प्रशिक्षक पाइलट अमेरिका लागेपछि चिनियाँ जहाजको उडान झनै अनिश्चित



चिनियाँ एमए-६० जहाज
चिनियाँ एमए-६० जहाज

नेपाल वायुसेवा निगमको वाई–१२ जहाज उडाउन प्रशिक्षक पाइलटसम्मको तालिम लिएका आङ्नुरी शेर्पा अमेरिका पलायन भएका छन्।

प्रशिक्षक पाइलट शेर्पा अमेरिका गएसँगै ग्राउन्डेड रहेका ५ चिनियाँ जहाज कहिलेदेखि उड्ने भन्ने अनिश्चित भएको छ।

अप्रिल ३ मा प्रशिक्षक पाइलटको तालिमका लागि निगमले उनलाई चीन पठाएको थियो। पाइलटको सीप परीक्षण प्रमाणपत्र (पिपिसी) नवीकरण गरी नेपाल आएका उनी कार्यालयमा हाजिर नभई अमेरिका पुगेका हुन्।

उनी अमेरिका गएसँगै निगमका ५ जहाज ग्राउन्डेड भएका छन्। यसबाट निगमलाई आर्थिक नोक्सानी त भएको छ नै विश्वसनियतामा पनि क्षति पुगेको छ।

सुगतरत्न कंशाकार कार्यकारी अधिकार प्राप्त महाप्रबन्धक हुँदा उनलाई अन्य सुविधा बाहेक १० लाख रुपैयाँ मासिक तलबमा चिनियाँ जहाज उडाउने गरी नियुक्ति गरिएको थियो। निगमका अन्य पाइलटले १ लाख ८० हजार तलब पाउँने गर्छन्।

आङ नुरी शेर्पा

आङ नुरी शेर्पा

शेर्पाका कारण दुई पाइलट कामबिहीन
निगमसँग रहेका चिनियाँ जहाजका लागि शेर्पा प्रशिक्षक पाइलट (आइपी) थिए। उनी अन्तर्गत रहेको वाइ–१२ का तीन जहाजका पाइलटको पीपीसी नविकरण, रुट चेक गर्ने जिम्मेवारी उनको हो।

शेर्पाले लापरवाहीका कारण वाइ–१२ जहाजका पाइलट सञ्जय बादेको पीपीसी नविकरण रोकिएको छ। उनको पीपीसी म्याद सकिएको दुई मिहना बितिसकेको छ। ‘आफ्नो पीपीसी नवीकरण भएपछि उहाँ अमेरिका जानुभयो। यहाँ अरु साथीहरुलाई समस्या परिरहेको छ’, निगम स्रोतले नेपालखबरसँग भन्यो।

वाइ–१२ कै अर्का पाइलट निपेन्द्र भट्राईको वर्षेनी गर्नुपर्ने रुट चेकिङको समय सीमा पार भइसकेको छ। बादेको पिपिसी नवीकरण र भट्टराईको रुट चेक नगर्दिंदा चिनियाँ वाई–१२ जहाज ग्राउन्डेड भएको निगम स्रोतले बतयो।

लामो विदामा बसेका भट्टराइ विदाबाट फर्किपछि केही समय जहाज उडाएका थिए। तीन सातादेखि उनी कामबिहीन भएका छन्।

पीपीसी नविकरणमा मात्रै १२ लाख खर्च
वाइ–१२ जहाजका आइपी शेर्पा चीनबाट गत अप्रिल ३ गते नेपाल फर्किएका थिए। नेपाल फर्कनासाथ शेर्पा अमेरिका गएका हुन्। उनको पिपिसी नविकरणका लागि निगमले १२ लाख खर्च गरेको स्रोतले जनाएको छ। प्रत्येक ६/६ महिनामा हुने पिपिसी नविकरणको सम्पूर्ण खर्च निगमले नै व्यहोर्छ।

शेर्पाको ठाउँमा तत्काल नयाँ आइपी पाइलट भर्ना गर्ने अवस्था नरहेको निगम स्रोत बताउँछ।

वि.स.२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये दुई वाई १२ ई र एउटा एमए ६० विमान चिनियाँ अनुदानमा प्राप्त गरेको थियो। अनुदान बाहेकका दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद भएका हुन्।

उडान रद्द निगमको मुख्य समस्या
१८ सिट क्षमताको चारवटा वाइ–१२ जहाजको आम्दानीको तुलनामा खर्च दोब्बर हुने गरेको छ। वाइ–१२ को चार जहाजले आन्तरिक तर्फ एक वर्षमा २ करोड १ लाख १२ हजार आम्दानी गरेको महालेखा परिक्षणको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदमा उल्लेख छ। प्रतिवेदनमा उल्लेख भएअनुसार आन्तरिक व्यवस्थापनमा मात्रै १८ करोड ८५ लाख खर्च भएको देखिन्छ। त्यस्तै प्रत्यक्ष खर्च ९ करोड ६३ लाख खर्च भएको छ। आम्दानी र खर्च मिलाउदा वाई–१२ को मात्रै एक बर्षमा २८ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ।

निगमको आन्तरिक तर्फ एक वर्षमा जम्मा ६ हजार ६ सय ६८ उडान हुनुपर्नेमा जम्मा ४ हजार ७ सय ८ उडान भएको प्रतिवेदनमा उल्लेख छ। एक वर्षमा निगमका १ हजार ९ सय ६९ उडान भएका हुन्।
अन्तराष्ट्रिय तर्फ ३ हजार ७ सय २३ उडान गर्नुपर्नेमा २ हजार ९ सय ६२ उडान भएको छ। ७ सय ६१ उडान रद्द भएको र त्यो कुल उडानको २० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 13:28:59
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।