सगरमाथाको उचाइ नाप्ने काम बुधबारबाट पुनः सुरु हुने, विभागले टोली खटायो



 सगरमाथा
सगरमाथा

विश्वकै सर्वाेच्च शिखरमा रहेको सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्राविधिकको टोली बुधबार सगरमाथा क्षेत्रतर्फ जाने भएको छ।

नापी विभागका अनुसार सन् २०११ मा निजामती कर्मचारीको नेतृत्व गरी सगरमाथाको सफल आरोहण गरेका निजामती कर्मचारी (नापी विभागका कर्मचारी) खिमलाल गौतमको नेतृत्वमा चार जनाको समूह सगरमाथाको उचाइ मापनका लागि जानलागेका हुन्।

गौतमको नेतृत्वमा रविन कार्की, सुरज सिंह भण्डारी र युवराज धिताल जाँदै छन्। गौतम र कार्की सगरमाथा शिखरमै पुग्नेछन् भने भण्डारी र धितालले बेसक्याम्पबाट आवश्यक सहयोग गर्ने तयारी भएको नापी विभागका सगरमाथा मापनका संयोजक सुशील डंगोलले जानकारी दिए।

गत असार मसान्तबाट रोकिएको सगरमाथा मापनको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ। बाँकी काम अब सुचारु हुनलागेको हो। गत असारसम्ममा सिरहास्थित नेपाल–भारत सीमानजिकै मदारबाट सोलुखुम्बुको सिमानासम्म १७० किलोमिटर लेबलिङ सर्भेको काम सम्पन्न भएको थियो। अझै ७८ किलोमिटरमा लेबलिङको काम बाँकी रहेको डंगोलले जनाए।

सगरमाथाको उचाइ मापनका लागि नापी विभागले २५ करोड रुपैयाँ आवश्यक पर्ने आँकलन गरेको छ। यो शीर्षकमा २०७३/०७४ को बजेटमा २ करोड मात्र विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा सगरमाथाको उचाइ नाप्न १५ करोड विनियोजन भएको छ।

आफूले गर्नलागेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् भनेर नापी विभागले विभिन्न देशका दक्ष विज्ञहरूको राय समेत लिएर काम गरिरहेको छ। विभागले अन्तर्राष्ट्रिय विज्ञहरुलाई सहभागी गराई २०७४ मंसिर २५ र २६ गते एक कार्यशाला समेत गरेको थियोे। कार्यशालामा अमेरिका, चीन, भारत, जापान, इटाली लगायतका मुलुकका विज्ञहरु सहभागी थिए।

अन्तर्राष्ट्रिय विज्ञहरुले दिएको सुझावअनुसार विभागले सगरमाथाको उचाइ मापनसम्बन्धी कार्यविधिमा केही परिवर्तन गरेको थियो। विदेशी विज्ञको सुझावपछि विभागले हिउँको उचाइ मापन गर्ने ‘स्नो राडर इक्विपमेन्ट’ प्रयोग गर्ने निष्कर्ष निकालेको थियो।

भारतको सर्भे अफ इन्डियाले ६४ वर्षअघि सन् १९५५ मा हाल कायम रहेको ८ हजार ८ सय ४८ मिटर उचाइ मापन गरेको थियो भने सन् १९७५ मा छिमेकी चीनले समेत साेही उचाइलाइ सही मानेकाे थियाे। तर सन् २००५ मा पुन उचाइ नापेकाे भन्दै सगरमाथाको चट्टान सतहको उचाइ ८,८४४.४३ र हिउँसहित सगरमाथाको उचाइ ८,८४८.१३ रहेको निष्कर्ष निकालेको थियो। नेपाल–चीन सीमासम्बन्धी मूल लिपिमा समेत यही तथ्य उल्लेख छ।

अमेरिकाको नेशनल जियोग्राफीले सन् १९९९ मा गरेको अध्ययनले सगरमाथाको उचाइ ८,८५० मिटर र त्यही वर्ष इटालीले गरेको अध्ययनले सरमाथाको उचाइ ८,८४७ मिटर देखाएको थियो। यी दुईबाहेक अन्य मुलुकले पनि सगरमाथाको उचाइ मापन गरेका छन्।

२०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाइ परिवर्तन आएको हुनसक्ने भन्दै भारतले पुनः मापन गर्ने घोषणा गरेको थियो। तर नेपाल सरकारले सगरमाथाको उचाइ आफैँ मापन गर्ने भनेर भारतलाई रोकेको थियो।

प्रकाशित २६ चैत २०७५, मंगलबार | 2019-04-09 13:14:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।