नेकपाका दुई नेताको द्वन्द्वको मारमा साढे १४ अर्ब लगानीको चिनियाँ सिमेन्ट उद्योग


Kshamadevi Group


 पाण्डे (बायाँ) र त्रिपाठी
पाण्डे (बायाँ) र त्रिपाठी

चीनको १४ अर्ब ५० करोड रुपैयाँ लगानीमा धादिङको बेनिघाट रोराङ गाउँपाालिका ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगको शिलान्यास भइसकेको छ। नारायणी उद्योग प्रालिको सहकार्य रहेको उक्त उद्योग सञ्चालनका लागि अनुमति लगायत अन्य सबै प्रक्रिया पनि पुरा भइसकेको छ।

तर अहिले उक्त उद्योग सञ्चालन गर्न नदिने चलखेल सुरु भइसकेको छ। संघर्ष समिति नै गठन गरेर उद्योग निर्माणको विरोध सुरु भएको छ। गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको अगुवाईमा संघर्ष समिति निर्माण भएको हो। संघर्ष समितिले संसदीय विकास तथा प्रविधि समितिमा उद्योग स्थापना रोक्न भन्दै उजुरी समेत दिइसकेको छ।

संघर्ष समितिले उजुरीको बोधार्थ विभिन्न मन्त्रालयका सचिवहरुलाई पनि दिएको छ। तिनमा गृह मन्त्रालय, भौतिक योजना तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव छन्। उद्योगमा विदेशी लगानी रहेकोले लगानीको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई पनि बोधार्थ दिइएको छ।

संसदीय समितिलाई दिइएको पत्रमा उक्त उद्योग कस्तो स्थानमा रहनु पर्ने हो, अहिलेको स्थानमा रहँदा कस्तो बेफाइदा पुग्छ त्यसबारे छानविन गरी आवस्यक कारवाही गर्न माग गरिएको छ।

स्रोतका भनाईमा, दृष्यमा गजुरी गाउँपालिकाका अध्यक्ष बस्नेत देखिएपनि चिनियाँ लगानीको उद्योग रोक्ने यो अभियानको नेतृत्व पूर्वमन्त्री समेत रहेका नेकपा नेता एबं हाल प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले गरेका छन्। खासमा धादिङ–२ मा नेकपाबाटै निर्वाचित प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठीसँग नेकपा नेता पाण्डेको शीतयुद्धका कारण युद्धको कारण चिनियाँ लगानीको उद्योग यस्तो मारमा परेको हो।

हुवासिनको नेपाली पार्टनर रहेका नारायणी उद्योग प्रालिका प्रमुख सुरज बैद्यले उद्योग स्थापना गर्ने योजना बनाएपछि त्यसको सहयोगी बनेका थिए, धादिङ–२ सांसद त्रिपाठी। बैद्य सिमेन्ट उद्योगका लागि उपयुक्त स्थानको खोजीमा थिए। पछि जहाँ उद्योग स्थापना गर्ने गरी खालि ठाउँको छनोट भयो, त्यहाँ सांस्द त्रिपाठीका भतिज सन्देश त्रिपाठीको पनि जमिन थियो। उद्योग खुल्ने भएपछि सन्देशले सो जग्गा उद्योगलाई बेचे।

उद्योगका लागि भतिजको जग्गा उपलब्ध गराउनेमात्र होइन, स्थानीयवासीको हैसियतमा सांसद त्रिपाठीले चिनिया पक्ष र बैद्यबीच पनि सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। ०६४ को संविधान सभा निर्वाचनमा बेहोरेको पराजयबाहेक ०४८ यता सधैँ धादिङबाट निर्वाचित नेता पाण्डेलाई ०५६ देखि नै पार्टीभित्रबाट त्रिपाठीले चुनौति दिँदै आएका थिए। र, अन्तत पाण्डेलाई प्रदेश सभामा खुम्च्याएर गत निर्वाचनमा त्रिपाठी धादिङ–२ बाट संविधान सभा निर्वाचनमा विजयी भएका थिए।

चिनियाँ लगानीको सो सिमेन्ट उद्योग स्थापनाका लागि सांसद त्रिपाठीको क्रियाशीलतालाई नेता पाण्डेले सहन नसक्नुको एउटा कारण त्रिपाठीले राजनीतिक रुपमा दिँदै आएको चुनौति हो भने अर्काे कारण चाहिँ पाण्डेका आफ्नै छोरा प्रकाश पाण्डेको व्यवसायमा धक्का पुग्छ भनेर हो। किनभने, जहाँ सिमेन्ट उद्योग स्थापनाको तयारी गरिँदैछ, त्यही सो स्थानमा राजेन्द्रका छोरा प्रकाश पाण्डेको क्रसर उद्योग छ। छोराको क्रसर उद्योगलाई असर पुग्ने विश्लेषणका साथ पाण्डे सिमेन्ट उद्योग स्थापना हुनै नदिने तिकडममा लागेका हुन्।

