वाइडबडी खरिदमा १ करोड १२ लाखको विदेश सयर



नेपाल एयरलाइन्स वाइडबडी विमान  ‘अन्नपूर्ण’
नेपाल एयरलाइन्स वाइडबडी विमान ‘अन्नपूर्ण’

नेपाल वायुसेना निगमले खरिद गरेको दुई वटा नयाँ वाइडबडी विमान खरिदको अनुगमका नाउँमा पटक–पटक भएको विदेश भ्रमणमा १ करोड १२ लाख रुपैयाँ खर्च भएको छ।

प्राविधिक अनुगमन तथा हस्तान्तरण कार्य भन्दै विदेश भ्रमण गर्न गएका कर्मचारी सबै अप्राविधिक हुन्। 

महालेखा परीक्षकको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनले तत्कालीन निगम नेतृत्वले आवश्यकता विश्लेषण नगरी विदेश सयर गराएको भन्दै सो रकम तत्कालीन निगम नेतृत्वबाट असुल गर्न सरकारलाई सुझाव दिएको छ। वाइडबडी खरिद गर्दा निगमको कार्यकारी प्रमुख महाप्रबन्धक सुगतरत्न कंशाकार थिए।

वाइडबडी विमान खरिदको प्राविधिक अनुगमन र हस्तान्तरण कार्य गर्न कर्मचारी सञ्चय कोषका ३ जना, नागरिक लगानी कोषका ५ जना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका १ जना, निगम सञ्चालक समिति सदस्यसहित उच्च पदाधिकारी १५ जना, कानुनी सल्लाहकार १, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी ४ जना, निगम र नेपाल राष्ट्र बैंककका पदाधिकारी १ जना गरी ३१ जनाले विदेश भ्रमण गरेका थिए।

तीमध्ये निगम महाप्रबन्धक कंशाकारले ३ पटक, निगमका ४ अधिकृत ५ पटक र कानुनी सल्लाहकार २ पटक गरी १४ पटक विदेश भ्रमण गरेका थिए।

३१ जनाको समूह एक पटक र १४ जनाको समूह ६ पटक भ्रमण गर्दा १ करोड ११ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ। उक्त भ्रमणमा दैनिक भत्तामा मात्रै ७६ लाख ७४ हजार, हवाई टिकटमा ३८ लाख २० हजार खर्च भएको थियो।

महालेखाले भ्रमणको आवश्यकता सम्बन्धमा विश्लेषण नै नगरी खर्च गरेकाले प्राविधिक कर्मचारीका लागि भएको अत्यावश्यक खर्च यकिन गरी अन्य खर्च रकम निगमको तत्कालीन नेतृत्वबाट असुल गर्न सुझाव दिएको छ।

महालेखा परीक्षकको कार्यालयले नेपाल वायुसेवा निगमले ल्याएको नयाँ वाइडबडी विमानले ६ महिनासम्ममा व्यवसायिक उडान नहुँदा निगमलाई डेढ अर्ब घाटा भएको पनि औंल्याएको छ। तत्कालीन निगम नेतृत्वको व्यापार योजना नहुँदा दुवै विमान प्रयोगबिहीन हुन पुगेका थिए।

सुरुमा लामो दूरीको ५ गन्तव्यमा उडान गर्ने भनिएको थियो। ६ महिनासम्म वाइडबडी नउड्दा निगमलाई १ अर्ब ६६ करोड ३१ लाख सञ्चालन घाटा भएको हो।

निगमले कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट विमान खरिदका लागि २३ अर्ब ९९ करोड ६१ लाख ऋण लिएको थियो। सेवा शुल्क र पुँजीकरण ब्याज घटाई निगमले जहाज खरिदका लागि २२ अर्ब ९० करोड १७ लाख १६ हजार रुपैयाँ उपयोग गरेको महालेखा प्रतिवेदनमा उल्लेख छ।

व्यवसायिक योजनाअनुसार पुस मसान्तभित्र तिर्नुपर्ने साँवा तथा ब्याज किस्ता ८० करोड ४२ लाख निगमले तिर्न सकेको छैन।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 15:26:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।