जब दरबारलाई झुक्याएर राजा वीरेन्द्रबाट हायातको उद्घाटन गराइयो



हायात होटल
हायात होटल

‘राजाबाट होटलको उद्घाटन गर्ने प्रचलन नै थिएन। हायात खासमा होटल नभएर सांस्कृतिक पर्यटकीय केन्द्र भएकाले फरक नपर्ने बताएपछि दरबारको चित्त बुझ्यो र उद्घाटनका लागि स्वीकृति भयो।’

करिब पचास वर्षअघि अहिले हायात होटल रहेको काठमाडौं बौद्धको जग्गा अधिग्रहण गर्दाको प्रमुख उद्देश्य थियो, नेपालमा रहेका जातजातिको संस्कृति झल्किने गरी ‘सानो नेपाल’ निर्माण गर्ने। जसमा ७५ जिल्लाको प्रतिनिधित्व हुने प्रतीकहरुसहित तारागाउँ पार्क बनाउने र नेपाल घुम्न आउने विदेशीहरुलाई सांस्कृतिक विविधताबारे जानकारी दिने योजना थियो।

तर बौद्धको त्यो जग्गामा अहिले ‘सानो नेपाल’ होइन, ठूलो व्यवसायिक होटल हायात देख्न सकिन्छ, जहाँ विदेशीहरू नेपालको संस्कृति हेर्न होइन, आरामदायी बासस्थान खोज्दै पुग्ने गर्छन्। पर्यटन पूर्वाधार विकासका हिसावले हायातजस्तो ठूलो होटल बन्नु आफैमा राम्रो पक्ष हो, तर एउटा राष्ट्रिय उद्देश्यका निम्ति अधिग्रहण गरिएको जग्गा जसरी मिलेमतो गर्दै व्यापारिक घरानाको हातमा पुग्यो, त्यसले सार्वजनिक निजी साझेदारी मोडलमै अहिले प्रश्न उठाइदिएको छ।

बौद्धको त्यो जग्गा अधिग्रहण गर्ने कार्यको नेतृत्व सुरुमा पञ्चायती सरकारको एउटा जनवर्गीय संगठन नेपाल महिला संगठन काठमाडौंकी तत्कालीन अध्यक्ष अंगुरबाबा जोशीले गरेकी थिइन। ‘अक्षर साधना र गोधूली’ आत्मकथामा जोशीले ‘नेपाल आउने पर्यटकहरुले सानो नेपालको दर्शन गर्न पाऊन भन्ने उद्देश्यले हाल हायात होटल रहेको क्षेत्रमा ठूलो परिमाणमा जग्गा अधिग्रहण गरिएको’ उल्लेख गरेकी छन्।

‘तराईको प्रतिनिधित्व गर्ने तराई गाउँ, पहाडी भागलाई गोर्खा गाउँ तथा हिमाली भेगलाई चिनाउने शेर्पा गाउँ र अर्को कलाकृतिबाट पूर्ण नेवार गाउँ बनाउने योजना थियो’, जोशीले लेखेकी छन्, ‘पर्यटकहरु आएर यहाँ शान्तिको सास फेर्न पाऊन भन्ने हाम्रो सोचाइ थियो। जसले गर्दा नेपाल शान्तिको देश भनेर चिनिन सजिलो पथ्र्यो।’

त्यो ठाउँमा योग र ध्यान केन्द्र बनाउने लक्ष्य रहेको उनले खुलाएकी छन्।

२०२६ सालमा जोशीकै नेतृत्वमा तत्कालीन बौद्ध पञ्चायत वडा नं. ६ अन्तर्गत तीन सय रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरिएको थियो।

पहिले महिला संगठनले त्यहाँ तारागाउँ प्रालि सञ्चालन गरेको थियो। जसलाई २०३४ सालमा केही शक्तिशाली व्यक्तिहरूको साथमा तारागाउँ विकास समितिमा रुपान्तरण गरियो र सरकारी बनाइयो।

‘पञ्चायतकी आमा’ भनेर चिनिने तत्कालीन प्रधानमन्त्री तुलसी गिरीले आफ्नै पहलमा तारागाउँ विकास समितिको प्रस्ताव मन्त्रीपरिषदबाट पारित गराएका थिए।

‘तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरी आफैले मन्त्रीपरिषदमा ठाडो प्रस्ताव लगेर पास गराइदिनुभएको थियो। यसका निमित्त म उहाँप्रति साह्रै कृतज्ञ छु’, जोशी भन्छिन्।

तारागाउँ विकास समिति गठन ऐन, २०३४ बमोजिम २०३४ कार्तिक १ मा तारागाउँ विकास समिति स्थापना भयो।

हाल पर्यटन मन्त्रालयअन्तर्गत रहेको यो समितिले २०४९ सालमा सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत व्यवसायी राधेश्याम सराफ र रामलाल श्रेष्ठलाई भित्र्यायो। त्यसबेला भएको सम्झौतामा होटल भन्दा पनि ‘सानो नेपाल’ निर्माणको विषयलाई नै जोड दिइएको छ।

सम्झौता त भयो तर त्यो लागू गर्न सञ्चालकहरुले कहिल्यै ध्यान किन दिएनन् भने त्यहाँ व्यवसायी सराफ र श्रेष्ठको व्यापारिक स्वार्थ हावी हुन थाल्यो। र, त्यही ठाउँमा पहिले अनुमान गरिएभन्दा तीन गुणा बढी– तीन अर्ब रुपैयाँ भन्दा बढी लागनीमा पाँच तारे होटल हायात निर्माण गरियो।

