निगमका चार जहाज लामाे समययता ग्राउन्डेड, दैनिक तीन लाखभन्दा बढी खर्च



फाइल तस्बिर (क्रेडिटः नेपाल वायुसेवा निगम)
फाइल तस्बिर (क्रेडिटः नेपाल वायुसेवा निगम)

नेपाल वायुसेवा निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भर्दै आएका चारवटा विमान लामो समयदेखि ‘ग्राउन्डेड’ अवस्थामा रहेका छन्।

छ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको पार्किङ वेमा चारवटा जहाज थन्किएका हुन्। विमानस्थलको पार्किङ वे ओगटेर बस्नेमध्ये निगमको ट्विनअटर, चिनियाँ अनुदानको दुई विमान एमए–५०, वाई–१२ र बोईङ ७५७ रहेका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फ नौ पार्किङ वे रहेकामा नेपाल वायुसेवा निगमको ग्राउन्डेड जहाजले नै दुई पार्किङ वे सधैँभरि रहने विमानस्थल कार्यालयले जनाउँदै आएको छ।

छ वर्षदेखि बिग्रिएर बसेको ट्विनअटर जहाजको उडानभन्दा बिग्रिने समय बढी भएपछि ग्राउन्डेड गरिएको हो। ग्राउन्डेड गरिएको उक्त जहाजको पार्टपुजा अरु जहाजमा प्रयोग गरिँदा काम नलाग्ने अवस्थामा रहेको निगम स्रोतले जनाएको छ।

उपयोग हुने पार्टपुर्जा अरु जहाजमा प्रयोग गरी खालि जहाज पार्किङ वेमा राखिँदा निगमलाई आर्थिक भार त बढेको छ नै, विमानस्थल कार्यालयलाई समेत पार्किङमा समस्या हुँदै आएको छ।
चारवटा जहाजको पार्किङ तथा इन्स्योरेन्स खर्चबापत दैनिक ३ लाख १ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ।

कुन जहाज कहिलेदेखि ‘ग्राउन्डेड’ ?
सन् २०१२ को अगष्ट २१ तारिखदेखि विमानस्थल कार्यालयमा निगमको ट्विनअटर जहाज ग्राउन्डेड रहेको छ। करिब ६ वर्षदेखि विमानस्थलको पार्किङ वेमा थन्किएको ट्विनअटरको पार्किङ शुल्क तथा इन्स्योरेन्स शुल्कबापतको दैनिक खर्च विमानस्थल कार्यालयलाई भुक्तानी गर्नुपर्छ। बिग्रिएर ग्राउन्डेड भएका जहाजको पार्किङ शुल्क दैनिक ६ सय ८५ रुपैयाँ र इन्स्योरेन्स शुल्क अमेरिकी डलर ५ सय ९० खर्च भुक्तानी गर्नुपर्ने निगम स्रोतले जनाएको छ।

दैनिक ६ सय ८५ नेपाली रुपैयाँ विमानस्थल पार्किङ शुल्क भुक्तानी गर्दा निगमलाई मासिक २० देखि २२ हजारसम्म खर्च हुने गरेको छ। ६ वर्षदेखि जहाज ग्राउन्डेड हुँदा निगमलाई ट्विनअटर जहाजको मात्रै १५ लाखभन्दा बढी खर्च हुन्छ। त्यस्तै एक दिनको इन्स्योरेन्स ५ सय ९० अमेरिकी डलर रहेको छ।

६ वर्षसम्मको हिमाब गर्दा १ लाख ३० हजारजति डलर पर्न जान्छ। एकातिर विमान ग्राउन्डेड भए पनि पार्किङ शुल्क र इन्स्योरेन्सको रकम भुक्तानी गर्नुपरेको छ भने अर्कोतर्फ उडान नहुँदा दैनिक उडानका साथमा हुने आम्दानी भएको छैन।

चिनियाँ एमए ६०
वि.सं.२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये दुई वाई १२ ई र एउटा एमए ६० विमान चिनियाँ अनुदानमा नेपालले प्राप्त गरेको थियो। अनुदानबाहेकका दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको थियो।

सन् २०१८ को अप्रिल १५ तारिखदेखि ग्राउन्डेड भएको चिनियाँ कम्पनीको एम ए–६० जहाजको दैनिक पार्किङ शुल्क २ हजार ५ सय १४ रुपैयाँ भुक्तानी गर्नुपर्छ। इन्स्युरेन्स वापतको एक हजार ६१ अमेरिकी डलर दैनिक खर्च हुने निगमले जनाएको छ। यसरी हेर्दा निगमलाई पार्किङबापतको २० लाख तथा इन्स्योरेन्सको करिब ८ लाख अमेरिकी रुपैयाँ भुक्तानी गर्नुपर्छ।

वाई–१२
चिनियाँ अनुदानको वाई–१२ को जहाज सन् २०१८ को अप्रिल २९ गतेदेखि ग्राउन्डेड छन् एक दिन विमानस्थल कार्यालयमा राखिएबापत विमानस्थल कार्यालयले ६ सय ८५ रुपैयाँ लिन्छ भने इन्स्योरेन्सबापतको ३ सय १५ अमेरिकी डलर भुक्तानी गर्नुपर्छ।

बोइङ ७५७
गत कात्तिक महिनादेखि ग्राउन्डेड अवस्थामा रहेको निगमको अन्तर्राष्ट्रिय उडान भर्दै आएको बोइङ–७५७ को पार्किङ शुल्क दैनिक १ सय ४० अमेरिकी डलर खर्च हुन्छ। त्यस्तै इन्स्योरेन्सको दैनिक ११ सय ७ रुपैयाँ अमेरिकी डलर खर्च हुन्छ।

विमानस्थलको पार्किङ वेमा रहेको उक्त विमानको निगमले पार्किङ शुल्कमात्रै बुझााउँदै आएको छ। गत मंसिरमै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगम सञ्चालन समितिलाई विमान बिक्रीका लागि सञ्चालक समितिले नै पहल गर्ने भने पनि सञ्चालक समितिले बिक्रीको कुनै पहल गरेको देखिँदैन।

बी ७५७–२०० सिरिजको उक्त विमान एक सय ९० सिट क्षमताको रहेको छ। बोइङ उडान छोडेर निगमले एयरबस उडान थालिसकेको छ।

प्रकाशित २८ चैत २०७५, बिहिबार | 2019-04-11 12:08:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।