अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

सरकारका ५३ र निजी क्षेत्रका १८ आयोजना प्रस्तुत


Kshamadevi Group


लगानी बोर्ड
लगानी बोर्ड

आगामी हप्ता आर्थात चैत १५ र १६ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको लागि नेपाल सरकारले आयोजनाहरुलाई लगभग अन्तिम रुप दिएको छ। लगानी सम्मेलनमा नेपाललले सरकारी स्तरका ५३ वटा आयोजनालाई अन्तिम रुप दिएको छ भने १८ वटा निजी स्तरका आयोजनालाई पनि सहभागी गराउने निर्णय गरेको हो।

सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी क्षेत्रले प्रस्ताव गरेका हुन्।

सरकारले लगानी सम्मेलनमा विदेशीसँग लगानी प्रस्ताव गर्ने जलविद्युत आयोजनाहरुमा पश्चिम सेती र एसआर सिक्स, तमोर, सुनकोशी–२, सुनकोशी–३, उत्तरगंगा, फुकोट कर्णाली, छन्। त्यस्तै निजी क्षेत्रबाट लगानी भित्राउन लागिएका प्रस्तावित जलविद्युत आयोजनाहरुमा मध्यकालिगण्डकी, त्रिशुली गल्छी, माथिल्लो चमेलिया, इन्गवा खोला, म्याग्दी खोला, तल्लो वरूणखोला, कालिगण्डकी गर्ज, माथिल्लो बलेफी, माथिल्लो बलेफी ए, नाम्लान खोला, तारपखोला रहेको लगानी वोर्डले जानकारी गराएको छ।

लगानी सम्मेलनमा विदेशीलाई लगानी आब्ह्वान गर्ने अन्य क्षेत्रको आयोजनाहरु यस्ता छन्

कृषि पूर्वाधार क्षेत्र

केमिकल फर्टिलाईजर प्लान्ट, एकिकृत कृषि परियोजना विरेन्द्रनगर सुर्खेत, एकिकृत कृषि परियोजना चितवन र बनेपा, एकिकृत कृषि परियोजना गोदावरी र अत्तरिया, एकिकृत कृषि परियोजना हेम्जा पोखरा, एकिकृत कृषि परियोजना पर्सागढी पर्सा, एकिकृत कृषि परियोजना तिलोत्तमा मनिग्राम, एकिकृत कृषि परियोजना उर्लाबारी मोरङ

शिक्षा तथा स्वास्थ्य क्षेत्र
गण्डकी प्राविधिक विश्वविद्यालय धुलिखेल मेडिसिटी, एजुकेशन, हेल्थ एण्ड स्पोर्टस सिटी,

उद्योग क्षेत्र
औद्योगिक पार्क मोतिपुर, औद्योगिक पार्क नौबस्ता बाँके, विशेष अर्थिक क्षेत्र सिमरा

पर्यटन पूर्वाधार क्षेत्र
दमौली बहुउद्देश्यीय परियोजना, दोलखा माउन्टेन एकेडेमी, ड्रिमल्याण्ड धुलिखेल, फिल्म सिटी दोलखा, गौतमबुद्ध अन्तर्राष्ट्रिय प्रसुती अस्पताल, जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज, लक्जरी रिसोर्ट से फोक्सुन्डो, स्कि रिसोर्ट मनाङ, तालतलैया थिमपार्क विथ होटल, द खप्तड टुरिजम।

यातायात पूर्वाधार क्षेत्र
विराटनगर क्षेत्रीय विमानस्थल, बस र्यापिड ट्रान्जिट, काठमाडौं रिङरोड, धनगढी क्षेत्रीय विमानस्थल, पूर्वपश्चिम विद्युतीय रेलमार्ग, आन्तरिक र बाह्य यातायात सेवा सुदुरपश्चिम प्रदेश, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारा, र्यापिड पब्लिक ट्रान्सपोर्ट रामग्राम–तिलौराकोट।

शहरी विकास पूर्वाधार क्षेत्र
हेटौडा स्मार्ट सिटी, एकीकृत फोहोर व्यवस्थापन धुलिखेल, एकीकृत फोहोर ब्यवस्थापन जितपुर सिमरा, एकीकृत फोहोर ब्यवस्थापन रात्ननगर, एकीकृत फोहोर ब्यवस्थापन बुटवल, एकीकृत फोहोर ब्यवस्थापन

जनकपुर, नेपाल अन्तर्राष्ट्रिय छलफल तथा प्रदर्शनी स्थल केन्द्र रहेका छन्।

लगानी सम्मेलनमा ३८ देशका ६ सय भन्दा बढी लगानीकर्ताले नेपाल सरकारले गरेको निमन्त्रणा स्विकार गरिसकको समेत लगानी वोर्डले जानकारी दिएको छ। लगानी बोर्डका प्रवक्ता बलराम रिजालका अनुसार परराष्ट्र मन्त्रालयबाट पठाइएको निमन्त्रणामा ६ सय जना भन्दा बढीले आउने पक्का गरी ‘रिप्लाई’ समेत दिइसकका छन्।

सम्मेलनको कार्यक्रम तालिका यस्तो छ
लगानी सम्मेलन ९ वटा सत्रमा संचालन हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वक्ता रहो उक्त कार्यक्रममा नेपाल सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्य मन्त्रीको समेत प्रस्तुती रहनेछ।

प्रधानमन्त्री ओलीको प्रस्तुती पछि अर्थमन्त्री युवराज खतिवडा, उद्योगमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री चक्रपाणि खनालको प्रस्तुती रहने छ। उनीहरुले नेपालको लगानीको अवश्यकता र नेपालले विदेशीलाई प्रदान गर्ने वातावरण देखि आयोजनाहरुको अवस्थाको बारेमा समेत प्रस्ट्याउने छन्।

बोर्डका सिइओ महाप्रसाद अधिकारी, प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत, पर्यटन बोर्डका सीईओ दीपकराज जोशीलगायत सरकारी अधिकारीले पनि आफ्नो प्रस्तुती राख्ने छन्।

निजी क्षेत्रको तर्फबाट उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघ पूर्वअध्यक्ष सुरज वैद्य, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोलगायतले नेपालमा विदेशी लगानीको सम्भावना र हालको अवस्थाबारे प्रस्तुती दिने छन्।

विदेशी तर्फबाट क–कसको प्रस्तुती हुने छ?

सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष हर्टविग हफर सहभागी हुने कार्यक्रम रहेको छ। त्यस्तै फ्रान्सका युरोप तथा विदेश मामिला मन्त्री जेन ब्याप्टिस्ट ल्यामोन र म्यानमारका लगानी तथा विदेश अर्थमामिला मन्त्री यु थान तुनको पनि प्रस्तुती रहने छ।

एसिया क्षेत्रको लागि माइक्रोसफ्ट कम्पनीकी प्रबन्ध निर्देशक सोनिया बासिर कविर, सुमिटोमोका महाप्रबन्धक महाहिरो मियासिटो र अमेजन इन्टरनेट सर्भिसका चन्द्र बलामीको पनि प्रस्तुती रहने कार्यक्रम रहेको लगानी वोर्डले जानकारी गराएको छ।

 

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 15:52:59
Max TV
Max TV
Vianet

author photo

दीपक भट्ट नेपालखबर वरिष्ठ संवाददाता हुन्

@bhattajee1

दीपक भट्टबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।