होटल निर्मापछि पनि नेपालको संस्कृति झल्किने ‘सानो नेपाल’ बनाउने विषय सञ्चालकहरुको प्राथमिकतामा कहिल्यै परेन।

‘शेर्पा गाउँ, गोरखा गाउँ, तराई गाउँ, योग र ध्यान केन्द्र तथा पचहत्तरै जिल्लाको प्रतिनिधित्व गर्ने प्रतिकहरुसहित तारागाउँ पार्क बन्न अझै बाँकी छ’, जोशी आफैले भनेकी छन्, ‘श्री अरुण सराफले बारबार भन्नुभएको छ– मिसेज जोशी, वी वील नट फेल यु।’

हायात होटलका जनसम्पर्क अधिकृत गोविन्दराम परियार भने तारागाउँ विकास समितिले नै सहयोग नगर्दा त्यस्तो सांस्कृतिक केन्द्र निर्माण हुन नसकेको दावी गर्छन्। उनले हायात होटलमै नेपालको विविध संस्कृति झल्किने गरि एउटा केन्द्र बनाउने प्रयास भइरहे पनि समितिकै कारण त्यो रोकिएको प्रष्टिकरण दिए।

‘जग्गाको लालपूर्जा तारागाउँ विकास समितिको नाममा छ र तीन वर्षदेखि त्यो लालपूर्जा समितिले नै लगेर राखेको छ। त्यसैले योजना भएपनि सांस्कृतिक केन्द्र बनाउन सकेका छैनौं’, परियारले नेपालखबरसँग दावी गरे, ‘हायात होटलमै दुई तिहाइ (त्यस्ता सांस्कृतिक) विषय समेटिएका छन्। तारागाउँ विकास समितिले सहयोग नगरेको कारण थप काम रोकिएको छ।’

परियारले थपे, ‘ज्वाइन्ट भेन्चर एग्रिमेन्टमा कति समयमा बनाउने भन्ने उल्लेख छैन।’

२०४८ पुस १० मा सराफ र श्रेष्ठ तथा तारागाउँ विकास समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि २०४९ चैत १६ मा तारागाउँ रिजेन्सी होटल्स लिमिटेड स्थापना गरियो। त्यो सम्झौताअनुसार बनेको हायात होटलको उद्घाटन २०५७ असोज ११ गते तत्कालीन राजा वीरेन्द्रले गरे। दरबारलाई होटल नभएर सांस्कृतिक पर्यटकीय केन्द्र भन्दै झुक्याएर राजा वीरेन्द्रबाट उद्घाटन गराएको देखिन्छ।

‘राजाबाट होटलको उद्घाटन गर्ने प्रचलन नै थिएन। तारागाउँ रिजेन्सी होटल भने पनि यो परियोजनाको नाम चाहिँ तारागाउँ सांस्कृतिक पर्यटन केन्द्र हो’, जोशीले लेखेकी छन्, ‘मैले नै यो खास होटल मात्र नभएर सांस्कृतिक पर्यटकीय केन्द्र भएकाले फरक नपर्ने बताएपछि दरबारको चित्त बुझ्यो र उद्घाटनका लागि स्वीकृति भयो।’

तारागाउँ विकास समितिकै कारण त्यस्तो सांस्कृतिक केन्द्र अझै बन्न नसकेको भन्ने हायातका जनसम्पर्क अधिकृत परियारको दावी र ‘तारागाउँ सांस्कृति पर्यटन केन्द्र’ भनेर दरबारलाई ढाँटेको जोशीको प्रसंगले व्यापारिक स्वार्थअनुसार राजा वीरेन्द्रलाई झुक्याएर उनीबाट हायात होटलको उद्घाटन गराइएको प्रष्ट हुन्छ।

परियारले सांस्कृतिक केन्द्रको निर्माण समितिकै कारण रोकिएको दावी गरेपनि अहिले २५ वर्षपछि सरकारी सम्पत्ति व्यापारीहरूले हत्याएका रिपोर्टहरू बाहिर आएपछि मात्र फेरि त्यो विषय उठाइएको तारागाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुईटेलले बताए।

‘पच्चिस वर्षयता सांस्कृतिक केन्द्रको विषय कहिल्यै उठेन’, समितिका अध्यक्ष लुईटेल भन्छन्, ‘नीजि साञ्चलकहरुले सरकारी सम्पत्ति हडपेको विषय बाहिर आएपछि भ्रम छर्न अहिले फेरि सांस्कृतिक केन्द्र बनाउने योजना छ भनेर बाहिर ल्याएको छ।’

जग्गा प्राप्ति ऐन, २०३४ ले जुन उद्देश्यका लागि जग्गा अधिग्रहण गरिएको हो, त्यसअनुसार नभए सम्बन्धित जग्गा धनीलाई नै फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।

‘जग्गा प्राप्ति ऐनमा जुन उद्देश्यका लागि लिएको हो, त्यसअनुसार काम नभए जग्गा जसबाट लिएको हो उसैलाई फिर्ता दिनु पर्ने व्यवस्था छ’, सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरवप्रसाद लम्साल भन्छन्, ‘हामीले त्यो जग्गा सांस्कृतिक पार्क निर्माण गर्न भनेर दिएको हो। व्यापारिक उद्देश्यले काम गर्नका लागि त्यो समयमा जग्गा दिएका थिएनौं।’

२०२६ सालमा बौद्धको त्यो जग्गा अधिग्रहण हुँदा लम्साल परिवारको पनि १० रोपनी परेको थियो।

प्रकाशित १६ चैत २०७५, शनिबार | 2019-03-30 18:31:54
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...