लगानी सम्मेलन

३५ खर्ब भित्र्याउन ७७ आयोजना प्रस्ताव, निजी क्षेत्रको जोड– पूर्वाधार निर्माण (भिडियो)



लगानी बोर्ड
लगानी बोर्ड

सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी अन्तिम अवस्थामा पुर्‍याएको छ। आगामी शुक्रबार र शनिबार हुने सम्मेलनमा सरकारी ५० र निजी क्षेत्रका २७ वटा आयोजनालाई अन्तिम रुप दिइएकाे छ।

७७ वटा आयोजनामा ३५ खर्ब भन्दा बढीकाे लगानीका लागि नेपालले प्रस्ताव गर्ने गरी परियोजनाको नामावली तयार पारिसकेको लगानी वोर्डले जानकारी गराएको छ।

यो वर्ष लगानी सम्मेलनमा निजी क्षेत्रका आयोजनाहरुलाई पनि समावेस गर्नु तथा ऐन कानुनको संशोधन तथा सुधार गर्नुले लगानी सम्मेलन निकै सफल हुने निजी क्षेत्रको धारणाा छ।

नेपालखबरसँगकाे कुराकानीमा उद्याेगी व्यवसायीहरुले नेपालमा विदेशी लगानी आवश्यक परेको र नेपाललले विदेशी लगानी तथा नेपालमा व्यवसयाीक तथा उद्योगीक वातारणमा सुधार गरेको यो सम्मेलन सफल हुने बताए। तर व्यवसायी तथा उद्योगीसँग चन्दा उठाउने, आतंक मच्चउने कुराले स्वेदशीदेखि विदेशीसम्मलाई नकारात्मक प्रभाव पारिरहेको छ। यसमा सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ।

लगानी सम्मेलनको लागि सरकारले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन निर्माण गरेको छ। यसमा आन्तरिक तथा बाह्य लगानीका लागि अनुमति दिन एकद्वार प्रणाली (सिंगल डेस्क) अवधारणा अपनाइने उल्लेख गरिएको छ।

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन सुधार गर्दै वैदेशिक लगानी ऐन निर्माण गरेको छ। उद्योगी व्यवसायी ऐन निर्माण गरेको छ। आर्थिक ऐन संशोधन गरेको छ। लगानी कर्तालाई समस्या पर्ने गरेको पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ र प्रतिलिपि अधिकार ऐन २०५९ ले बौद्धिक सम्पत्तिलाई नियमन गर्ने गरेकोमा त्यसलाई सुधार गर्दै सरकारले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी ऐन निर्माण तयारी गरेको छ।

त्यस्तै सार्वजनिक खरिद ऐन जसको कारणले नेपालमा हुने आर्थिक गतिविधीमा ढिलासुस्ती भएका भन्ने आरोप लाग्ने गरेको थियो। यसलाई पनि संशोधनको प्रक्रियामा लगेको छ।

ऐन कानुन निर्माण तथा सुधारले पनि यो लगानी सम्मेलन सफल हुने महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन्। उनी भन्छन्, ‘सरकारको तयारी राम्रो देखिन्छ, परियोजनाहरु छनोट गरेको छ, विदेशी लगानी चाहिने आवश्यक क्षेत्रहरुबाट परियोजनाहरु झिकेको छ, निजी क्षेत्रको कुराहरु पनि सुनुवाई गरेको छ। सम्मेलन अघि नै विदेशी लगानीकर्ताहरुकाे पनि उत्साहजनक सहभागिता हुने इच्छा व्यक्त भएको खबर आएको छ। यो नै सम्मेलनको सफलताको संकेत हो।’

‘लगानी सम्मेलनमा ६ यस भन्दा बढी लगानीकर्ता आउँदैछन्। सबैले लगानी गर्छन् भन्ने त होइन तर सन्देश चाहिँ राम्रो जान्छ, त्यो ठूलो कुरा हाे’ उनले भने।

त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा भन्छन्, ‘दुई वर्ष अघि पनि लगानी सम्मेलन भएको थियो। त्यो सम्मेलनमा प्रतिवद्धता अनुसराको रकम आएन भन्ने विषयलाई अहिले धेरैले नेगेटिभ रुपमा हेरिरहेका छन्। नेपालमा विदेशी लगानीकर्ताहरुलाई ल्याएर सम्मेलन गराउनु, ठूला घरनाका व्यवसायीहरुलाई लगानीको क्षेत्रहरुबारे जानाकारी गराउनु आफैमा ठूलो उपलब्धि हो।'

'नेपाल सरकारले अहिले कानुनहरू सुधार गरेको छ। एकद्वार प्रणालीबाट उद्योग दर्तादेखि कर बुझाउनेसम्मको काम गराउने अवधारणा ल्याएको छ। यसले सरकार विदेशी लगानीको लागि गम्भीर भएको छ', उनले थपे, 'अब नेपालले सुरुमा पूर्वाधार विकासमा लगानी गराउनु पर्छ। त्यो क्षेत्रलाई फोकस गराउनु पर्छ।'

उनले हरेक क्षेत्रको विकास गर्न विकास पूर्वाधार सहज छ भने लागत कम लाग्ने भन्दै विदेशी लगानीका लागि पनि सडक, रेल, विमानस्थल जस्ता पूर्वाधार आवश्यक पर्ने बताए।

