बुद्धको दोस्रो अन्तर्राष्ट्रिय गन्तव्य कोलकाता



बुद्ध एयर
बुद्ध एयर

बुद्ध एयरले आयात–निर्यातको मुख्य हब मानिएको भारतीय सहर कोलकाताका लागि उडान तयारी अन्तिम अवस्थामा पुर्‍याएको छ।

आन्तरिक उडानतर्फको अग्रणी वायुसेवा बुद्धले काठमाडौं—कोलकाता रुटमा ७२ सिटे एटीआर ७२–५०० जहाजबाट सेवा विस्तार गर्ने निश्चित गरेको हो।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीकाअनुसार आगामी जेठ १३ मा बुद्धको जहाज काठमाडौंबाट कोलकाताका लागि पहिलो पटक उड्नेछ। नेपालको निजी क्षेत्रको सशक्त यो वायु सेवा कम्पनीले कोलकाताकै लागि एटीआर ७२–५०० केही दिन अगाडि भित्र्याएको छ। सो जहाज १५ हजार फिटभन्दा माथि सजिलै उड्न सक्छ।

हाल पुरानो सांस्कृतिक सहर बनारस उडान गर्दै आएको बुद्धसँग भारतीय सहरमा उडानका लागि पहिलैदेखि लाइसेन्स छ। नेपालबाट २ घन्टा ३० मिनेट हवाई दूरीमा पर्ने सम्पूर्ण गन्तव्यका लागि ‘टर्पोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले विगतमै अनुमति लिइसकेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कोलकातासम्मको उडान समय १ घन्टा ३० मिनेट हो।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। बुद्धको कोलकाता उडान नयाँ पर्यटक भित्र्याउन केन्द्रित हुने निर्देशक जोशीले जानकारी दिए। ‘हाम्रो कोलकाता उडानको मुख्य लक्ष्य भारतीय पर्यटक नै हुन्’, उनले नेपालखबरसँग भने, ‘नेपाल पर्यटन बोर्डको लोगो राखेरै हामीले भारतीय पर्यटक भित्र्याउन मार्केटिङ गरिरहेका छौं।’

बजार रणनीति
बुद्ध एयरले कोलकाता उड्न पहिलो पटक तयारी गरेको होइन। गत वर्षदेखि नै बुद्धले कोलकाता जान जमर्को गर्दै आएको हो। २०७५ वैशाखमा बुद्धले कोलकाता उड्ने भनेर घोषणै गरेको थियो। २०७५ मंसिर–पुसमा उडान सुरुगर्ने भनिए पनि जहाज थपिएसँगै केही ढिलो गरी यो कार्यान्वयनमा आउन लागेको हो।

कोलकाता उड्ने बुद्धको जहाज

कोलकाता उड्ने बुद्धको जहाज

प्रतिस्पर्धी वायुसेवाहरुको कोलकाता उडानको अकुपेन्सी, पर्यटक संख्या, नेपाली यात्रु सबैको अध्ययन विश्लेषण गरेर बुद्ध कोलकाता जान लागेको हो।

‘पर्यटकबाहेक कोलकातामा ३ लाख भन्दा बढी नेपालीको बसोबास छ’, निर्देशक जोशी भन्छन्, ‘बुद्धको उडानले उनीहरुलाई पनि समेट्नेछ।’ नेपालको तेस्रो देशसँग हुने आयात–निर्यातको मुख्य केन्द्र पनि भारतको यही पुरानो राजधानी हो। यसका लागि नेपाली व्यापारीहरुले बारम्बार कोलकाता आउने-जाने गर्नुपर्ने हुन्छ। साताको ३ दिन हुने उडानहरूले उनीहरुलाई समेट्ने अपेक्षा बुद्धको छ। ९ एन एमवाइ कलसाइनको जहाजबाट बुद्ध सोमबार, बुधबार र शुक्रबार कोलकाता उड्नेछ।

कोलकाता जाने बुद्ध एक्लो नेपाली वायुसेवा कम्पनी हुनेछ। अन्य नेपाली वायुसेवाले कोलकाता उडान गर्दैनन्। यो रुटमा बुद्धको प्रतिस्पर्धा भारतीय वायुसेवा एयर इन्डियासँग हुनेछ। उसले काठमाडौं–कोलकाता रुटमा हप्ताको चार उडान गर्दै आएको छ। बंगाली पर्यटक लक्षित गरेकाले उसँग प्रतिस्पर्धा नहुने बुद्धको दाबी छ।

प्रत्येक उडानमा ७५ प्रतिशत बंगाली पर्यटक ल्याउने लक्ष्यसहित सरल भाडा दरमा उडान सञ्चालन गरिने निर्देशक जोशीले जानकारी दिए। बुद्धले काठमाडौं–कोलकाता उडानका प्रारम्भिक भाडादर दुईतर्फी २२ हजार ४२६ नेपाली रुपैयाँ निर्धारण गरेको छ।

प्रत्येक वर्ष ६ करोड भारतीय पर्यटक विभिन्न देश घुम्न जान्छन्। तीमध्ये अधिकतम डेढदेखि २ लाख भारतीय नेपाल आउने गरेका छन्। तिनमा बंगाली पर्यटकको संख्या उल्लेख्य छ। बुद्धले वार्षिक ७ हजार ८ सय बंगाली पर्यटक ल्याउने लक्ष्यसहित कोलकाता उडान तयारी गरिरहेको हो। एयर टिकटसँगै उसले गन्तव्य प्याकेज बेच्नेछ। त्यसका लागि बुद्धको भगिनी कम्पनी बुद्ध होलिडेज ट्राभल्समार्फत प्याकेज तयार भइसकेका छन्। भारतकै बनारसमा प्याकेज उडानको अनुभव लिइसकेकको बुद्धले कोलकातामा समेत सो मोडल लागू गर्न लागेको हो।

बुद्धले भारतको अर्को सहर बनारसका लागि सोमबार र शुक्रबार साताको दुई उडान गर्छ।

सन् १९९७ अक्टोबरदेखि उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ। हाल बुद्ध एयरसँग ७२ सिटे एटिआर ७२–५०० सात वटा, ४२ सिटे एटीआर ४२–३२० तीन वटा र दुई वटा १९ सिटे बिचक्राफ्ट गरी १२ जहाज छन्। यी जहाजबाट उसले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर, सुर्खेत, धनगढी, तुम्लिङटार, पोखरा गन्तब्यमा उडान गर्छ। बुद्ध माउन्टेन फ्लाइटका लागि पनि उड्ने गर्छ। बुद्धले दुई वटा ७२–५०० जहाज अर्डर गरेको छ।

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 17:01:35
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।