मेरिगोल्ड ज्वेलर्सकी ज्योत्सनाः व्यवसायमा सफल, संस्थामा अब्बल


Kshamadevi Group


ज्योत्सना श्रेष्ठ
ज्योत्सना श्रेष्ठ

२०४१ मा बिहे भएपछि ससुरा बुबाले सुन, हिराजडित घडीलगायतका बारेमा हरेक दिन कुनै न कुनै जानकारी दिइरहन्थे। गहनाका विषयमा ज्योत्सना श्रेष्ठ खुब चाख दिन्थिन्। ससुराको कुरा सुन्दासुन्दै उनमा यी कुराप्रति बढी नै चासो बढ्न थाल्यो।

अर्कातिर बिएस्सीसम्म पढेकी उनलाई घरभित्रै गुम्सिएर बस्दा आफ्नो क्षमता देखाउने अवसर नपाइएला कि भन्ने चिन्ता थियो। त्यो समय बिएस्सीसम्म पढ्नु चानचुने कुरा कहाँ थियो र?

खासमा ज्योत्सनाको सपना त डाक्टर बन्ने थियो। बीचमा उनले केही समय आरएनएसी (नेपाल एयरलाइन्स) मा जागिर पनि गरिन्। यसैक्रममा बिहे भइहाल्यो। बिहेपछि जागिर त छुट्यो नै, डाक्टर बन्ने सपना पनि बीचमा अड्कियो।

‘बिहेपछिको २ वर्ष मेरा लागि निकै कष्टकर रह्यो, घरमै बसेर दिन बिताउन निकै कठिन भयो’ ज्योत्सना भन्छिन्, ‘महिलाले व्यवसायमा लाग्नु हुँदैन, बुहारी घरबाहिर निस्कनु हुँदैन भन्ने धारणाले समाजमा जरा गाडेको बेला थियो त्यो।’

मौनता तोडियो
भनिन्छ नि, मन भारी भयो भने आँसुको रुपमा पोखिन्छ। तर, ज्योत्सना भाग्यलाई दोष दिँदै आँसु खसाल्नेको कोटीमा पर्दैनथिन्। उनले आँट कसिन् र घरको चौको बाहिर निस्किएर केही गर्ने प्रस्ताव परिवारमा राखिन्। कुरा माइतीसम्म पुग्यो।

‘के गछ्र्यौ?’, परिवारका सदस्यले उल्टै उनलाई प्रश्न तेस्र्याए। उनले साथीसँग मिलेर केही गर्ने योजना बनाइसकेकी थिइन्। परिवारका सदस्यलाई सो योजना सुनाइन्। यसरी साथीसँग मिलेर १ लाख लगानीमा मख्खनमा बालबालिकाको सामग्री पसल (चिल्ड्रेन्स कलर्स) खोलिन्।

पसलमा बस्न थालेपछि धेरैले नकारात्मक टिप्पणी गरे। ‘बुहारी भएर पसलमा बस्ने?’ जस्ता प्रश्न उनीमाथि खनियो। यस्ता प्रश्नले परिवारपनि अप्ठेरोमा पर्ने नै भयो।

ससुरा गोपालमान श्रेष्ठ उनका लागि जग थिए। उनले भने, ‘अरुले के भन्छ भन्ने कुराको पछि नलाग्नू। तिमीलाई जे गर्न ईच्छा लाग्छ त्यही गर्नू।’ ज्योत्सनाका श्रीमान् पिल्लर बनेर उभिदिए। जग र पिल्लर नै बलियो भएपछि उनी ढल्ने कुरै थिएन। उनमा हौसला थपियो।

नजिकै परिवारको सुन पसल पनि थियो। उनले सुनचाँदी पसलको काम पनि सिक्दै गइन्। पछि सुनचाँदी पसलका लागि ठाउँ अभाव भयो। ज्योत्सना र उनको साथी मिलेर खोलेको पसल रहेको ठाउँपनि सुनचाँदी पसलकै लागि प्रयोग गर्ने कुरा चल्यो।

ज्योत्सनाले ‘चिल्ड्रेन्स कलर्स’ बाट केही पैसा कमाएकी थिइन्। त्यो पैसा मिसाएर सुनचाँदी पसल खोलियो। पसलको नाम थियो, जुहारत। जसलाई पछि ‘टिसा ढुकु’ को नाममा आधुनिकीकरण गरियो।

त्यो समय सुन कसीमा जाँचिन्थ्यो। कालो ढुंगामा घोटेर सुनको स्तर पत्ता लगाउनु चानचुने कुरा थिएन। तर, ज्योत्सनाले सिकेरै छाडिन्।

यसरी परिवारको चार पुस्ता (विगत १ सय २० वर्षदेखि) ले गर्दै आएको व्यवसायमा ज्योत्सना पनि औपचारिक रुपमा जोडिइन्। जतिबेला ज्योत्सनाको उमेर जम्मा २५ वर्षे थियो।

