पर्यटकका समस्या समाधान गर्न २६ स्थानमा पर्यटक प्रहरी बिट



सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि देशका विभिन्न २६ स्थानमा पर्यटक प्रहरी बिट स्थापना गरेको छ।

भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले सरकारले पर्र्यटक प्रहरीलाई पनि सक्रिय बनाउन लागेको हो। पर्यटन प्रहरीले पछिल्लो समय आफ्ना गतिविधि बढाउँदै लगेको छ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारको सो लक्ष्य पूरा गर्न पर्यटक प्रहरीको मुख्य भूमिका रहेको छ। नेपालमा आउने पर्यटकका लागि पर्यटक प्रहरीले सूचना व्यवस्थापन प्रणाली जडान गरि काम गर्दै आएको छ। यो प्रणालीले नेपाल आएका पर्यटक कुन क्षेत्रमा छन् भन्ने विषयमा जानकारी दिन सहयोग पुग्छ।

बिनासूचना पदमार्गमा जाने, केही समस्या हुँदा उद्धारमा ढिलाइका कारण पर्यटकको मृत्यु लगायतका घटना, दुर्घटना बढेपछि पर्यटन विभागको सक्रियतामा पर्यटक सूचना व्यवस्थापना प्रणाली जडान गरिएको हो।

नेपाल प्रहरीको कम्युटर निर्देशनालयको समन्वयमा पर्यटक प्रहरीको निगरानीमा रहने गरी उपत्यकाबाहिरका १६ स्थानमा उक्त प्रणाली जडान गरिएको हो।

२०३५ माघ १२ गतेदेखि सुरु भएको पर्यटक प्रहरीमा हाल २२७ जनाको दरबन्दी रहेको छ। काठमाडौं उपत्यकाको बौद्धसहित १० पर्यटकीय स्थानमा ९९ जना पर्यटकीय प्रहरी परिचालन गरिएको छ। त्यस्तै उपत्यका बाहिरका १६ स्थानमा पर्यटक प्रहरी विट स्थापना गरिएका छ भने उक्त स्थानमा २ सय १८ पर्यटक प्रहरी खटिएका छन्।

पदयात्राका लागि लाङटाङ, अन्नपूर्ण, सगरमाथा, मनाङ, मुस्ताङलगायतका क्षेत्रमा जाने पर्यटकको सूचना सजिलै लिन सकिने गरी उक्त प्रणाली जडान गरिएको हो। पर्यटकबारे उचित समयमा सही जानकारी लिन सोलुखुम्बुको लुक्ला, धनुषा, वीरगन्ज, सौराहा, स्याफ्रुबेंसी, पोखरा, बिरेठाँटी, धम्पुस, घान्द्रुक, जोमसोम, चामे, घोरेपानी, लुम्बिनी, बेलैया, काँकडभित्ता र बन्दीपुरमा अस्थाई पर्यटन प्रहरी विटमा उक्त प्रणाली जडान गरिएको छ।

पर्यटक प्रहरी नेपाल प्रहरी भए पनि उनीहरूको सेवा सुविधा भने पर्यटन विभागमार्फत दिइँदै आएको छ।

पर्यटक प्रहरी ईकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार केही समयमा नै पर्यटक प्रहरी मोबाइल एप ल्याउने तयारी गरिएको छ। देशभरका विभिन्न पर्यटकीय क्षेत्रमा थप नयाँ ८ पर्यटक प्रहरी बिट स्थापनाको तयारी गरिएको छ।

सूचना व्यवस्थापन प्रणाली जडान भएपछि पदयात्रामा गएका पर्यटकको अवस्था बुझन सजिलो भएको बस्नेत बताउँछन्। ‘विभिन्न जिल्लाको गतिविधि काठमाडौंमै बसेर हेर्न सकिन्छ’, उनले भने, ‘सञ्चारको अभावका कारण कतिपय पर्यटक तत्काल सम्पर्कमा नआउँदा पनि कुन बाटो भएर पदयात्रामा गएको छ भन्ने अभिलेख पर्यटक प्रहरीसँग हुँदा सहज हुन्छ।’

अहिलेसम्म फ्रेन्स भाषा मात्र बोल्ने गरेकोमा हाल पर्यटन प्रहरीले जापानिज, चाइनिज, इटालियन भाषा सिक्दै आएका छन्।

प्रकाशित ८ चैत २०७५, शुक्रबार | 2019-03-22 12:15:23
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।