सिट ननिकालौं, तौलका आधारमा उडान भरौं: हेलिकोप्टर सोसाइटी



कैलाशको हेलिकोप्टर
कैलाशको हेलिकोप्टर

हेलिकोप्टर सोसाइटी नेपालले तौलका आधारमा उडान भर्ने निर्णय गरेको छ।

 गत फागुन २३ गते बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र सोसाइटीको संयुक्त बैठकले सञ्चालनमा रहेका ९ वटा हेलिकप्टरका १३ वटा सिट निकाल्ने सहमति गरेको थियो।

होलिकोप्टर सोसाइटी क्यानसँग गरेको संयुक्त निर्णयबाट पछाडि हटेको छ। शुक्रबार बसेको सोसाइटीके बैठकले सिट संख्याका आधारमा नभई तौलका आधारमा उडान भर्नुपर्ने निर्णय गरेको छ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण हेलिकोप्टर दुर्घटना बढेको भन्दै एकसिट हटाउने निर्णय गरेको सोसाइटीले पुनः तौकको आधारमा उडान गर्ने भन्दै निर्णय कार्यान्वय नगर्ने जनाएको छ।

मान्छेको टाउकाको आधारमा नभइ तौलको आधारमा हेलिकोप्टरले उडान गर्ने हवाई क्षेत्रको नियमक निकाय हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए। ‘केही उडानका क्रममा तौल बढी भएका मान्छे भएमा ३÷४ जनामात्र लिएर उड्नु पर्ने हुन्छ’, उनले भने, ‘त्यस्तो अवस्थामा मान्छेको टाउका गणना नगरि तौलको आधारमा उडान भर्नुपर्छ।’

कस्तो मौसममा कतिसम्म तौलको उडान भर्ने जानकारी हेलिकोप्टर पाइलटसँग हुने र पाइलटले आफ्नो अधिकारको उपयोग गर्न सक्ने उनको भनाइ छ।

गत शुक्रबार (चैत ८ गते ) सिट संख्याका बारेमा छलफल गर्न प्राधिकरणले हेलिकोप्टर व्यवसायी, हेलिकोप्टर सोसाइटी नेपालका उच्चपदाधिकारी र हेलिकोप्टर चालकलाई बोलाएको थियो। यही छलफलमा कँडेलले प्राधिकरणको निर्णयप्रति असन्तुष्टि जनाएका थिए।

गोरक्षेप हेलिप्याडको अनुगमन
सगरमाथा क्षेत्रमा रहेको गोरक्षेप हेलिप्याडमा समस्या आउने गरेको भन्दै आपत्कालिन उद्धारका लागि बाहेक अहिलेको हेलिप्याड प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो। निर्णय भएको १७ दिनपछि (आइतबार) हेलिकोप्टर सोसाइटीका महासचिव कँडेल, क्यानका पाइलट र एक विदेशी पाइलट उक्त स्थानमा रहेको हेलिप्याडको अवस्थाको बारेमा बुझन गएका थिए।

हेलिप्याडको अवस्था हेरेर एक हेलिप्याड तत्काल सुचारु गर्न र त्यसको मर्मतको जिम्मा सोसाइटीले लिएको कँडेलले जानकारी दिए। उनका अनुसार हेलिप्याड मर्मतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सम्झौतामा गरि तत्कालै काम गर्र्ने उनले जानकारी दिए।

 

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 11:21:45
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।