विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धक सन्देहको घेरामा


Kshamadevi Group


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

सेवा लिएबापत तिर्नुपर्ने रकम भुक्तान नगरेपछि विमानस्थल प्रशासनले पैसा असुल्न नियमअनुसार ती जहाज ग्राउन्डेड गरेको थियो।

फागुन २१ मा विमानस्थललाई ४ करोड मध्येममा ५० हजार भुक्तान गरेपछि मात्र सौर्यका जहाजले उड्ने अनुमति पाए। बाँकी रकम तीन महिना भित्र भुक्तानि गरिसक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग साैर्यले लिखित सम्झाैता गरेपछि उडान अनुमित दिएकाे विमानस्थल प्रशासनले जनाएकाे छ।

रोचक यो छ कि त्यही नियम विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय वायु सेवाहरुको हकमा चाहिँ लागू गर्न सकेको छैन। विमानस्थल प्रशासन नियमअनुसार नचल्दा सरकारको करोडौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ। सेवा बन्द गरेर गइसकेका १८ कम्पनीले विमानस्थललाई २५ करोड ३१ लाख रुपैयाँ बुझाउन बाँकी छ। ती कम्पनीहरु ‘सम्पर्कबिहीन’ रहेको विमानस्थल बताउँछ।

काठमाडौं गन्तव्य बनाएर उडान गर्ने वायुसेवा कम्पनीहरुले सेवा शुल्क अन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग, सुरक्षा, कोठा काउन्टर शुल्कबात रकम बुझाउनु पर्छ। यस्तो रकम नुबझाउने वायुसेवा कम्पनीको जहाज विमानस्थल अधिकारीले ग्राउन्डेड गर्न सक्छन्।

२०७५ मंसिर ११ मा नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०६८ अनुसार महाप्रबन्धक राजकुमार क्षेत्रीले सौर्यका दुई जहाज ग्राउन्डेड गराएका थिए। पैसा असुल्न जहाज ग्राउन्डेड गराएको भन्दै त्यतिबेला सार्वजनिक चर्चा समेत भयो। सरकारी अधिकारी फेरिएका होइनन्। नियम परिवर्तन भएको होइन। व्यक्ति उनै क्षेत्री हुन्, नियम उही हो। तर एयर एशियासँग करोडौं रकम असुलउपर नगरी उनले २०७५ असोज २६ गते एयर एशियाको जहाज उड्न छोडिदिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आईतबार सार्वजनिक लेखा समितिलाई बुझाएको विवरणअनुसार सो वायुसेवा कम्पनीले १४ करोड १३ लाख रुपैयाँ बुझाउन बाँकी छ। संसदीय समिति समक्ष १४ करोड उठाउनु पर्ने भने पनि क्षेत्रीले एयर एशियासँग २५ करोड असुल्न खोजेको एयर एशियाका प्रतिनिधिले त्यतिबेला दाबी गरेका थिए।

उडान बन्द पछि एयर एसियाले विमानस्थल कार्यालयमा सम्पर्क गरेको छैन। मिलेमतोमा विमान उड्न दिएकाले पैसा उठाउन विमानस्थल प्रशासन निस्क्रिय छ।

कस्तो छ नियम?
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली (चौथो संशोधन) २०६७ को नियम ३० अनुसार सेवामा रोक लगाउने तथा अन्य कारबाही गरिने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार सेवा शुल्क भुक्तानी नगर्ने विमान कम्पनीलाई विमानस्थलबाट जारी गरिएको अनुमतिपत्र, सम्झौतपत्र वा अन्य कुनै कारोबार गर्न दिइएको अनुमति विमानस्थल कार्यालय प्रमुखले स्थगन गरी विमानस्थलमा रहेको उनिहरुको सम्पत्ति रोक्का राखी आवश्यक कारबाही गर्न पाउँछन्। नियमअनुसार विमानस्थल महाप्रबन्धकले पैसा असुल्न पाएको यो अधिकार १८ अन्तरार्ष्ट्रिय वायु सेवा कम्पनीको हकमा प्रयोग भएको छैन।

उक्त व्यवस्थामा विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ। साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ। समयमा बुझाउँदा छुटको व्यवस्था छ। विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन। ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्छ। ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा उल्लेख छ। यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्छ।

बक्यौता नतिर्नेहरू
लेखा समितिलाई विमानस्थल कार्यालयले बुझाएको प्रतिवेदन अनुसार नेपालमा उडान बन्द गरेर सम्पर्कबिहीन वायुसेवा कम्पनीहरुमा सबैभन्दा बढी बक्यौता गल्फ एयरको छ। गल्फले २ करोड २२ लाख १३ हजार ५४ रहेको छ। एयर सहारा जेटलाइटको ३४ लाख ७८ हजार, अस्ट्रिन एयरलाइन्सको ४३ हजार, बहाराइन एयरलाइन्सको २४ लाख ६३ हजार, बर्मा एयरवेजको १ लाख ८६ हजार, कोलोसस एयरको ५७ हजार, जीएमजी एयरलाइन्सको १ लाख ६० हजार, हङकङ एक्सप्रेसको १९ लाख ६२ हजार, किंगफिसर एयरलाइन्सको १ करोड १५ लाख ९७ हजार, लुफ्थान्सा एयरको १ लाख ६३ हजार, ओरियन्टल थाई एयरवेजको ५ लाख ८९ हजार, पाकिस्तान एयरलाइन्सको २६ लाख ८४ हजार, र्याक एयरवेजको १ लाख ८३ हजार, सिंगापुर एयरलाइन्सको ५ लाख ५८ हजार, स्पाइसजेट एयरलाइन्सको १ लाख १५ हजार, तुई एयरलाइन्सको ९ लाख ५८ हजार र युनाइटेड एयरवेजको १ लाख ६ हजार बाँकी छ।

बन्द भइसकेका आन्तरिक उडान भर्ने (स्वदेशी) १० वटा एयरलाइन्स पनि बक्यौता नबुझाई सम्पर्कबिहीन रहेको विमानस्थलले जनाएको छ। तिनले मात्रै बुझाउनुपर्ने रकम ८ करोड ४७ लाख छ।
सबैभन्दा धेरै नेकोन एयर इन्टरनेसनलको ४ करोड ६३ लाख बक्यौता छ। कस्मिक एयरको ३ करोड ३३ लाख बक्यौता छ। त्यस्तै एयर काष्ठमण्डप, एयर नेपाल, अल्पाइन एयर, गरुण एयर, गोरखा एयर, कर्णाली एयर, मुक्ति एयर, नेपाल एयरवेज र स्काइलाइन एयरवेजले बक्यौता रकम भुक्तानी गरेका छैनन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सेवा प्रयोग एवं सटर भाडा बापतको उठाउन बाँकी रकम २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। यो रकम पसल, होटल, तथा वायुसेवा कम्पनीले २०७५ पुस मसान्तसम्म विमानस्थललाई तिर्न बाँकी हो।

 विमानस्थल अनियमितताबारे थप सामग्री:

१. कर्मचारी मिलेमतोमा विमानस्थल ट्याक्सीमा सिन्डिकेट

२. विमानस्थलमा भाडा नतिर्नेलाई निरन्तर ठेक्का

. अर्ब ५० करोड डुबाउने को हो?

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 20:04:23
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्

समुन्द्रा घिमिरेबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...