नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला



कमला श्रेष्ठ
कमला श्रेष्ठ

कुरा आजभन्दा ४० वर्षअघि हो, त्यतिबेला महिलाहरु चुलो–चौको र घर–व्यवहारमामात्र सीमित थिए। व्यवसाय त कल्पनामा समेत आउँदैनथ्यो। त्यसबखतको नेपालको सामाजिक परिस्थितिमा महिलाहरुको स्थिति यस्तो भएपनि कमला श्रेष्ठले सौन्दर्य व्यवसायमा हात हालिन्। कालान्तरमा यो व्यवसाय कमलाका लागि फलिफाप बन्न पुग्यो।

सौन्दर्य कला सम्बन्धी काठमाडौँ र भक्तपुरमा गरी जम्मा ३ वटा पसल थिए त्यतिबेला। २०३४ मा थाइल्याण्डबाट सीप सिकेर नेपाल आएकी कमलाले २०३६ मा ललितपुरमा पहिलोपटक १० हजार लगानीमा सोही व्यवसाय संचालनमा ल्याइन्।

व्यवसाय सुरु त गरिन्। तर, ग्राहक पाउन मुस्किल। ब्यूटी पार्लर भनेकै थाहा थिएन धेरैलाई। त्यसमाथि सिँगारिन ब्यूटी पार्लर जाने भनेपछि लाज, संकोच र परिवारको डर थियो। आँटै गरे पनि परिवारबाट स्वीकृति पाउने अवस्था थिएन।

फेरि कपाल काटेको १३ रुपैयाँ महंगो पनि त थियो त्यतिबेलाको परिप्रेक्षमा। अहिलेजस्तो जागिरे कहाँ थिए र महिलाहरु?

थाइल्याण्डबाट नेपालमा सामान भित्र्याएर, एउटा टेवल र कुर्सी राखेर सानो कोठाभित्र व्यवसाय सुरु गरेकी कमलालाई सुरुवाती दिनमा ग्राहक पाउनै धौ–धौ थियो। धेरैका लागि अनौठो नै लाग्थ्यो, उनले गरेको व्यवसाय।

विस्तारै हल्ला फैलियो। हल्ला उच्च घराना परिवारसम्म पुग्यो। त्यसपछि नै हो कमलाले काम पाउन थालेको। सानो बाल्टिनमा मगको सहायताले राणा परिवारका सदस्य, राज परिवार निकट, मन्त्री र सचिवका आमा–छोरीको कपाल पानीले धोइदिन पाउँदा उनलाई आनन्द आउन थाल्यो।

‘सुरुमा मान्छेलाई सम्झाउन–बुझाउन नै गाह्रो भयो’ कमला भन्छिन्, ‘विस्तारै मान्छेहरु आउन थाले। मैले पनि महिनाको ८० रुपैयाँसम्म कमाई गरेँ।’

त्यसैबेला ०३६ सालमा भुँइचालो गयो। उनले कोठाबाहिर सामान निकालेरै भए पनि काम गरिन् तर, पलायन भइनन्।

बिहेले जुराएको अवसर
विराटनगरमा जन्मिएर धरानबाट एसएलसी दिएकी कमलाको २०२८ मा कक्षा ८ मा पढ्दा बिहे भयो। बिहेपछि मान्छेको जीवन नै सकिन्छ भन्ने छ। तर उनको जीवन बिहेपछि बल्ल सुरु भयो।

आईए पास गर्दा जेठो छोरो जन्मियो। बिए पढ्दा कान्छो छोरोलाई जन्म दिइन्। बिए पास हुनु र उनका श्रीमान् (युएनका जागिरे) को बैंककमा सरुवा हुनु संयोग भइदियो। उनी पनि श्रीमान् सँगै उतै लागिन्।

१९ वर्षको उमेरमा बैंकक उनका लागि सपनाको सहर बनिदियो। समय र ठाउँलाई सदुपयोग गर्दै उनले सिंगार कला सिकिन् र केही वर्षपछि नेपाल फर्किइन्। लगत्तै उनले ललितपुरमा व्यवसाय सुरु गरिन्।

