लगानी सम्मेलन आजदेखिः विश्व प्रसिद्ध कम्पनीका आँखा कुन परियोजनामा?



चैत १५ र १६ गते हुने लगानी सम्मेलनका लागि चाइनापावर,माइक्रोसफ्ट, अमेजन, चाइनारेलवे, डाबर, युनिलिभर जस्ता विश्व प्रसिद्ध कम्पनीको सहभागिता हुँदैछ।

विश्व बैंक, एसियन डेभलपमेन्ट बैंक जस्ता संस्थाहरुको पनि सहभागीता र लगानी बढाउने प्रतिवद्धता समेत सरकारसमक्ष आइसकेको छ।

लगानी सम्मेलनमा आएका विश्व प्रसिद्ध कम्पनीहरुले आफ्नो कार्य क्षेत्रका आयोजनाहरुमा चासो देखाएका छन्। लगानी बोर्डका अनुसार माइक्रोसफ्ट कम्पनीले आइटी क्षेत्रको आयोजनामामा चासो व्यक्त गरेको छ भने अमेजन जस्ता कम्पनीहरुले व्यपारिक आयोजनाहरुमा रुची व्यक्त गरेका छन्।

लगानी बोर्डका प्रवक्ता बलराम रिजालले नेपालखबरसँगको कुराकानीमा भने, ‘६ सय १५ कम्पनी नेपालको लगानी सम्मेलनमा सहभागी हुँदैछन्। १२ वटा कम्पनीले मात्रै लगानी गर्ने तथा आयोजनामा दुई पक्षिय सम्झौता गर्ने तयारी गरेका छन्।’

उनले अघिदेखि नै भएको प्रोसेसका आधारमा ति कम्पनीहरुले सम्झौता गर्न लागेको जानकारी दिए। ‘तर अरु कम्पनीले भने आयोजनाहरु हेर्ने छन्। लगानी सम्मेलनमा आएर सबै कुराहरु सुन्ने छन्।’ उनले भने, ‘त्यसपछि मात्रै लगानी गर्ने वा ननर्गे विषयमा निर्णय लिने छन्।’

रिजालका अनुसार माइक्रोसफ्ट, अमेजन लगायतका कम्पनीले अहिले नै आफ्नो लगानी यो आयोजनामा भनेर निर्णय सुनाएका छैनन्। आधिकारीक धारणा राखेका त छैनन् तर उनीहरुले रुची भने देखाएका छन्।
रिजाल भन्छन्, ‘यस्ता कम्पनीहरु नेपालमा आएर लगानी सम्मेलनमा भाग लिनु भनेको विश्व बजारमा राम्रो सन्देश जानु पनि हो। उनीहरुले लगानी नै गर्छन भन्ने पनि छैन, गर्दैनन् भन्ने पनि छैन। सबै भन्दा ठूलो कुरा लगानी सम्मेलनले विशवमा राम्रो सन्देश दिओस् भन्ने हो।’

उनका अनुसार माइक्रोसफ्ट, अमेजन जस्ता कम्पनीले लगानी सम्मेलनमा नराखिएका तर उनीहरुको रुची भएको क्षेत्रमा पनि लगानी गर्न सक्छन्। ‘शोकेस भएका आयोजनाहरु मात्रैमा लगानी गर्नुपर्छ भन्ने पनि होइन, लगानी सम्मेलन लगानी कर्ता र नेपालबीचको अन्तरक्रिया पनि हो।’ उनले भने, ‘उनीहरुको योजना सुनेर हामी आयोजनाहरु दिन पनि सक्छौं। त्यस्तै गरी आइटिकै क्षेत्रमा काम गर्ने हो भने नेपालले स्मार्ट सिटिदेखि फिल्मी सिटिसम्मको आयोजनाहरु पनि दिन सक्नेछ।’