उनी विस्तारै व्यवसायमा भिज्दै गइन्। उनकै पालामा केही नयाँ प्रयासहरु पनि भए। ‘त्यतिबेला अर्डरअनुसार मात्र गहना बन्थ्यो, रेडिमेट भन्ने थिएन। अर्डर गरेको ६–८ महिनापछि बल्ल हातमा गहना पथ्र्यो’ ज्योत्सना भन्छिन्, ‘पहिलोपटक हामीले रेडिमेट गहनाको ब्यापार सुरु ग¥यौँ।’

बिशाल बजारमा एउटा पनि सुनचाँदी पसल थिएन त्यतिबेला। भारतीय व्यापारी पनि नेपाल प्रवेश गरिसकेका थिएनन्। यस्तोमा ज्योत्सनाको पसलबाट सुनका रेडिमेट गहनाको हारालुछ हुन थाले। विस्तारै ज्योत्सनाले पसलमा स्टक र अडिटिङ प्रणाली लागु गरिन्।

२०४७ सालतिर ज्योत्सना आफै कार हाँक्थिन्। कार हाँकेको देख्नेहरु खिसी गर्थे। ‘सहरमा महिलाले कार हाँकेको कमै देखिन्थ्यो’ ज्योत्सना भन्छिन्, ‘गलत कुरा पो गर्नु भएन, राम्रो काम गर्न केको डर, केको लाज?’

मेरिगोल्डसम्मको यात्रा
सुनचाँदी पसलको ब्यापार राम्रो भएपछि उनीहरुले न्यूरोडमा ‘सयपत्री मेरिगोल्ड ज्वेलर्स’ संचालनमा ल्याए। पसलको साजसज्जाले धेरैलाई आकर्षित ग¥यो। नेपालमा पहिलोपटक आर्किटेक र इन्टेरियल डिजाइनर ल्याएर व्यवस्थित रुपमा सञ्चालन गरेको पसल झन्पछि झन् चल्न थाल्यो।

पछि भारतबाट सालिमार आएपछि मेरिगोल्डले प्रतिस्पर्धा गर्नुप¥यो। झन् पछि त थुप्रै सुनचाँदी पसल खुल्दै गए। तर, मेरिगोल्डले आफ्नो ब्रान्ड बनाइसकेको थियो। त्यसैले पछाडि फर्कनुपरेन।

‘दशैँ–तिहारको समयमा त पसलमा पैसा गन्दा गन्दै रातको १२ बजेको पत्तै हुँदैनथ्यो’ ज्योत्सना सम्झन्छिन्, ‘राति १० बजेसम्म त मान्छेको भिड नै हुन्थ्यो।’

ज्योत्सनालाई मेरिगोल्डले धेरैमाझ चिनायो। उमेरमा आफूभन्दा ठूलाले पनि उनलाई दिदी सम्बोधन गर्न थाले। उनको कामबाट परिवारका सदस्य पनि सन्तुष्ट थिए।

व्यापार गर्दैगर्दा ज्योत्सनाको कुरा काट्नेहरु पनि प्रसस्त थिए। आफन्तमाझ ‘घरमै बसेर टन्न गहना लगाएर खान पुग्ने घरकी बुहारी भएर खानदानको इज्जत नै फाली नि!’ भन्नेजस्ता टिप्पणीहरु हुन्थे।

तर, ज्योत्सनाको परिवार यस्ता टिप्पणीको पछि लागेन। ज्योत्सना लाग्ने त कुरै थिएन। परिवारकै साथ र सहयोग भएपछि कसको के लाग्छ र? ज्योत्सना व्यवसायमा जम्दै गइन्।

अहिले मेरिगोल्ड ज्वेलरीको दरबारमार्गमा ठूलो शोरुम छ। बलिउड नायिका करिष्मा कपुरले उद्घाटन गरेको शोरुमको जिम्मेवारी ज्योत्सनाले नै सम्हालिरहेकी छन्।

ज्योत्सनालाई सुरुमा आफ्नो ब्यापारलाई यति माथिसम्म लान सक्छु भन्ने लागेको थिएन। किनकी, सबै कुरा उनले चाहे र सोचेअनुसार हुन गाह्रो थियो। तर, श्रीमान्ले अर्कै व्यवसायमा हात हालेपछि उनी स्वतन्त्र भइन् र सुनचाँदी पसललाई आफ्नै रणनीतिमा यहाँसम्म ल्याइपु¥याइन्।

‘सायद मैले कसैको अन्डरमा बसेर काम गरेको भए म आज यहाँसम्म पुग्ने थिइनँ होला’ ज्योत्सना भन्छिन्, ‘स्वतन्त्ररुपमा आफ्नै हिसाबले काम गर्न पाएपछि नयाँ–नयाँ प्रयोग गर्न पाएँ र ब्यवसायलाई अघि बढाउन सकेँ।’

