जेट एयरवेजकाे काठमाडौं उडान बन्द



जेट एयरवेजकाे विमान
जेट एयरवेजकाे विमान

आर्थिक संकटमा रहेको भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आज (शुक्रबार) देखि काठमाडौंको उडान बन्द गरेको छ।

भारतको नयाँदिल्ली र मुुम्बईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान भर्दै आएको उक्त एयरले विमानस्थललाई  करोडौँ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकै समयमा उडान बन्द गरेकाे हाे।

जेट एयरका एक कर्मचारीका अनुसार दैनिक ५ उडान गर्दै आएको एयरले करिब १ महिनादेखि दैनिक २ वटा उडान गर्दै आएको थियो। उनका अनुसार जेटले काठमाडौंबाट नयाँदिल्ली र बम्बईमा उडान भर्दै आएको थियो।

काठमाडौं गन्तव्य बनाएर उडान गर्ने वायुसेवा कम्पनीहरुले सेवा शुल्कअन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग, सुरक्षा, कोठा काउन्टर शुल्कबात रकम बुझाउनुपर्छ। यस्तो रकम नुबझाउने वायुसेवा कम्पनीका जहाज विमानस्थल अधिकारीले ग्राउन्डेड गर्न सक्छन्।

जेट एयरले विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ। तर उक्त एयरले लामो समयदेखि कुनै पनि शुल्क बुझाएको छैन।

गत पुस मसान्तसम्म मात्रै जेटले यस्तो शुल्क ९ करोड ३३ लाख ७८ हजार १ सय ६४ रुपैयाँ तिर्न बाँकी थियो। 

आन्तरिक व्यवस्थापनका कारण जेट एयरले शुक्रबारदेखि नै मे ५ तारिखसम्म काठमाडौंबाट उडान नगर्ने पत्र उक्त विमान कम्पनीले त्रिभुवन विमानस्थल कार्यालयलाई पठाएको जनाएको छ।

नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०६८ अनुसार विमानस्थल कार्यालय प्रमुख राजकुमार क्षेत्रीले जेट एयरले करोडौं बक्यौता रकम भुक्तानी नगर्दा पनि एयरको एउटा पत्रलाई आधार बनाएर उडान बन्द गर्न अनुमति दिएका हुन्।

जेट एयरले काठमाडौंसहित अन्य स्थानमा उडान गर्ने ७९ विमानलाई सेवाबाट हटाइसकेको छ।

१ अप्रिल १९९२ मा स्थापना भएको जेट एयरले १९९३ मा चार बोइङ विमानवाट उडान सुरु गरेको थियो। २०१२ मा भारतको सबैभन्दा ठूलो निजी विमान कम्पनी बनेको जेट एयर सन २०१८ देखि आर्थिक संकटमा परेको हो।

कस्तो छ नियम?
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली (चौथो संशोधन) २०६७ को नियम ३० अनुसार सेवामा रोक लगाउने तथा अन्य कारबाही गरिने व्यवस्था छ।

उक्त व्यवस्थाअनुसार सेवा शुल्क भुक्तानी नगर्ने विमान कम्पनीलाई विमानस्थलबाट जारी गरिएको अनुमतिपत्र, सम्झौतपत्र वा अन्य कुनै कारोबार गर्न दिइएको अनुमति विमानस्थल कार्यालय प्रमुखले स्थगन गरी विमानस्थलमा रहेको उनिहरुको सम्पत्ति रोक्का राखी आवश्यक कारबाही गर्न पाउँछन्।

उक्त व्यवस्थामा विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ। साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ। समयमा बुझाउँदा छुटको व्यवस्था छ। विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था छ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन। ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरिवाना लाग्छ। ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा उल्लेख छ। यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्छ।

शुल्क भुक्तानी गर्ने विदेशी विमान कम्पनीहरु
नेपालमा उडान बन्द गरेर सम्पर्कविहीन १८ विमान कम्पनी छन्। जसमध्ये सबैभन्दा बढी बक्यौता गल्फ एयरको छ। गल्फले २ करोड २२ लाख १३ हजार ५४ रहेको छ।
एयर सहारा जेटलाइटको ३४ लाख ७८ हजार, अस्ट्रिन एयरलाइन्सको ४३ हजार, बहाराइन एयरलाइन्सको २४ लाख ६३ हजार, बर्मा एयरवेजको १ लाख ६ हजार, कोलोसस एयरको ५७ हजार, जीएमजी एयरलाइन्सको १ लाख ६० हजार, हङकङ एक्सप्रेसको १९ लाख ६२ हजार, किंगफिसर एयरलाइन्सको १ करोड १५ लाख ९७ हजार रुपैयाँ विमानस्थल कार्यालयलाई शुल्क तिर्न बाँकी छ।

यसैगरी लुफ्थान्सा एयरको १ लाख ६३ हजार, ओरियन्टल थाई एयरवेजको ५ लाख ८९ हजार, पाकिस्तान एयरलाइन्सको २६ लाख ८४ हजार, र्याक एयरवेजको १ लाख ८३ हजार, सिंगापुर एयरलाइन्सको ५ लाख ५ हजार, स्पाइसजेट एयरलाइन्सको १ लाख १५ हजार, तुई एयरलाइन्सको ९ लाख ५८ हजार र युनाइटेड एयरवेजको १ लाख ६ हजार रुपैयाँ शुल्क विमानस्थल कार्यालयले लिन बाँकी छ।

 

प्रकाशित २९ चैत २०७५, शुक्रबार | 2019-04-12 11:02:09
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।