१० करोड अन्तशूल्क स्टिकर गोदाममा थन्कियो, नक्कलीको प्रयोग बढ्दै


Kshamadevi Group


आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व विभाग

मदिराजन्य उद्योगले नक्कली स्टिकरको प्रयोग गर्न थाले पछि सक्कली स्टिकर गोदाममा नै थन्केको पाइएको छ।

आन्तरिक राजस्व विभागले साविकमा भारतको एक छपाई कम्पनीमार्फत छपाई गरेको स्टिकरमध्ये ९ करोड ५५ लाख ८० हजार स्टिकर भरतपुर, हेटौँडा र सिमराको गोदाममा थन्किएको हो।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले लिथुवानिया र इन्डोनेसियाबाट खरिद गरिएका स्टिकर समेत थापाथलीको गोदाममा रहेका थन्किएको जनाएको छ। उक्त स्टिकरहरुको उचित व्यवस्थापन हुनुपर्ने महालेखाले उल्लेख गरेको छ।

उक्त स्टिकरको अनुगमन तथा व्यवस्थापन गर्ने निकाय आन्तरिक राजश्व विभागले समेत यो वर्षमा ११ मदिरा उत्पादक प्रतिष्ठानमा नक्कली स्टिकरको प्रयोग भएको देखाएको छ। त्यस्तै अन्य निकायबाट स्टिकरको आधिकारिकता परीक्षण गर्न विभागलाई प्राप्त भएका नमुनाको परीक्षण गर्दा केही नमुना नक्कली देखिएको अवस्था छ।

तसर्थ नक्कली स्टिकरको प्रयोग नियन्त्रण गर्न एवं उपयोग भएको स्टिकरबाट प्राप्त राजस्व रकमको यथार्थताप्रति विश्वस्त हुन स्टिकरको अनुगमन कार्यलाई प्रभावकारी बनाउनु पर्ने महालेखाले भनेको छ।

४४ लाख १४ हजार इन्डोनेसियाली असुल गर्न माग
अन्तःशूल्क लाग्ने वस्तुहरु (मदिरा, चुरोट तथा सुर्तीजन्य) को उत्पादन तथा आयातमा प्रयोग गर्ने विभिन्न शक्ति र साइजका अन्तःशुल्क स्टिकर ४ अर्ब ९७ करोड २६ लाख थान २०७५ श्रावणसम्ममा आपूर्ति गर्ने गरी इन्डोनेसियाको एक कम्पनीसँग २०७३।४।२७ मा अमेरिकी डलर ६५ लाख ८१ हजारको सम्झौता भएको थियो। जसमा ४ अर्ब ३८ करोड ३६ लाख स्टिकर आपूर्ति भई ५८ करोड ८९ लाख आपूर्ति हुन बाँकी रहेको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ मा सम्झौता रकमको प्रतिदिन ०.०५ प्रतिशतले पूर्व निर्धारित क्षतिपूर्ति लिने व्यवस्था रहेकोमा खरिद सम्झौता अनुसार खरिद आदेशमा उल्लेखित अवधिमा सामान सप्लाई नभए खरिद आदेशको रकममा मात्र पूर्वनिर्धारित क्षतिपूर्ति लिने गरी सम्झौता गरेको छ।

सम्झौता अनुसार खरिद आदेशबाट प्राप्त हुनुपर्ने सामान ढिला प्राप्त भएकोले ४४ लाख १४ हजार रुपैयाँ पूर्वनिर्धारित क्षतिपूर्ति लिनुपर्ने देखिएको छ। उक्त रकम असुल हुनु पर्ने महालेखाले भनेको हो।

 

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 19:51:39
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...