हिमाल आरोहण खुल्ला भएको चार दिनमा ४ करोड राजश्व

कुन हिमालका लागि कति जनाले अनुमति लिए?



सोलुखुम्बूको यात्रामा गएका पर्यटक हिमालनजिकै सेल्फी लिँदै / तस्विरः सुनीश शर्मा
सोलुखुम्बूको यात्रामा गएका पर्यटक हिमालनजिकै सेल्फी लिँदै / तस्विरः सुनीश शर्मा

हिमाल आरोहणका लागि उपयुक्त समय वसन्त ऋतु र शरद ऋतुको आगमनसँगै आरोहणको अनुमति लिनेको संख्यामा समेत बृद्धि भएको छ।

पर्यटन विभागले यो वर्षका लागि आरोहण खुल्ला भएको चार दिनमा ९ वटा हिमाल आरोहणको अनुमति दिएको छ। ति हिमाल आरोहणको अनुमतिबाट मात्रै ३ करोड ९० लाख ९ हजार २ सय ९७ रुपैयाँ राजश्व संकलन भएको पर्वतारोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए।

उनका अनुसार नौ हिमाल मध्येमा सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति दिईएको छ। सोमबार सम्ममा तीन समुहले सगरमाथा आरोहणको अनुमति लिएका छन्।

कुन हिमालका लागि कति जनाले अनुमति लिए?

पर्यटन विभागका अनुसार विश्वकै अग्लो शिखर सगरमाथा आरोहणका लागि तीन समूहका २९ जनाले अनुमति लिएका छन्। त्यस्तै ८ हजार ९१ मिटर उचाइमा रहेको अन्नपूर्ण हिमाल आरोहणका लागि एक समूहका ९ जनाले अनुमती लिएका छन् भने ८ हजार ५ सय १६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि एक समूहका पाँच जनाले अनुमति लिएका छन। यस्तै ७ हजार १ सय ६१ मिटर उचाईमा रहेको पुमरी हिमाल आरोहणका लागि एक समूहका ११ जनाले अनुमति लिएका छन्।

यसैगरी ६ हजार १ सय ९ मिटर उचाईमा रहेको छोपाबामारे हिमाल आरोहणका लागि एक समुहका २ जनाले अनुमति लिएका छन्। ६ हजार १२ मिटर उचाइको थापा पिकका लागि एक जनाले अनुमति लिएका छन्। त्यस्तै ७ हजार ७ सय १० मिटर उचाईमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि एक समूहका तीन सदस्यले अनुमति लिएको विभागले जनाएको छ।

सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्छ। सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ।

विभागकै पर्वतारोहण शाखाका अनुसार सन् २०१८ मा ३४ समूहले सगरमाथा आरोहणको अनुमति लिएका थिए। सन् २०१८ को अटम सिजनमा १ सय ७३ समूह र इस्प्रीङ सिजनमा एक सय ७ समूहले हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिईन्।

उनका अनुसार दुबै सिजनमा गरी ४६ करोड २० लाख ७६ हजार ६ सय ३३ रुपैयाँ राजश्व संकलन भएको थियो। सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ।

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 20:32:55
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।