महासंघकी अध्यक्ष भवानी राणाले उद्योग व्यवसायको सबै धन्दा ठूलो समस्या भनेको चन्दा आतंक भएकाे बताइन्। उनले भनिन् 'चन्दा आतंकको करण नै नेपाली व्यवसायीदेखि विदेशी लगानीकर्ताहरु समेत प्रभावित बनेका छन्। लगानी सम्मेलन तथा विदेशी लगानीकर्ताहरुलाई लगानीको वातावरण बनाउन नदिने एक मात्र कुरा चन्दा आतङ्क नै हो। यसमा सरकार गम्भीर हुनपर्छ। यो समस्या रहिरहने हो भने विदेशी लगानी सोचेजस्तो आउन अप्ठ्यारो पर्ने निश्चत छ।’

यस्ता छन् निजी क्षेत्रका परियोजनाहरु

गरुड सिमेन्ट, आईएमई सिमेन्ट, विशाल सिमेन्ट त्रिशुली गल्छी जलविद्युत परियोजना, मध्य कालिगण्डकी जलविद्युत परियोजना, ईन्गवा खोला जलविद्युत परियोजना, माथिल्लो चमेलिया जलविद्युत परियोजना, म्याग्दी खोला जलविद्युत परियोजना, जालपादेवी केवल कार तथा पर्यटन परियोजना, अन्नपुर्ण सिक्लेस केवल कार तथा पर्यटन परियोजना, स्वर्गद्वारी केवल कार तथा पर्यटन परियोजना, रिशोर्स हिमालय बुटिक रिसोर्ट , तल्लो बरुणखोला जलविद्युत परियोजना, कालिगण्डकी गोर्ज जलविद्युत परियोजना, माथिल्लो बलेफी जलविद्युत परियोजना, माथिल्लो बलेफी ए जलविद्युत परियोजना, नाम्लान खोला जलविद्युत परियोजना, तारप खोला जलविद्युत परियोजना रहेका छन्।

सरकारका परियोजनाहरु

काठमाडौं-पोखरा-लुम्बिनी विद्युतीय रेल परियोजना, काठमाडौं मेट्रो परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना, तिलोत्तमा मणिग्राम एकीकृत कृषि पूर्वाधार परियोजना, उर्लाबारी, एकीकृत कृषि पूर्वाधार परियोजना, गोदावरी-अत्तरिया, रासायनिक मल कारखाना परियोजना, पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलविद्युत परियोजना, दमौली बहुउद्देश्यीय पर्यटन परियोजना, काठमाडौं रिङरोड बस रापिड ट्रान्जिट परियोजना,फोहरमैला व्यवस्थापन परियोजना– बुटवल क्षेत्र ,एकीकृत कृषि पूर्वाधार परियोजना– पर्सागढी ,तमोर जलाशय परियोजना ,जानकी क्षेत्र विशेष परियोजना ,फोहरमैला व्यवस्थापन परियोजना– जनकपुर क्षेत्र , दोलखा फिल्म सिटी परियोजना, गण्डकी प्राविधिक विश्वविद्यालय परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना बनेपा र चितवन रहेका छन्।

यस्तै, तालतलैया पर्यटन परियोजना, फोहरमैला व्यवस्थापन परियोजना–रत्ननगर क्षेत्र, फोहरमैला व्यवस्थापन परियोजना– धुलिखेल क्षेत्र, फोहरमैला व्यवस्थापन परियोजना– जितपुर सिमरा क्षेत्र, रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट परियोजना, सुदूरपश्चिम परिवहन परियोजना, हेटौंडा स्मार्ट सिटी परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना वीरेन्द्रनगर, लुम्बिनी इन्टरनेशनल म्याट्रनिटी केन्द्र परियोजना, धुलिखेल मेडिसिटी परियोजना, सुनकोशी जलबिध्युत परियोजना, सुनकोशी तेस्रो जलविद्युत परियोजना, नलगाड जलाविद्ययुत परियोजना, एसआर सिक्स जलविद्युत परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना–हेम्जा, सिमरा विशेष आर्थिक क्षेत्र ब्लक बी र ब्लक सी परियोजना, मोतीपुर औद्योगिक क्षेत्र परियोजना, नौबस्ता औद्योगिक क्षेत्र परियोजना, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुर परियोजना पनि सरकारी याेजनामा सामेल छन्।

यसैगरी धुलिखेल ड्रिमल्यान्ड परियोजना, पश्चिम सेती जलविद्युत परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, पूर्व पश्चिम विद्युतीय रेल परियोजना, रोल्वालिङ साहसिक खेल शिक्षालय, शे फोक्सुण्डो लक्जरी रिसोर्ट, शिक्षा, खेलकुद तथा स्वास्थ्य शहर, स्की रिसोर्ट– मनाङ, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजना, सामाखुसी–टोखा–छहरे सडक आयोजना, काठमाडौं बाहिरी चक्रपथ विकास योजना, द्रुत सर्वसाधारण यातायता रामग्राम–तिलौराकोट, तल्लो अरुण हाइड्रोपावर, दी खप्तड टुरिजम, दोलखा माउण्टेन एकाडेमी, काठमाडौं–पोखरा–लुम्बीनी रेल रहेका छन्।

प्रकाशित १२ चैत २०७५, मंगलबार | 2019-03-26 19:24:41
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...