व्यावसायिक हकहितमा
पछिल्लो समय ज्योत्सना व्यावसायिक हकहितको क्षेत्रमा समेत समेत लागेकी छन्। उनी नेपाल रत्न तथा आभुषण संघको पाँचौ महाधिवेसनबाट अध्यक्षमा निर्वाचित भइन्। यसरी निर्वाचित हुने उनी पहिलो महिला अध्यक्ष हुन्। साथै, उनी नेपाल उद्योग बाणिज्य महासंघकी केन्द्रीय सदस्य पनि हुन्।

हाल नेपालको व्यवसाय क्षेत्रमा पर्यटकीय हिसावले योगदान पु¥याउने काममा लागेकी छन्। त्यसका लागि भारत, चीन र भुटानका पर्यटकलाई केन्द्रमा राखेर पूर्वी नेपालमा पाँच तारे होटल खोल्ने उनको योजना छ।

उनी महासंघको पर्यटन संयोजकसमेत हुन्। नेपालमा पर्यटन विकासको सम्भाव्यतालाई मध्यनजर राख्दै उनी केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला सरकारी टोलीमा नेपालको प्रतिनिधित्व गर्दै भारत र चीन पुगिसकेकी छन्। पछिल्लो महिना हङकङ पुगेर नेपालमा पर्यटनको विकासका विषयमा चर्चा गरिन्।

‘आत्मविश्वास, लगनशिलता, मिलनसार र धैर्यवान। यी ४ कुरा भयो भने धेरै महिलाहरु माथि उठ्न सक्नुहुन्छ’ उनी भन्छिन्, ‘महिला माथि आउनुमा पुरुषले पनि आफ्नो तर्फबाट साथ–सहयोग गर्नुपर्छ।’

पारिवारिक जिम्मेवारी 
ज्योत्सनाले आफ्नो कर्मसँगै पारिवारिक जिम्मेवारी पनि निभाइरहेकी छिन्। उनी बिहानै ५ बजे उठ्छिन्। परिवारका अन्य सदस्य उठिसक्दा उनले घरको सबै काम सकिसकेकी हुन्छिन्। नेवारी संस्कृतिअनुसार पनि बुहारीले घरको सबै काम गर्नुपर्ने हुन्छ।

‘त्यसैले पनि मलाई आफ्नो जिम्मेवारी आफै सम्हाल्नु छ’ ज्योत्सना भन्छिन्, ‘बिहानै उठेर साँझसम्मका लागि आवश्यक खानपानको ब्यवस्थापन गर्ने काम मेरै हो।’

कहिलेकाहीँ ज्योत्सनालाई कतै घुम्न जान मन लाग्छ। तर, व्यस्तताले गर्दा साचेजस्तो हुँदैन। सकेसम्म शनिबार कार्यक्रम नपरोस् भन्ने लाग्छ। तर परिदिन्छ। निमन्त्रणा आएपछि कार्यक्रममा नजाने कुरा पनि भएन।

कहिलकाहीँ उनी परिवारका सदस्यसँग फिल्म हेर्न जान्छिन्। राम्रो फिल्म चलेको छ भने हरेक हप्ता हलमै पुग्छिन्। ‘ विशेषगरी कमेडी फिल्म मन पर्छ’ उनी भन्छिन्, ‘साताभरको कामको ह्याङओभर एकदिन हाँसेर मेटाउन मन लाग्छ।’

कहिलेकाहिँ परिवारका सदस्यलाई समय दिन नसक्दा उनलाई दुःख लाग्छ। एकपटक छोराको जन्मदिनमा ज्योत्सना विदेश जानु प¥यो। जानुअघि छोराले केही भनेनन्। तर, पछि चित्त दुखाए। छोराले ‘ममी मेरो जन्मदिनमा पनि विदेश जानुभयो’ भनेपछि उनको मन खिन्न भयो।

‘मैले यो सबै उनीहरुकै लागि त गरिरहेकी छु’ ज्योत्सना भन्छिन्, ‘सायद अहिले त छोरो पनि बुझ्ने भइसक्यो।’

जे–जस्तो भए पनि ज्योत्सना आफ्नो कामबाट पूर्ण सन्तुष्ट छिन्। ‘बुहारी घरबाट बाहिर निस्कनु हुँदैन’ भन्दै हिजो आफ्ना खेदो खन्नेहरुले आज आफूप्रति गर्व गर्नु नै आफ्नो सफलता रहेको उनको बुझाई छ।

उनका पारिवारिक आफन्तका छोरी–बुहारीहरु पनि व्यवसायमा आउन थालेका छन्। तिनीहरुको पनि प्रेरणाको स्रोत हुन् उनी।

ज्योत्स्ना चाहन्छिन्, आफ्नो परिवारमा मात्र होइन, देशभरका महिला अघि बढुन्, आफ्नो खुट्टामा आफै उभिन सकुन्।

प्रकाशित ३० चैत २०७५, शनिबार | 2019-04-13 10:57:45
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...