हायातमा भएको अनियमितता छानविन समितिको म्याद थपियो


Kshamadevi Group


हायात हाेटल
हायात हाेटल

हायात होटलका सञ्चालनका लागि सरकारी जग्गा उपलब्ध गराउँदा भएको अनियमिताबारे छानविन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको छानविन समितिको कार्यदलका समय एक साता थपिएको छ।

तारागाउँ विकास समितिले सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालन भएको तारागाउँ होटल्स लिमिटेडमा आफ्नो जग्गाका स्वामित्व हस्तान्तरण गर्दा कानुन विपरित हस्तान्तरण गरेको समाचार आएपछि मन्त्रालयले कार्यदल गठन गरेको थियो। तारागाउँ होटल्सले हायात होटल सञ्चालन गर्दै आएको छ।

समितिमा संयोजक सम्मरसिँह ठकुरीले विभिन्न निकायबाट काजगात मगाउने काम भइरहेको बताउँदै समितिलाई केही समय थप गर्न आवश्यक भएकाले थपिएको जानकारी दिए।

‘समितिमा रहेका सदस्यहरुको दोहोरो जिम्मेवारी समेत छ, हामीले विभिन्न निकाय पत्राचार गरेर आवश्यक काजगातहरु मगाउने काम गरेका छौँ’ ठकुरीले भने।

समितिले शुक्रबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तारागाउँ विकास समितिको जग्गा हस्तान्तरण सम्बन्धी काजगात उपलब्ध गराउन पत्राचार गरेको छ।

हायात होटल सञ्चालन गर्ने क्रममा भएको अनियमितिमा बारेमा छानविन गरिरहेको अख्तियारले समितिमा सञ्चालन बोर्डका सबै कागजात लगेको छ। समितिले शुक्रबार हायात होटलमै पुगेर सोधपुछ गरेको थियो।

होटल स्थापना गर्दा तारागाउँ विकास समितिल १ सय ५० रोपनी सरकारी जग्गा राखेर शेयर खरिद गरेका थियो।

मन्त्रिपरिषदले भोगाधिकार मात्रै दिएपनि तत्कालीन तारागाउँ सञ्चालन समितिले कम्पनीको नाममा राजिनामा गरेर दिएको भेटिएको छ। मालपोत ऐन, २०३४ मा सरकारी जग्गा भोगाधिकार मात्रै दिन मिल्ने व्यवस्था छ।

समितिलाई जग्गा हस्तान्तरण गरिदा कानुन सम्मत भए नभएको, मोलपोतले आफ्नो कार्यविधिअनुसार भए वा नभएको, समाचारमा आएको विषय सत्य भएको वा नभएको विषयमा छानविन गर्ने अख्तियारी रहेको छ।

सो लिमिटेडका निजी संचालकहरुले शेयर संरचनामा चलखेल गरी अर्बौका सरकारी सम्पत्ति हत्याएपछि त्यस विषयमा विभिन्न निकायहरुले छानविन गरिरहेका छन्। होटल्स स्थापना गर्दा ३९.७७ प्रतिशत स्वामित्व रहेकोमा निजी साझेदारीहरुको चलखेलको कारण ९.०१ प्रतिशतमा झरेको छ।

यस विषयमा अख्तियार, संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले उप समिति गठन गरेर छानबिन गरिरहेका छन्।

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 18:54:46
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।