागि छानिएका १० मध्येमा २ पाइलटले सिंङ्गापुरबाट तालिम लिएर फर्किसकेका छन्। बाँकी ८ जना यही वर्षभित्र तालिमका लागि जानेछन्।

न्यारोबडी तालिम इन्डोनोसिया र वाइडबडीको तालिम सिंगापुरमा हुनेगर्छ। विमान कम्पनीहरुले पाइलट तथा को–पाइलटको अपग्रेड तालिम आफैँले दिने गर्छन्।

को को पाइलट अपग्रेड भए?
तालिम लिएर फर्किने पाइलटहरुमा एन भट्टराई, यु घिमिरे छन्। त्यस्तै बोइङबाट वाइडबडीको अपग्रेड तालिम लिने पाइलट एसएस राणा, एस शर्मा र आर मानन्धर छन्। एयरबस न्यारोबडीबाट वाइडबडी पाइलटमा अपग्रेड हुनेमा एसके श्रेष्ठ, भी लामा छन्।

न्यारोबडीको फस्ट अफिसरबाट पाइलटमा अपग्रेड हुनेमा सञ्जय वैद्य, आर कुसवाह, आइ हिराचन, पी राई, एआर पहाडी छन्। तालिम लिएर फर्किने कोपाइलटमा आरके रौनियार रहेका छन्।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल एयरबसका ४ जहाज रहेका छन्। दुई वटा न्यारोबडी एयरबस ३२०–२०० र दुई वटै वाइडबडी ३३०–२०० रहेका छन्। यी जहाजबाट निगमले हाल हङकङ, क्वालालम्पुर, बैंकक, दोहा, दुबई, नयाँ दिल्ली, बेङ्लोर र मुम्बई गन्तव्यमा उडान गर्दै आएको छ।

जापानको ओसाका उडान अनुमति पाइसकेपछि राष्ट्रिय ध्वजाबाहकले चीनको ग्वान्जाओ र बेइजिङ गन्तव्यमा उडान अनुमति प्रक्रिया अघि बढाइरहेको छ।

सन् १९५८ मा स्थापना भएको निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि कूल १२ जहाज रहेका छन्। यी मध्ये ८ वटा जहाजबाट आन्तरिक तर्फ उडान सञ्चालन हुन्छन्।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 19:15:54
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।