कमलाले सौन्दर्यकला व्यवसाय सुरु गर्दाको मूल्यसूची

कमलाले सौन्दर्यकला व्यवसाय सुरु गर्दाको मूल्यसूची

भइदियो के भने, कमलाका ससुराले उच्च खानदानकी बुहारी भएर जाबो सिंगार पसल खोलेको भन्दै उनले छोएको पानी नै खाएनन्। परिवारबाट विरोध भयो। तर, उनका श्रीमान्ले साथ छाडेनन्। कमला पनि एकदिन ससुराको मन जित्ने प्रयत्नका साथ काममा लागिरहिन्।

जब नेपाल टेलिभिजन आयो
कुरा २०४२ सालको हो। नेपाल टेलिभिजनको स्थापना भयो । त्यसको एक साताभित्र उनले ‘घर परिवार’ कार्यक्रम चलाइन्। उनको कार्यक्रमले धेरैमा सिंगारप्रति आकर्षण बढायो।

कमला भन्छिन्, ‘कार्यक्रमपछि मानिसमा सौन्दर्यको महत्व र आवश्यकताबारे थाहा हुन थाल्यो। चासो र आकर्षण पनि बढ्दै गयो।’

उनका नाममा थुप्रै पत्रहरु आउन थाले। सुन्दर कसरी हुने, सिंगारका लागि के गर्ने आदिबारे सोधिएका ती प्रश्नको जवाफ उनले पनि हरेकलाई पत्रैमार्फत फर्काइन्। केही पत्रमा महिलाले ‘हामी पनि तपाईंले गरेको काम सिक्न चाहन्छौँ’ लेखेका थिए। यस कुराले उनलाई झस्कायो।

अनि कमलाले २०४९ मा ‘सायम इस्टिच्यूट अफ हेयर डिजाइन एण्ड ब्यूटी केयर’ नामक तालिम केन्द्र खोलिन्, नेपालमै पहिलोपटक। पहिलो कक्षामा ४ जना विद्यार्थी भर्ना भए। उनले पुरुषका लागि पनि भर्ना खोलिन्। उनीहरु पनि व्यवसायमा आकर्षित भए।

त्यही जनशक्तिको माध्यमबाट अहिले नेपालभर व्यवसाय फैलिएको छ। पढेलेखेका युवा–युवतीको समेत आकर्षण बढ्को छ। देशभर सयौँ सौन्दर्य कलासम्बन्धी पसलहरु खुलेका छन्। कमलाको सायनले मात्र हालसम्म हजारौँ जनशक्ति उत्पादन गरेको छ।

सौन्दर्य कला व्यवसायको संस्थापक अध्यक्ष कमला भन्छिन्, ‘अहिले त देशभर २ लाखभन्दा धेरै ब्युटिसियनहरु हुनुहुन्छ। यो देख्दा मलाई निकै खुसी लाग्छ।’

यो सबै हुनुमा उनी मिडियाको ठूलो देन रहेको बताउँछिन्। नेपाल टेलिभिजनपछि खुलेका प्राय टेलिभिनमा उनले सौन्दर्य कला सम्बन्धी कार्यक्रम चलाएर मानिसमा यस सम्बन्धी ज्ञान जो बाँडेकी छिन्।

अब अर्को वर्षदेखि सौन्दर्य कलाको विषय कक्षा ९ र १० को पाठ्यक्रममा समेत समावेश हुँदैछ। विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गर्ने उद्देश्यमा कमलासहितका महिलाहरुको प्रयासमा यो सम्भव हुन लागेको हो।

पहिले मानिसहरु सौन्दर्य कला भन्नासाथ नक्कलझक्कलका लागि गरिने अनावश्यक मेकअप भन्ने बुझ्थे। तर, अहिले स्वास्थ्य र विज्ञानसँग पनि जोडिएको छ है भन्ने ज्ञान हुन थालेको छ।

यसलाई कमला समयानुसार भएको परिवर्तन मान्छिन्। भन्छिन्, ‘त्यसैले पहिले सौन्दर्य कलालाई फेसनको रुपमा हेर्थे भने अहिले सबैको आवश्यकता भएको छ।’

