लाखौँ पर्यटक पुग्ने हिमाली क्षेत्रमा जडान भएन मौसम पूर्वानुमान प्रणाली



पर्यटकीय सिजन सुरु भएसँगै हिमाल आरोहणको तयारी तीव्र गतिमा हुन थालेको छ।

पर्यटन विभागले चार सय १५ हिमालमा आरोहणका लागि अनुमति दिएसँगै आरोहणका लागि अनुमति लिनको विभागमा भिड नै लाग्ने गरेको छ।

हिमाल आरोहीबाट सरकारले करोडौँ रकम राजश्व असुली गर्ने भए पनि उनीहरुलाई दिने सेवा सुविधामा वृद्धि गर्न सकेको छैन।

हिमाल आरोहणका लागि उपयुक्त मौसमको आवश्यकता पर्ने भए पनि सरकारले त्यसको बारेमा जानकारी दिन उच्च हिमाली क्षेत्रमा मौसम पूर्वानुमान प्रणाली नै जडान गरेको छैन। त्यसको मारमा आरोहीहरु पर्दै आएका छन्। मौसमको बारेमा पूर्वानुमान नहुँदा कतिपय अवस्थामा आरोहीले बीचबाटै फर्किनु परेको गुनासो समेत गर्ने गरेका छन्।

हिमाल आरोहणलाई जोखिमपूर्ण कार्यका रुपमा लिइन्छ। त्यसकारण यसलाई व्यवस्थित बनाउनका लागि पनि मौसम पूर्वानुमान प्रणाली अनिवार्य मानिन्छ।

अहिलेसम्म सरकारले तीन हजार मिटरभन्दा तलका लागि मात्रै प्रयोग हुने प्रणाली जडान गरेको छ। यो प्रणाली उच्च हिमाली क्षेत्रका लागि उपयुक्त नभए पनि सरकारले उच्च हिमाली क्षेत्रलाई प्राथमिकतामा राखेर प्रणाली जडानको कार्य अगाडि बढाएको छैन।

ठाउँ छनोटमै दुई वर्ष
तीन वर्षअघि फिनल्यान्ड सरकारले पर्यटकीय क्षेत्र मुक्तिनाथमा उक्त प्रणाली जडान गर्ने भने पनि हालसम्म जडान भएको छैन। ‘फिनल्यान्डले सहयोग गर्ने भनेको दुई वर्ष भयो, अवको एक वर्षभित्र मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा उक्त प्रणाली जडान गरिन्छ’, जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले भने।

उनका अनुसार फिनल्यान्डले ६ करोड २० लाख बराबरको सामग्री सहयोग गर्नेछ। मनाङ हुँदै मुक्तिनाथसम्म थोराङ्ला पास गर्ने पर्यटकलाई लक्षित गरि उक्त प्रणली जडान गर्न लागिएको हो।

सुरुवाती चरणमा मनाङमा मौसम पूर्वानुमान प्रणाली जडान गर्ने भनिए तापनि हाल मुस्ताङको मुक्तिनाथ क्षेत्रमा जडान गरिने भएको हो।

मुख्य पर्यटकीय क्षेत्र प्रभावित
विशेष गरी मौसम परिवर्तन भइरहने हिमाली क्षेत्रमा मौसम पूर्वानुमान गर्ने संयन्त्र जडान गर्नुपर्ने भए पनि पर्यटकीय क्षेत्र मुक्तिनाथमा जडान गर्ने तयारी गरिएको छ। धार्मिक पर्यटकीइ क्षेत्र भन्दा आरोहण हुने हिमाली क्षेत्रलाई प्राथमिकतामा राखेर यो प्रणाली जडान गर्नु पर्ने भए पनि त्यसतर्फ कसैको ध्यान पुगेको देखिँदैन।

पर्यटन व्यवसायीले लामो समयदेखि उच्च हिमाली क्षेत्रका साथै पर्यककीय क्षेत्रमा मौसम पूर्वानुमान प्रणाली जडान गर्न माग गर्दै आए पनि हालसम्म त्यसको सुनुवाइ भएको छैन। हाल उच्च हिमाली क्षेत्रमा अनुमानका आधारमा मौसमको पूर्वानुमान गरिँदै आइएको छ।

कृषि, मन्दिर र हवाई क्षेत्रलाई प्राथमिकता
जल तथा मौसम विज्ञान विभागका उपमानिर्देशक कर्माचार्यका अनुसार विभागले कृषि, मन्दिर र हवाई क्षेत्रलाई प्राथमिकतामा राखेर अनुमान गर्दै आएको छ। उच्च हिमाली क्षेत्रमा उक्त सूचना जडान गर्न महँगो हुने, मर्मतका लागि समेत समस्या हुने हुँदा तत्कालका लागि विभाग अन्तर्गत काम नहुने उनले जानकारी दिए। उच्च हिमाली क्षेत्रमा मौसम पूर्वानुमान प्रणाली जडान गर्न विभागमा यो वर्षका लागि बजेट विनियोजन नै नभएको उनको भनाइ छ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज पराजुलीले उच्च हिमाली क्षेत्रमा मौसम पूर्वानुमान प्रणाली जडान गर्ने कुरा लामो समयदेखि उठाएको भए तापनि कार्यान्वयन नभएको बताए। उनले भने, ‘राज्यले पर्यटन क्षेत्रलाई नारामा महत्व दियो तर व्यवहारमा लागू गरेन। वर्षेपिच्छे हिमाल आरोहणका लागि आउने पर्यटकको संख्यामा कमी आउँदा समेत सम्बन्धित पक्षले चासो देखाएनन्।’ उनका अनुसार हिमालमा हिमपात हुँदा, अचानक हावाहुरी आउँदा पर्यटकलाई समस्या हुँदै आएको छ। आरोहणमा गएका पर्यटकका साथमा गाइडको समेत मृत्यु हुँदासमेत सम्बन्धित निकायलाई जानकारी नहुँदा खोज तथा उद्धारमा समस्या हुँदै आएको छ।

पर्यटक प्रहरी ईकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले मौसम पूर्वानुमान प्रणालीको जडान नहुँदा खोज तथा उद्धारमा समस्या आउने गरेको बताए। उनका अनुसार मौसम पूर्वानुमान प्रणाली जडानसँगै टे«किङ सूचना प्रणालीको समेत आवश्यकता रहेको छ। लामो सयम सम्पर्कमा नआउँदा सूचना प्रणालीका साथमा टे«कर सूचना प्रणाली भएमा रेस्क्यु गर्न सहज हुने उनको भनाइ छ।

पर्यटकीय सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई रेस्क्युसम्बन्धी तालिम तथा उपकरणका लागि पर्यटन विभागमा माग गरिएको उनले जनाए।

प्रकाशित २४ चैत २०७५, आइतबार | 2019-04-07 17:59:14
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।