लगानी सम्मेलनमा प्रस्तुत भएका निजी क्षेत्रका परियोजनाहरु

गरुड सिमेन्ट, आईएमई सिमेन्ट, विशाल सिमेन्ट त्रिशुली गल्छी जलविद्युत परियोजना, मध्य कालिगण्डकी जलविद्युत परियोजना, ईन्गवा खोला जलविद्युत परियोजना, माथिल्लो चमेलिया जलविद्युत परियोजना, म्याग्दी खोला जलविद्युत परियोजना, जालपादेवी केवल कार तथा पर्यटन परियोजना, अन्नपुर्ण सिक्लेस केवल कार तथा पर्यटन परियोजना, स्वर्गद्वारी केवल कार तथा पर्यटन परियोजना, रिशोर्स हिमालय बुटिक रिसोर्ट , तल्लो बरुणखोला जलविद्युत परियोजना, कालिगण्डकी गोर्ज जलविद्युत परियोजना, माथिल्लो बलेफी जलविद्युत परियोजना, माथिल्लो बलेफी ए जलविद्युत परियोजना, नाम्लान खोला जलविद्युत परियोजना, तारप खोला जलविद्युत परियोजना रहेका छन्।

सरकारका परियोजनाहरु

काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेल परियोजना, काठमाडौं मेट्रो परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना, तिलोत्तमा मणिग्राम एकीकृत कृषि पूर्वाधार परियोजना, उर्लाबारी, एकीकृत कृषि पूर्वाधार परियोजना, गोदावरी-अत्तरिया, रासायनिक मल कारखाना परियोजना, पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलविद्युत परियोजना, दमौली बहुउद्देश्यीय पर्यटन परियोजना, काठमाडौं रिङरोड बस रापिड ट्रान्जिट परियोजना, फोहरमैला व्यवस्थापन परियोजना– बुटवल क्षेत्र, एकीकृत कृषि पूर्वाधार परियोजना– पर्सागढी, तमोर जलाशय परियोजना, जानकी क्षेत्र विशेष परियोजना, फोहरमैला व्यवस्थापन परियोजना– जनकपुर क्षेत्र, दोलखा फिल्म सिटी परियोजना, गण्डकी प्राविधिक विश्वविद्यालय परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना बनेपा र चितवन रहेका छन्।

यस्तै, तालतलैया पर्यटन परियोजना, फोहरमैला व्यवस्थापन परियोजना–रत्ननगर क्षेत्र, फोहरमैला व्यवस्थापन परियोजना– धुलिखेल क्षेत्र, फोहरमैला व्यवस्थापन परियोजना– जितपुर सिमरा क्षेत्र, रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट परियोजना, सुदूरपश्चिम परिवहन परियोजना, हेटौंडा स्मार्ट सिटी परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना वीरेन्द्रनगर, लुम्बिनी इन्टरनेशनल म्याट्रनिटी केन्द्र परियोजना, धुलिखेल मेडिसिटी परियोजना, सुनकोशी जलबिध्युत परियोजना, सुनकोशी तेस्रो जलविद्युत परियोजना, नलगाड जलाविद्ययुत परियोजना, एसआर सिक्स जलविद्युत परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना–हेम्जा, सिमरा विशेष आर्थिक क्षेत्र ब्लक बी र ब्लक सी परियोजना, मोतीपुर औद्योगिक क्षेत्र परियोजना, नौबस्ता औद्योगिक क्षेत्र परियोजना, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुर परियोजना पनि सरकारी योजनामा सामेल छन्।

यसैगरी धुलिखेल ड्रिमल्यान्ड परियोजना, पश्चिम सेती जलविद्युत परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, पूर्व पश्चिम विद्युतीय रेल परियोजना, रोल्वालिङ साहसिक खेल शिक्षालय, शे फोक्सुण्डो लक्जरी रिसोर्ट, शिक्षा, खेलकुद तथा स्वास्थ्य शहर, स्की रिसोर्ट– मनाङ, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, सामाखुसी–टोखा–छहरे सडक आयोजना, काठमाडौं बाहिरी चक्रपथ विकास योजना, द्रुत सर्वसाधारण यातायता रामग्राम–तिलौराकोट, तल्लो अरुण हाइड्रोपावर, दी खप्तड टुरिजम, दोलखा माउण्टेन एकाडेमी, काठमाडौं–पोखरा–लुम्बीनी रेल रहेका छन्।

प्रकाशित १४ चैत २०७५, बिहिबार | 2019-03-28 21:09:47
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...