चार सय १४ हिमाल आरोहणका लागि खुल्ला



पर्यटकीय सिजन तथा हिमाल आरोहणको मौसम सुरु भएसँगै आरोहणका लागि अनुमति लिनेको संख्यामा वृद्धि भएको छ।

पर्वतारोहणका लागि माग बढी भएका र प्राविधिक रूपमा सहज मानिएका हिमाल आरोहणका लागि खुल्ला गरिएको छ। बैशाखबाट सुरु हुने हिमाल आरोहणका लागि चैतबाटै अनुमति लिन थालिएको पर्यटन विभागले जनाएको छ। हिमाल आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिनुपर्ने हुन्छ।

नेपाल सरकाले चार सय १४ हिमाल आरोहण लागि खुल्ला गरेको छ। अझै १३ सयभन्दा बढी हिमाल आरोहणका लागि योग्य भएको बताइन्छ।

अनुमति दिइएका मध्येमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन्। व्यक्तिगत तथा सामूहिक रुपमा हिमाल आरोहणका लागि जानेको संख्यामा पछिल्लो समय बृद्धि भएको छ। व्यक्तिगत रुपमै हिमाल आरोहणका लागि जानको संख्या पछिल्लो समय पाच हजारको हाराहारीमा छ। जसमा सबैभन्दा बढी हिमाल आरोहण गर्नेमा आप्पा शेर्पाले २१ पटक र कामीरिता शेर्पाले २२ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरि रेकर्ड राखेका छन्।

पाँच हजार आठ सय मिटरसम्मका हिमालमा जान पर्यटकले रोयल्टी तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ।

रोयल्टी रकम
सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्छ। सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ।

यो व्यवस्था अनुसार सन् २०१७ मा ४३ वटा समूहका ३ सय ६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३ सय १८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।

त्यस्तै सन् २०१८ मा ३४ समूहले सगरमाथा आरोहणको अनुमति लिएका थिए। सन् २०१८ को अटम सिजनमा १ सय ७३ समूह र इस्प्रिङ सिजनमा एक सय ७ समूहले हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन्। उनका अनुसार दुबै सिजनमा गरि ४६ करोड २० लाख ७६ हजार ६ सय ३३ रुपैयाँ राजश्व संकलन भएको थियो।

सम्पर्क अधिकृत खटाइने
पर्यटन विभागका अनुसार हिमाल आरोहण गर्ने आरोहीको मागअनुसार सम्पर्क अधिकृत खटाइनेछ। विभाग र मन्त्रालयदेखिका कर्मचारीलाई खटाइने विभागले जनाएको छ।

पर्वतारोहण नियमावलीमा ६ हजार ५ सयभन्दा बढीको उचाई भएका हिमाल आरोहणमा सरकारले सम्र्पक अधिकृत खटाउने व्यवस्था छ।

नेपालका चर्चित पदमार्ग लाङटाङ, मनास्लु, अन्नपूर्ण, खुम्बुलगायत पर्छन्। अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ। यो याममा अन्नपूर्ण, खुम्बु, लाङटाङ र मनास्लु क्षेत्रमा धेरै संख्यामा पर्यटक जान्छन्।

पर्यटन विभागका अनुसार चैत पहिलो हप्तासम्ममा तीन हजार ५४५ ट्राभल र दुई हजार ६७५ टे«किङ कम्पनी दर्ता छन्। जस मध्येमा टुरिस्ट गाइडका लागि चार हजार १ सय ४१, पोटरका लागि १ सय ७२, टेकिङ गाइडका लागि १६ हजार ९ सय ८० जनाले अनुमति लिइसकेका छन्।

नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महिना जनवरी र फेब्रुअरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औषत बसाइँ १३ दिन र दैनिक खर्च ४५ डलर छ। कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ।

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 11:29:57
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।