गण्डकी प्रदेशका सांसदलाई दुई करोड विकास खर्च

प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको मुख्यमन्त्रीको स्विकारोक्ति



गण्डकी प्रदेश
गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले सांसदहरुलाई २ करोड रुपैयाँ दिने भएको छ।

प्रदेश सांसदहरुले बजेट नपाएको गुनासो गरिरहँदा सरकारले निर्वाचन पूर्वाधार विकास कोषमार्फत २ करोड दिने भएको हो। सो रकम प्रत्यक्ष निर्वाचित सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको विकासमा खर्च गर्न पाउने छन्। 

अघिल्लो आर्थिक वर्षमा यस्तो बजेट नदिएपछि सांसदहरुले आफू वडाध्यक्षको हैसियतमा पनि नभएको भन्दै असन्तुष्टी जनाएका थिए।

बजेट चाहियो भन्ने विषयमा सत्ता र प्रतिपक्षका सबै सांसदहरु एकै ठाउँमा उभिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो आर्थिक वर्ष २०७६/०७७ मा बजेटको व्यवस्था गरेका हुन्। आइतबार प्रदेशसभा बैठक सम्बोधन गर्दै उनले सांसदहरुको मागबमोजिम बजेट विनियोजन गरेको बताए।

‘व्यक्तिलाई बजेट दिनु राम्रो त होइन, तर हाम्रा माननीयहरुले धेरै असन्तुष्टी जाहेर गरेपछि अरु प्रदेशको जस्तै हामीले पनि दिन लागेका हौँ’, मुख्यमन्त्री गुरुङले भने, ‘सांसदहरुसँग जनताको माग धेरै हुँदो रहेछ, सबैले पानी बनाइदिनुप¥यो, कुलो बनाइदिनुपर्‍यो भन्दा रहेछन्।’

उनले बजेट राम्रो काममा प्रयोग गर्न सांसदहरुसँग आग्रह पनि गरे। बजेटले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फका सांसदहरुले पनि बजेट दिइने तर कार्यविधी बनाइने प्रष्ट पारे। उनका अनुसार निर्वाचन क्षेत्र तोकेर बजेट दिइने छ भने प्रत्यक्ष र समानुपातिक सांसदहरुको रकम भने फरक हुनेछ।

खर्चको दायरा कार्यविधीले नै तय गर्नेछ। कस्ता योजना, कतिओटासम्म छनोट गर्न पाईने, खर्चको दायरा पनि कार्यविधीले नै समेट्नेछ।

प्रदेश सरकारले यसअघिका २ वटा बजेटमा सांसदहरुले नै खर्चन पाउने गरी रकम छुट्याएको थिएन। चालु आर्थिक वर्षमा सांसदहरुलाई छुट्टै रकम नदिएतापनि ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनामार्फत प्रति निर्वाचन क्षेत्र २ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको थियो।

प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले जनप्रतिनिधीको योजनामा सरकारले खर्च गर्दा कुनै टाउको दुखाई नरहेको उनले बताए।

यता सदनमा संवोधन गर्दै मुख्यमन्त्री गुरुङले बितेको १४ महिनामा प्रदेश सरकारले २४ वटा कानून बनाएको र २ वटा विधेयक विचारधिन रहेको जानकारी दिए। उनले पोखरा महानगर क्षेत्रमा मोनोरेल सञ्चालनको लागि चिनियाँ कम्पनीले नै खर्च ब्यहोर्ने सर्तमा सम्भाव्यता अध्ययनको लागि सम्झौता हुन लागेको जानकारी पनि दिए।

उनले हालसम चालु आर्थिक वर्षको बजेटको २१ प्रतिशत रकम खर्च भएको जानकारी दिए। मुख्यमन्त्री गुरुङका अनुसार हालसम्म प्रदेश सरकारले जम्मा ३ अर्ब ७३ करोड ८३ लाखमात्र खर्च गर्न सकेको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि २४ अर्ब २ करोडको बजेट विनियोजन गरेको थियो। यसमध्ये विकासतर्फ मात्र १ अर्ब ९१ करोड रुपैयाँमात्र खर्च भएको उनले जनाए।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 19:14:03
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...