सौन्दर्य कला भन्नाले कपाल काट्ने र मुख सिंगार्ने काम मात्र होइन। मानसिक तथा शारीरिक रुपमा आफूलाई स्वस्थ राख्नु पनि हो। यसका पनि विविध आयामहरु छन्। भित्रीरुपमा मानिसमा कसरी सौन्दर्यताको विकास गर्ने भनेर विभिन्न सेमिनार तथा तालिमहरु समेत हुन्छन्।

गलत कामले बदनाम
पछिल्लो समय सौन्दर्य कला व्यवसाय यसरी फैलिएको छ कि हरेक चोक र गल्लीमा साइनबोर्ड झन्ड्याइएका पसलहरु देख्न सकिन्छ। काठमाडौँमात्र होइन, गाउँमा समेत बरु औषधि पसल नहोला, ‘ब्यूटी पार्लर’ चाहिँ भेटिन्छन्।

यससँगै व्यवसायको आडमा गलत काम गर्नेहरु पनि बढिरहेका छन्। कतिपय स्थानमा त यौन धन्दा नै हुने गरेको समाचार बाहिर आएका छन्। यस्तो कुरा सुन्दा कमलालाई चित्त दुख्छ।

भन्छिन्, ‘कलात्मक व्यवसायलाई यसरी गलत काममा प्रयोग गरेको देख्ना साह्रै चित्त दुख्छ। यसतर्फ सरकारले कुनै एक्सन लिन्छ भन्ने मेरो विश्वास छ।’

लगातार ३ वर्ष उद्योग वाणिज्य महासंघको महिलातर्फको अध्यक्ष बनेकी कमला आफूले पनि यस विषयमा सरकारी पक्षसँग कुरा गरेको बताउँछिन्। विस्तारै यस्ता गतिबिधि नियन्त्रित हुने उनको विश्वास छ।

‘हामीले त यस व्यवसायको जगमात्र बसालेको हो’ कमला भन्छिन्, ‘अब यसको साख जोगाउँदै युवा पुस्ताले घर बलियो बनाउनुपर्छ।’

ब्यक्तिगत जीवनका तिता–मीठा क्षण
बैंककमा बस्दा कमलाले मोटरसाइकल चलाउन सिकेकी थिइन्। नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।

‘केटीले मोटरसाइकल चलाएको हेर न हेर’ भन्दै मानिसहरु झुम्मिन्थे। कमलालाई भने यो सबै कुरा देख्दा र सुन्दा रमाइलो लाग्थ्यो। अहिले पनि ती दिनहरु सम्झँदा उनी आफ्नो तन्नेरी उमेर सम्झन्छिन्।

उनको जीवनमा एउटा दुःखद् क्षण पनि छ। त्यही कारण उनी झण्डै यो व्यवसायबाट टाढा भइसकेकी थिइन्। व्यवसायबाट मात्र होइन, जीवनदेखि नै उनलाई विरक्त लागेको थियो।

दुर्घटनामा १७ वर्षको छोरा गुमाउनु परेको घटना थियो त्यो।

छोरा गुमाएपछि उनी १५ दिनसम्म मुर्छा परिन्। आफूलाई सम्हाल्न सकिनन्। कमला भन्छिन्, ‘सबैले यत्रो उचाईमा पुगेकी कमला अब विस्तराबाट उठ्न सक्दिनँ भन्ने सोच्नुभएको थियो। तर, म उठेँ।’

कमलालाई गुमाइसकेको कुरामा आँसु झारेर आफूसँग रहेका श्रीमान् र अर्को एक छोरालाई दुःखी बनाउन हुँदैन भन्ने लाग्यो। त्यसपछि त हो उनले गुमाएको कान्छो छोराको नाम (सायम) राखेर सौनदर्य कलासम्बन्धी इस्टिच्यूट खोलेको।

जसको शाखा आज कमलाले अमेरिका र युरोपमासमेत विस्तार गरेकी छन्। १० हजार रुपैयाँमा ललितपुरको एउटा सानो कोठाबाट सुरु गरेको व्यवसाय अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको देख्दा कमला अहिले आफै मख्ख छिन्।

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 12:05:23
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

कृष्ण आचार्य नेपालखबर वरिष्ठ संवाददाता हुन्

@novelkrishna


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...