काठमाडौंमा पुष्प मेला सुरु


Kshamadevi Group


Pradeep Raj Onta/RSS

काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ।

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले शुक्रबार एक कार्यक्रमबीच २२ औँ पुष्प मेलाको उद्घाटन गरेकी हुन्।

पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। उनले पुष्प मेलालगायतका मेलाहरुको प्रर्दशनीका लागि तत्काल प्रर्दशनी स्थलको व्यवस्था गर्न पनि सरकारसँग माग गरे।

भृकुटीमण्डपमा रहेको प्रर्दशनी स्थलको भौतिक पूर्वाधार समेत जीर्ण रहेकाले पनि सरकारले प्रर्दशनीका लागि छुट्टै स्थलको व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाई थियो।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन।

आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। ३ दिनसम्म चल्ने मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा पनि गरिएको छ।

 

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 17:11:59
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।