नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’ ५० लाखसम्म जोखिम वहन हुने


Kshamadevi Group


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको छ।

कम्पनीले ५० लाखसम्मको जोखिम वहन हुने गरी घातक रोगहरुको बीमा योजना सार्वजनिक गरेको हो। यस योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी, उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात रोगहरु समावेश गरेको छ।

त्यस्तै माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको/डढेको प्रfकृतिका रोगहरु पनि योजनामा समावेश गरिएको कम्पनीले जानकारी गराएको छ।

योजना सार्वजनिक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने, ‘हामीले आमसर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्न सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी यो योजना अघि सारेका हौं। हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले हाम्रा सेवाग्राहीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास लिएका छौं।’

कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम बहन गर्नेछ। साथै, साविकको योजना भने बीमा अवधिसम्म चालू रहनेछ।

ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्नेछन्।

यस योजनामा सहभागी हुन नियमित बीमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ। जीवन बीमा बजारमा झण्डै एकतिहाइ भाग ओगटेको यस कम्पनीले विभिन्न योजनामार्फत सेवाग्राहीहरूलाई उच्चतम लाभ तथा प्रतिफल प्रदान गरिएको दावी समेत गरेको छ।

कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रालिद्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ प्राप्त गरिसकेको छ।

साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्ड बाट सम्मानित भएको थियो। यो अवार्ड उत्कृष्ट सेवा सुविधा तथा व्यवस्थापन भएको कम्पनीलाई दिइने गरिन्छ।

कम्पनीले आफ्ना बीमितहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म प्रतिहजारमा बोनस दिई बीमा क्षेत्रमै सबैभन्दा उत्कृष्ट बोनस दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ।

नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। साथै सर्वाधिक जीवन बीमा कोष ५९ अर्ब ४९ करोड, सर्वाधिक लगानी ६५ अर्ब ९८ करोड, १ लाख १६हजार भन्दा बढी सर्वाधिक प्रशिक्षित अभिकर्ता, १ सय ७० शाखाहरूबाट हालसम्म स्वदेश र विदेश गरी २५ लाख भन्दा बढी व्यक्ति यस कम्पनीमा बीमित भइसकेका कम्पनीले जानकारी गराएको छ।

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 19:00:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।