सगरमाथासहित २० हिमाल आरोहणका लागि ६ सय १६ जनाले अनुमति पाए



सगरमाथा आरोहीहरु
सगरमाथा आरोहीहरु
फाइल तस्बिर

विभिन्न २० हिमाल आरोहणका लागि ७० समूहका ६ सय १६ आरोहीले अनुमति लिएका छन्।

हिमाल आरोहण अनुमति दिने जिम्मा पाएको पर्यटन  विभागका अनुसार सिजन सुरु भएसँगै आराेहीले अनुमति लिने क्रम बढेकाे हाे। विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि तीन सय आरोहीले आरोहण अनुमति लिएका छन्। 

विभागका अनुसार मंगलबारसम्ममा २ सय ५१ पुरुष तथा ४९ महिला गरी ३ सय आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन्। अनुमति लिनेमध्ये २६ समूहका २ सय ८८ विदेशी तथा ४ समूहका १२ नेपाली आरोहीले अनुमति लिएका छन्। अहिलेसम्म नेपाली ६ महिला तथा ६ पुरुषले मात्र आरोहण अनुमति लिएका छन्।

सबैभन्दा धेरै सगरमाथा आरोहणको अनुमति लिनेमा भारतीय नागरिक बढी छन्। मंगलबारसम्मको तथ्यांक अनुसार ६७ भारतीय नागरिकले अनुमति लिएका छन्। त्यस्तै भारतीय नागरिकपछि ६३ अमेरिकी नागरिकले अनुमति लिइसकेका छन्। त्यसपछि अनुमति लिनेमा चिनियाँ नागरिक छन्। चीनका ४० जनाले हिमाल आरोहण अनुमति लिइसकेका हुन्।

४२ देशका नागरिकले सगरमाथा चढ्ने

नेपालसहित ४२ देशका नागरिकले सगरमाथा आरोहणको अनुमति लिएको पर्यटन विभागअन्तर्गत रहेको पर्वतारोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए। उनका अनुसार आरोहीको मागअनुसार सगरमाथासहित २० हिमाल आरोहणको अनुमति दिइएको छ।

सगरमाथा आरोहणका लागि बुधबारसम्म ३० समूहका ३ सय आरोहीका लागि अनुमति दिइएको छ। त्यस्तै ८ हजार पाँच सय १६ मिटर उचाइमा रहेको ल्होत्से हिमाल आरोहणका लागि ७ समूहका ६६ जनाले अनुमति लिएका छन्।

त्यस्तै ६ हजार १ सय ५१ मिटर उचाइमा रहेको ल्याल्जेङ पिकका लागि नेपाली २ समूहका ६ आरोहीले आरोहण अनुमति लिएका थिए।

कराेडाैँ स‌ंकलन

सगरमाथा आरोहणका लागि २६ विदेशी समूहबाट मात्रै ३४ करोड ७४ लाख ७२ जार २ सय १२ रुपैयाँ रोयल्टी संकलन भएको छ।

त्यस्तै नेपाली ४ समूहका १२ जनावाट ९ लाख रुपैयाँ संकलन भएको छ। आरोहीका मागअनुसार अनुमति दिइएको २० हिमालबाट मात्रै ३९ करोड १५ लाख ८४ हजार १ सय ४५ रुपैयाँ संकलन भएको छ।

ग्याल्जेन पिकको सफल आरोहण
काठमाडौंवाट नजिक रहेको ग्याल्जेन पिक अर्थात् जुगल हिमालको सफल आरोहण भएको छ। सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा चैत २६ गते पहिलोपटक आरोहण गरिएको हो। ६ हजार १ सय ५१ मिटर उचाइमा रहेको जुगल हिमाल १२ दिनको आरोहणपछि ७ जनाले पहिलोपटक सफल आरोहण गरेका हुन्।

सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रुपैयाँ रोयल्टी जम्मा भएको थियो। सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३ सय १२ रोयल्टी उठेको थियो। सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ७ आरोही समूह गएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए।

सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए। सरकारले आरोहणका लागि ४ सय १५ हिमाल खुला गरेको छ। अझै आरोहणयोग्य हिमाल १३ सयभन्दा बढी रहेको बताइन्छ।

प्रकाशित २८ चैत २०७५, बिहिबार | 2019-04-11 15:23:15
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...