पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ३५ प्रतिशत सकियो

सन् २०२० मै सञ्चालनमा ल्याउन सकिन्छ: आयोजना प्रमुख मुनाकर्मी



पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ३५ प्रतिशत सम्पन्न भएको छ।

विमानस्थल निर्माणअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा ३५ प्रतिशत निर्माण सम्पन्न गर्नुपर्ने गौरवका आयोजनाको नीति तथा कार्यक्रममा रहेकोमा चैत महिनाभित्र लक्ष्य पूरा भएको आयोजनाले जनाएको छ।

असार मसान्तसम्मको लक्ष्य चैत महिनामा नै सकिँदा सन् २०२० मा नै विमानस्थल सुचारु गर्न सकिने आयोजना प्रमुख बिनेस मुनाकर्मीले जानकारी दिए।

उनका अनुसार अबको तीन महिनामा ४० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न हुन्छ। सम्झौता अवधिभन्दा छ महिनाअगाडि नै निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ काम भएको छ।

विमानस्थल निर्माणको सुरुवात भएको १७ महिनाको अवधिमा चार अर्ब ५० करोड भुक्तानी भएको मुनाकर्मीले जानकारी दिए। उनले भने, ‘सामान्यतया अरु ठूला आयोजना निर्माणमा महिनामा १ प्रतिशत निर्माणकार्य हुन्छ तर हामीले महिनामा २/३ प्रतिशत कार्य गरेका छौँ।’

सन् २०१७ को नोभेम्बरदेखि विमानस्थल निर्माणकार्यको सुरूवात भएको थियो। विमानस्थल निर्माण कम्पनीको सन् २०१९ भित्रै ६० प्रतिशत काम सक्ने र सन् २०२० मा बाँकी ४० प्रतिशत काम सक्ने योजना रहेको छ।

निर्माण कार्यअन्तर्गत ७० प्रतिशत निर्माण कार्यभित्र पर्दछ भने ३० प्रतिशत कार्य सिभिल कार्यअन्तर्गत हुने आयोजना कम्पनीले जनाएको छ।

रन वे निर्माण सम्पन्न
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २५ सय मिटर लामो र ४५ मिटर चौडाइको रन वे (धावन माग) निर्माण सम्पन्न भएको छ।

त्यस्तै रनवे सकिनुको साथै अहिले विमानस्थलको टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, लगायतका काम तीब्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।

विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएमसी इन्जिनियरिङलाई ४ वर्ष अर्थात् सन २०२१ जुलाई १० सम्मको समय अवधि दिइएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ एक सय र नेपाली तीन सय गरी चार सय जना मजदुरले काम गरिरहेका छन्।
टर्मिनल भवनको क्षमता वार्षिक पाँच लाख यात्रु रहेको छ।

आईकाओको फोरडी मोडलअनुसार पोखरा विमानस्थलको निर्माण कार्य भइरहेको छ। निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। दुई हजार ५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने विमानको यात्रु क्षमता १ सय ९२ जनासम्मको हुनेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकको ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदानमा २१ अर्ब ६० करोड रुपैयाँमा निर्माण भइरहेको छ। यो आयोजनाका लागि आर्थिक वर्ष २०७५/७६ मा ६ अर्ब ८० करोड बजेट विनियोजन भएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि आठ हजार वर्गमिटरको टर्मिनल भवनर आन्तरिक उडानका लागि ६ हजार वर्गमिटर गरी १४ हजार वर्गमिटरको टर्मिनल भनव निर्माणाधीन अवस्थामा छन्।

१२ सय मिटरको प्यारेलल ट्याक्सी वे निर्माणको काम १५ दिनभित्र सकिने आयोजनाले जनाएको छ।

विमानस्थल पूर्वरुपमा तयार हुँदा चारवटा बोर्डिङ कक्ष, आधा दर्जनभन्दा बढी विमान राख्न सकिने गरी पार्किङ वे तयार हुनेछन्। विमानस्थल निर्माणका लागि भनी ३ हजार ६ सय २७ रोपनी जग्गा अधिग्रहण गरिएको छ। थप ५९ रोपनी अधिग्रहण प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 13:05:32
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।