वाइडबडी आएको १ वर्षपछि निगमको जापान उडान निश्चित

आगामी असार १९ बाट साताको तीन दिन ओसाका उडान गर्ने



वाइडबडी विमान
वाइडबडी विमान

सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको जापान उडान निश्चित भएको छ।

आगामी जुलाई ४ अर्थात् असार १९ गतेदेखि सातामा तीन दिन जापानको ओसाका उडान गर्न निगमले अनुमति पाएको हो। 

नेपालबाट विमान राति २ः४० बजे उड्ने र ओसाकाबाट जापानको समयअनुसार दिउँसो १ः५५ मा उडान भर्ने गरी अनुमति पाएको हो।

निगमको प्रस्तावअनुसार जापानको सिभिल एभिएसन ब्यूरो (जेक्याब)ले ओसाका उडानको अनुमति दिएको निगम स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। 

गत असार र साउनमा निगमले जापान उडान केन्द्रित गरी दुईवटा नयाँ वाइडबडी ३३०–२०० विमान खरिद गरेको थियो। विमान नेपाल ल्याएको करिब एक वर्षपछि निगमले नियमित उडान भर्ने गन्तव्य टुंगो लागेको हो।

वाइडबडीले साताको तीन दिन सोमबार, बुधबार र  शुक्रबार ओसाका उडान भर्नेछ। जेक्याबले जुलाईअगाडि नै उडान अनुमति दिए पनि गत फागुन १८ गतेदेखि तीन महिनाका लागि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका लागि बन्द भएको छ।

विमानस्थल बन्दको कारण जापान उडान केही समय पछाडि धकेलिएको निगमको दाबी छ।

निगमले केही साताअघि जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा समेत साताको तीन दिन उडानको अनुमति मागेको थियो। मंगलबार, बिहीबार र शनिबार नारिता उडान भर्ने प्रस्तावसहित प्रक्रिया सुरु भएको थियाे।

तर ओसाका विमानस्थलमा उडान अनुमति पाएसँगै अब निगमले नारिताका लागि पनि अनुमति पाएमा साताको दुईवटा मात्रै उडान भर्नेछ। स्रोतका अनुसार पहिला नै तयारी गरिएको दुई दिनमा मात्र उडान हुनेछ। दुवै क्षेत्रमा तीन/तीन दिन उडान भर्दा व्यवस्थापनमा समस्या आउने भन्दै दुई दिन बनाइएको हो।

काठमाडौंबाट ओसाका उडानका लागि ७ घण्टा तथा नारितामा उडानका लागि ८ घण्टा लाग्छ। नयाँ वाइडबडी विमानको उडान क्षमता १२ घण्टा रहेको छ।

प्रकाशित २५ चैत २०७५, सोमबार | 2019-04-08 13:46:02
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।