त्रिभुवन विमानस्थल व्यवस्थापनद्वारा अन्तर्राष्ट्रिय नियम उल्लङ्घन

निगमको जहाज रोकियो, विदेशी जहाज उड्यो



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

रनवेमा उड्नका लागि तम्तयार नेपाल वायुसेवा निगमलाई ४ मिनेट थप समय नदिएको त्रिभुवन विमानस्थल व्यवस्थापनले विदेशी कम्पनीको जहाजलाई भने बन्द भइसकेको विमानस्थल थप १७ मिनेटसम्म खुला राखी उडाएको छ।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले धावनमार्ग मर्मतका लागि राति १० बजेपछि हुने उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबई उडान नं. एफजेड ५७४ लाई उडान अनुमति दिएका हुन्।

अन्तरार्ष्ट्रिय नियमअनुसार उड्डयनकर्मीहरुका लागि जारी गरिने नोटाम लागू भइसकेपछि उडान अनुमति दिन मिल्दैन। यही नियम देखाएर एक साताअघि विमानस्थल प्रशासनले दुबईकै लागि उड्नुपर्ने नेपाल एयरलाइन्सको फ्लाइट नम्बर आरए २३१ विमानस्थलमै रोकिदिएको थियो।

सो घटनाको एक सातापछि मंगलबार विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गर्दै फ्लाइ दुबइको जहाज उडाएको हो। स्रोतहरूका अनुसार राति १०:१७ बजे फ्लाई दुबईको बोइङ७३७ विमान विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडेको छ। फ्लाई दुवईले मंगलबार राति ८ बजेर ४० मिनेटको उडान तालिका राखेको थियो। तर सो समयमा उडान हुन नसकेपछि उडान नं. एफजेड ५७४ को डिले सेड्युल गरिएको थियो।

राेचक यो छ कि गत एक साताअघि नेपाल एयरलाइन्सले काठमाडौं–दुबईको यही रूटमा उडानका लागि व्यवस्थापनसँग ४ मिनेट थप समय माग गर्दा अनुमति दिइएको थिएन। साेही कारण यात्रुहरु रातभर विमानभित्रै बस्न बाध्य भएका थिए।

निगम जहाजको उडान तालिका उक्त दिन राति ९ः१५ मा भए पनि त्रिभुवन विमानस्थलले १० बजेसम्म पनि विमानलाई उडान भर्ने अनुमति दिएका थिएनन्। सोही समयमा एटीसीले हंगकंग रूटमा उड्ने ड्रागन एयरलाइन्सलाई भने उडान अनुमति दिएका थिए।

निगमको फूल अकुपेन्सी उडान रोकेर विदेशी कम्पनीलाई उडान अनुमति दिएको भन्दै विमानस्थल व्यवस्थापन र निगमबीच विवाद बढेको छ। नेपाल एयरलाइन्स डुबाउन नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले छर्लंगै देखिने गरी चलखेल गरेको निमग अधिकारीहरूको भनाइ छ।

निगमको जहाज रोकिएपछि त्यसको छानबिनका लागि एउटा समिति गठन भएको छ। नेपाल एयरलाइन्सका प्रतिनिधि नराखी पर्यटन मन्त्रालयले गठन गरेको समितिमाले एक साता हुँदा समेत प्रतिवेदन सार्वजनिक गरेको छैन।

निगमको वाइडबडी विमानमा २ सय ७४ यात्रु तथा १४ चालक दलका सदस्यसहित २ सय ८८ जना रहेका थिए। विमान क्याप्टेन प्रवन धितालले उडाउने तयारी गर्दै थिए तर एक्कासि उडान रद्द भएपछि निगमले केही यात्रुलाइ बास बस्ने होटलको व्यवस्था गर्नुपरेको थियो। केही भने विमानभित्रै बसेका थिए।

हाल विमानस्थलको धावनमार्ग मर्मतका लागि भन्दै यही चैत १८ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको छ।

प्रकाशित २७ चैत २०७५, बुधबार | 2019-04-10 12:10:59
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।