विश्व बैंकको सहयोगमा सञ्चालित कृषिका ६ आयोजनाको प्रगति ‘लाजमर्दो’


Kshamadevi Group


कृषि तथा पशुपन्छि विकास मन्त्रालय
कृषि तथा पशुपन्छि विकास मन्त्रालय

कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको सहयोगमा ६ वटा आयोजनाहरु सञ्चालित छन्। ति आयोजनाहरुको चालू आर्थिक वर्षकाे ८ महिनाको प्रगति विवरण ज्यादै कमजोर देखिएको छ।

२५ करोड रुपैयाँ बजेट रहेकाे व्यवसायिक कृषि तथा व्यापार आयोजनाले ८ महिनाकाे अवधीमा ७ करोड रुपैयाँ खर्च गरेर प्रगति नगन्य मात्रामा देखाएका छन्।

चोभारको फलफुल तथा पुष्प थोक बजार निर्माण गर्ने भवन गत वर्षदेखि नै निर्माण सुरु गरेपनि हालसम्म सम्पन्न गरेको छैन। त्यसै गरी दमक, धनुषामा पशुपन्छि थाेक बजार निर्माण, कटहरीको फलफूल बजार निर्माण भएपनि उक्त बजार सञ्चालनमा आएका छैनन्।

विश्व बैंकबाट सञ्चालित लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको प्रगतिको पनि हालत त्यस्तै रहेको छ। एक अर्ब १४ करोड बजेट रहेको उक्त कार्यक्रममा ५१ अर्ब रुपैयाँ ८ महिना अबधीमा खर्च भएको छ। तर सबै खर्च कर्मचारी तथा कार्यालय व्यवस्थापनमा भएको देखिएको छ। उक्त आयोजनाले आफ्नो प्रगति विवरणमा नीतिगत सुधार तथा कार्यविधि तयार गरेको सामान खरिद गरेको र घाँसको विउ उत्पादन सुरु गरेको जनाएकाे छ।

विश्व बैंकको नै अर्को आयाेजना एकीकृत जलस्रोत व्यवस्थापन आयोजनामा चालू आवको लागि १ करोड ३७ लाख बजेट रहेकोमा ७८ हजार रुपैयाँ मात्रै खर्च भएकाे छ।

यस्तै रानी जमरा कुलरिया सिंचाई आयोजनामा १७ करोड ११ लाख रुपैयाँ बजेट रहेकोमा ६ करोड रुपैयाँ खर्च भएकाे देखिएको छ।

जलबायू प्रकोप समुत्थान निर्माण आयोजनामा ९ करोड रुपैयाँ बजेट रहेकोमा ३ खरकोड रुपैयाँ खर्च भएको छ। उसले आफ्नो प्रगति विवरणमा कल सेन्टरको स्थापना गरेको विभिन्न प्रविधिहरु जडान गरी सर्वसाधारणलाई लाभ पुर्‍याएको जानाकारी गराएको छ।

त्यस्तै गरी विश्व बैंकको सहयोगमै चालू वर्षदेखि नै सुरु गरिएको खाद्य तथा पोषण सुधार आयोजनाले भने कुनै प्रगति देखाउन सकेको छैन। उसको कार्य देखाउने अवधी बाँकि नै रहेको छ। भदौदेखि सुरु भएको उक्त आयोजनाले ३० करोड रुपैयाँ चालू वर्षमा खर्च गर्ने लक्ष राखेपनि ७ करोड रुपैयाँ मात्रै खर्च गरेको छ।

तर मन्त्रालयका सचिव डा युवकध्वज जिसी भने आयोजनाहरुको प्रगति अहिले नगन्य देखिएपनि आर्थिक वर्षको अन्त्यसम्म राम्रो रहने दावी गर्छन्। उनी भन्छन् ‘कृषि क्षेत्रको प्रगति हेर्न केही समय कुर्नु नै पर्ने हुन्छ, अरु क्षेत्रको काम जस्तो आज यति गर्ने भाेली यति काम गरेर प्रगति समाबेस गर्ने भने हुँदैन। कृषिमा गरेको लगानी केही समय पर्खेपछि मात्रै देखिने भएकोले बैदेशिक लगानीका आयेजनाहरुको प्रतिफल ८ महिनाको दौरानमा नदेखिएको हो।’

उनका अनुसार मन्त्रालयले पनि कामको ताकेता गरिरहेको छ भने आगामी दिनमा त्यसलाई अझ प्राथमिकतामा राख्ने छ।

प्रकाशित २५ चैत २०७५, सोमबार | 2019-04-08 20:35:57
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...