माइक्रोसफ्टको प्रश्नः नेपालमा किन लगानी गर्ने?



माइक्रोसफ्ट एशिया क्षेत्रकी प्रबन्ध निर्देशक सोनिया बासिर कबिर (बायाँ) मन्त्री बाँस्कोटासँगको प्यानलमा
माइक्रोसफ्ट एशिया क्षेत्रकी प्रबन्ध निर्देशक सोनिया बासिर कबिर (बायाँ) मन्त्री बाँस्कोटासँगको प्यानलमा

बिल गेट्स संस्थापक रहेको विश्वविख्यात सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका प्रतिनिधिले नेपालको आइटी क्षेत्रमा लगानी गर्न त्यसका आधारहरु स्पष्ट पार्न आग्रह गरेका छन्।

८२.७१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको विश्वको अग्रणी सफ्टवेयर कम्पनी माइक्रोसफ्ट नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी छ। सम्मेलनमा आएका माइक्रोसफ्टका प्रतिनिधिले शुक्रबार छलफलमा सहभागी हुँदै लगानीका लागि नेपालले तयार गर्नु पर्ने आधारबारे चासो देखाइन।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा सहभागी प्यानल छलफलमा बोल्दै माइक्रोसफ्ट एशिया क्षेत्रका प्रबन्ध निर्देशक सोनिया बासिर कबिरले भनिन्, ‘आइटी क्षेत्रको प्रमुख आधार इन्टरनेट हो। नेपालमा इन्टरनेट पहुँच कति मान्छेमा पुगेको छ? इन्टरनेटको गति कस्तो छ?’

नेपालमा के आधारमा लगानी गर्ने भन्ने उनको मुख्य चासो थियो।

दुई दिने सम्मेलनका लागि काठमाडौैंमा रहेकी उनले नेपालमा विद्यमान इन्टरनेट आधारित व्यवसायबारे चासो व्यक्त गरेकी हुन्।

‘नेपालमा इन्टरनेट उपभोक्ता कति छन्? इ–पेमेन्ट सिस्टम कस्तो छ?’, उनले भनिन्, ‘आइटीमा लगानी गर्नुभन्दा अगाडि त्यसका आधारहरुको खोज गरिनुपर्छ। लगानी गर्नुअघि त्यसको आधारमा स्पष्ट हुन जरुरी छ।’

बासिरको चासो इ–कमर्स र इ–पेमेन्ट सिस्टमबारे थियो।

‘इन्टरनेटसँग सम्बन्धित यी विषयहरुलाई आधार मानेर आइटीमा लगानी हुनेगर्छ’, उनले भनिन्, ‘नेपालमा डाटा सेन्टर नै छैन। यसको प्रयोग भएको पनि देखिँदैन। यसले गर्दा आइटी लगानीकर्ता अलमलमा छन्।’

उनले उठाएका प्रश्नको जवाफ दिनेपालो सञ्चारमन्त्री गोकुल बाँस्कोटको थियो। उनले लिखित भाषण अंग्रेजीमा पढेर सुनाए तर माइक्रोसफ्टका प्रतिनिधिले उठाएका प्रश्नहरूको जवाफ दिएनन्।

‘आइटी क्षेत्रका लागि नेपालले विदेशी लगानी खोजिरहेको छ। त्यसका लागि सहज वातावरण निर्माण गर्न सरकार तयार छ’, मन्त्री बाँस्कोटाले भने, ‘यो क्षेत्रमा लगानी गर्न म लगानीकर्ताहरूलाई आह्वान गर्दछु।’

प्रकाशित १५ चैत २०७५, शुक्रबार | 2019-03-29 19:07:30
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...