इन्जिनियरले रोकिएको प्रोत्साहन भत्ता पाउने


Kshamadevi Group


पुनर्निर्माण प्राधिकरण
पुनर्निर्माण प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउने भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता गत साउन महिनादेखिकै उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्।

शुक्रबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा सरोकारवाला निकायसँगको भेटमा उनले गत साउन महिनादेखिकै पुनर्निर्माणका खटिएका इन्जिनियरहरुको प्रोत्साहन भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सहमति लिइएको पनि स्पष्ट पारे।

पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्दै आन्दोलन सुरु गरेका थिए। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले इन्जिनियरहरुको सेवा सुविधामा कुनै कमी हुन नदिने उल्लेख गर्दैै आन्दोलन छोडेर पुनर्निर्माणको काममा केन्द्रित हुन पनि आह्वान गरे।

प्राधिकरणले पुनर्निर्माणका खटिएका इन्जिनियरहरुको थप सेवा र सुविधा सम्बन्धित स्थानीय तहले सिफारिस गरेको आधारमा उपलब्ध गराउने पनि जनाएको छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्बन्धित स्थानीय तहले गरेको सिफारिसको आधारमा इन्जिनियरहरुको थप सेवा, सुविधा उपलब्ध गराउने पनि स्पष्ट पारे।

प्राधिकरणले निजी आवास निर्माणको काम मानवीय संवेदनासँग जोडिएकाले सो काममा ढिलाई नगर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउँदै आएको छ।

 

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 18:30:55
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...