शिलान्यास गर्दै सभामुख महरा

शिलान्यास गर्दै सभामुख महरा

जुन ठाउँमा सिमेन्ट उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ, सोही जमिन बेनिघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टंक थापाका छोरा तुल्सीजङ्ग थापा, सांसद त्रिपाठीका भतिज सन्देश, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीका भाई रामकुमार डल्लाकोटीले क्रसर उद्योग सञ्चालनकै लागि खरिद गरेका थिए। तर, जब चिनियाँ लगानीमा सिमेन्ट उद्योग स्थापना हुने भयो, उनीहरुले जमिन उद्योगलाई बेचे।

स्रोतका भनाईमा, केही बर्षअघि मात्र ५० हजार रुपियाँ रोपनीमा किनेको जग्गा अहिले ८ लाख रोपनीमा बिक्री गरेकाले पनि पाण्डेमा ईष्र्या पलाएको आँकलन स्थानीयवासीको छ।

प्रदेश सभा सदस्य पाण्डे भने सिमेन्ट उद्योगका लागि आवस्यक पर्ने बाटो फराकिलो बनाउने क्रममा स्थानीयवासीका ९ घर जोखिममा परेकाले स्थानीयवासीले नै विरोध गरेको बताउँछन्। ‘उद्योग र केही नेताले प्रभावितलाई क्षतिपूर्ति दिने भन्दै मुडेबल प्रयोग गरिरहेका छन्’ पाण्डे भन्छन्, ‘एउटा उद्योगका लागि पुरै बस्तीलाई जोखिममा पार्न सकिँदैन। बस्ती हटाउनु अन्याय हुन्छ भनेर म उद्योग स्थापनाको विरोधमा म आफै लागेको हुँ।’

प्रतिनिधि सभा सदस्य त्रिपाठी भने सिमेन्ट उद्योग स्थापनामा स्थानीयवासीको कुनै विरोध नरहेको दावी गर्छन्। ‘स्थानीयवासीको कुनै विरोध छैन, केही माफियाले उद्योग स्थापनाको विरोध गरेका छन्’ त्रिपाठीले नेपालखबरसँग भने, उनीहरुलाई धेरै कुराको ईश्र्या लागेको छ। उद्योग स्थापनाको विरोध त्यसैको उपज हो।’ संसदीय समितिमा उजुरी परेको कुरा आफूलाई थाहा नभएको बताउनै त्रिपाठी विदेशी लगानीमा ठूलो उद्योग स्थापना हुन लागेकाले सबैको सहयोग हुनुपर्ने उनको आग्रह छ।

सो सिमेन्ट उद्योगको २२ चैत्रमा सभामुख कृष्णबहादुर महराले शिलान्यास गरिसकेका छन्। शिलान्यास कार्यक्रममा प्रदेश–३ का गृहमन्त्री शालिकराम जमरकट्टेल, सांसद त्रिपाठी उपस्थित थिए। तर पाण्डे चाहिँ अनुपस्थित रहे। स्मरणीय छ, जमरकट्टेलले ०६४ को संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट पाण्डेलाई पराजित गरेका थिए। ०४८ यता पाण्डे पराजित भएको त्यही एउटा निर्वाचन थियो।

बैद्य भने उद्योग स्थापना सम्बन्धमा विवाद भएको जानकारी आफूलाई नभएको दावी गर्छन्। ‘हुवासिन उद्योग स्थापनाका लागि धादिङ वा मकवानपुरमा जग्गा खोजिरहेका थियौँ, त्यहाँ फेला प¥यो’ बैद्य भन्छन्, ‘जहाँ जग्गा फेला प¥यो, त्यहाँ शिलान्यास गरिएको छ। यसमा विवाद छ भन्ने कुरा मलाई जानकारी भएन।’

सम्झौतापत्रमा हस्ताक्षरपछि बोर्डका अधिकारी र हुवासिनका सु

सम्झौतापत्रमा हस्ताक्षरपछि बोर्डका अधिकारी र हुवासिनका सु

दैनिक ३० हजार टन सिमेन्ट उत्पादन गर्ने योजना लिएकाले उत्पादन सुरु भएपछि हुवासिन नै नेपालको सबैभन्दा ठूलो सिमेट उद्योग हुनेछ। स्थापना लागका हो। उद्योगमा १ हजार जनाले रोजगारी पाउनेछन्।

चिनियाँ हुवासिनले नेपालको सिमेन्ट उद्योगमा लगानी गर्ने प्रतिबद्धता २०७२ सालमा नै गरेको थियो। सोही प्रतिवद्धता अनुसार अहिले काम अघि बढेको हो। हुवासिनसँग विश्वको ३० भन्दा बढी देशमा खनिज, सिमेन्ट उद्योग क्षेत्रको अनुभव छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमणका बेलामा बोर्ड र हुवासिनबीच सम्झौतासमेत भएको थियो। सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन कम्पनीको तर्फबाट उपाध्यक्ष सु गाङले हस्ताक्षर गरेका थिए।

प्रकाशित २९ चैत २०७५, शुक्रबार | 2019-04-12 15:32:05
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...