ओपोको नयाँ एफ११ प्रोमा राईजिङ क्यामेरा, सेल्फी फङ्सनलाई नयाँ उचाई दिने लक्ष्य


Kshamadevi Group


ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ प्रोमा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ।

नयाँ क्यामेरा प्रणाली अन्तर्गत फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८एमपी क्षमताको क्यामेरा उपलब्ध गरिएका छन्। एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव दिने सोचका साथ यसमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइन र पानारोमिक स्क्रिनपनि उपलब्ध गरिएका छन्।

राईजिङ क्यामेरा डिजाइनका साथमा सेल्फी फञ्सनलाई नयाँ उचाई दिने योजना
‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले भनेका छन। यथाःसम्भव सरल र सुब्यवस्थित डिजाइन सहितको एफ११ प्रोको बर्णणका लागि पनि यी शब्दको प्रयोग गर्न सकिन्छ। स्मार्टफोनको डिजाइन अनुकुलन गरी फोनको माथिल्लो मध्य भागमा १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ।

आवश्यकता अनुसार राइज हुने (निस्कने) र प्राकृतिक देखिने सेल्फी लिन सघाउने यो राईजिङ क्यामेराले फोनको बेजल घटाउन सघाएको छ। १६एमपी फ्रण्ट कयामेरा लुकाउन सघाउने, स्लाइडिङ प्रणाली अवलम्बन गरिएको यो प्रविधिले नोचलाई विस्थापन गर्न सघाएको छ साथै यसको पारदर्शी डिजाइनले सटिक टच प्रदान गर्छ। फोनको शानदार पानारोमिक स्क्रिन डिजाइनले फ्रण्ट क्यामेरा लुकाएर फोनलाई नोच लेस बनाउनुका साथै फुल स्क्रिन अनुभवपनि प्रदान गर्छ।

परम्परागत मोबाइलसंग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने निश्चित छ।

विश्वभरका यूवा माझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा आफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत/सेयर गर्न, नवप्रबर्तनात्मक प्राविधिक विकास उपलब्ध गराउन सदैव प्रतिबद्ध छ।

ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो। समयसंगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नवप्रबर्तन उपलब्ध गराउँदै गयो।

सेल्फी कलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो। फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो।

निरन्तर नवप्रबर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थ अफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो। एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ।

एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ, विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ। यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ।

अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ। साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ। हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ११ र एफ११ प्रोले अदृतिय क्यामेरा क्षमता प्रदान गर्दै, यूवा उपभोक्तालाई जगत् तथा आफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ।

यी फिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धित अत्यधिक तात्ने, ल्याग हुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको छ।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 21:53:31
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...