कसरी सम्भव भयो एक वर्ष अगाडि नै भेरी बबई–डाइभर्सनको ‘ब्रेक थ्रु?’



राष्ट्रिय गौरवको भेरी बबई–डाइभर्सन बहुउद्वेश्यीय आयोजनाको सुरुङमार्ग सम्पन्न गर्नु पर्ने समयभन्दा एक वर्ष अघि नै सम्पन्न भएको छ।

२०६८ सालमा आयोजना सुरु गरिएकोमा २०७६ चैतमा सम्पन्न गर्नुपर्ने काम २०७५ चैतमा नै सम्पन्न भएको हो। 

उक्त सुरुङमार्गको मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ब्रेक थ्रु’को घोषणा गरे। नेपालको सबै आयोजनाहरु तोकिएको समय सिमामा सम्पन्न हुन नसकिरहेको अवस्थामा यो आयोजनाको प्रगतिमा भने प्रविधिको ठूलो हात रहेको देखिएको छ।

नेपालमै पहिलोपटक टनेल बोरिङ (टीबीएम) मेसिनको प्रयोग गरी यो आयोजनाको सुरुङमार्ग खनिएको हो। यो मेसिनको प्रयोग पहिलो पटक यो आयोजनामा प्रयोग भएको हो। चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले अमेरिकी प्रविधिअन्र्तगत चीनमा बनेको टनेल बोरिङ (टीबीएम) मेसिनको सफल प्रयोग यो आयोजनामा गरेको हो। सुरुङमार्ग निर्माणको लागत १० अर्ब ५५ करोड रुपैयाँ रहको भने आयोजनाको कुल लागत १६ अर्ब रुपैयाँ रहेको छ।

उक्त आयोजनाका निर्देशक सन्जीब बरालका अनुसार प्रविधिको कारण नै यो आयोजनाको काम द्रुत गतिमा भएको हो। उनका अनुसार १९ महिना यो मेसिनको प्रयोग भएको छ। १२ किमिको सुरुङ यो मेसिनले उक्त समयमा पुरा गरेको हो।

गत वर्षको कात्तिकदेखि टीबीएम मेसिनको प्रयोग गरी सुरुङ खनिँदै आएको उनले जानकारी गराए।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रि भन्छन्, ‘नेपालका हरेक आयोजनाहरु समयमा नसकिने समस्या रहँदै आएको छ। तर यो आयोजमा नयाँ प्रविधिको प्रयोगले समयमा नै सम्पन्न भएको छ। यसले के देखाउँछ भने नेपालमा प्रविधको आवश्यकता छ।'

विकास निर्माणमा अघि बढ्न प्रविधिकाे खाँचो देखिएकोले अरु आयोजनाहरुमा पनि नयाँ प्रविधिको प्रयोग हुनुपर्ने उनको भनाई छ।

केहो टीबीएम मेसिन?
अमेरिकी प्रविधिअन्तरगत चीनमा बनेको टनेल बोरिङटीबीएम मेसिन हो। यो मेसिनको प्रयोग विशेष गरी सुरुङमार्ग खन्नको लागि गरिन्छ। यसले छिटो सुरुङमार्ग निर्माण गर्दछ।

परम्परागत प्रविधिभन्दा झण्डै ५ गुणा बढी सुरुङमार्ग निर्माण गर्छ। दैनिक ४ मिटर टनेल खन्न सकिन्थ्यो भने मेसिनको प्रयोग औसतमा २० दशमलव ८ मिटर टनेल खन्न सकिन्छ।

यो आयोजनाको काम कसरी अघि बढ्छ?
आयोजनामा भेरी–बबई डाइभर्सन निर्माण कार्य सम्पन्न भएको र अब सुरुङमार्फत ४० क्युबिक लिटर प्रतिसेकेन्डका हिसाबले भेरीको पानी बबई नदीमा खसालिनेछ। जसबाट बबई नदीमा पानीको सतह बढनेछ। सिँचाइका लागि बबई नदीमा भेरीको पानी ल्याउन लागिएको हो। बबईमा पानी पर्याप्त भएपछि बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याइने सरकारी लक्ष्य रहेको छ।

सिँचाइका साथै यो आयोजनाबाट विद्युत् पनि उत्पादन गरिनेछ। यो बहुउद्देश्यीय आयोजनाबाट ४८ मेघावाट विद्युत् उत्पादन गर्ने सरकारी योजना रहेको छ। त्यसैै गरी बाँके र बर्दिया जिल्ला आसपासको झन्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुविधा पु-याउने यो आयोजनाको मुख्य रहेको छ।

 

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 19:41:33
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...