१० प्रतिशत सेवा शुल्कको माग गर्दै पर्यटन क्षेत्रका एक लाख मजदुर आन्दोलित

पारिश्रमिक नदिने ट्रेकिङ एजेन्सी बन्द गर्छौंः पराजुली



१० प्रतिशत सेवा शुल्कको माग गर्दै पर्यटनका क्षेत्रमा काम गर्ने मजदुर आन्दोलनमा उत्रिएका छन्।

‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्वसन्ध्या र पर्यटकीय सिजन शुुरु हुनै लाग्दा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्।

नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलाईन्स, पुरातात्विक, संस्कृति, कार्गो, कुरियर कर्मचारी युनियन –युनिट्रामभ’ बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनको घोषणा गरेको हो। युनिट्राभले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरले कामअनुसारको पारिश्रमिक नपाएको भन्दै १० प्रतिशत शेवा शुल्कको कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ।

पर्यटन क्षेत्रका होटल तथा रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क कार्यान्वयन गरिसकेका छन् तर टे«किङ, ट्राभल्स, र्याप्टिङ र क्वाइम्बिङ क्षेत्रमा काम गर्ने श्रमिकले उचित ज्याला समेत नपाएपछि उनीहरु आन्दोलित बनेका हुन।

उनीहरुले नौ बुँदे मागपत्र सार्वजनिक गर्दै आफूहरुका माग तत्काल सम्बोन नगरिए नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलाईन्स, पुरातात्विक, संस्कृति, कार्गो, कुरियर क्षेत्रहरु बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन्। युनिट्राभले आफ्ना माग सम्बोधन गर्नका लागि चैत २१ गतेसम्मको समय दिएको छ। सो समयसम्म आफ्ना माग पूरा नभए सम्पूर्ण क्षेत्रहरु बन्द गरेर आन्दोलनमा उत्रिने र आन्दोलनबाट उत्पन्न हुने समस्याको जिम्मा सरकारले लिनुपर्ने चेतावनी दिएको छ।

‘केही समयअघि पदयात्रा क्षेत्रमा काम गर्ने गाइड तथा सहयोगीको ज्यालामा २० प्रतिशतले बृद्धि भए पनि ट्रेकिङ कम्पनीले मजदुरलाई पुरानै ज्याला दिँदै आएको पाइयो’, युनिट्राभलका अध्यक्ष सुमनप्रसाद पराजुलीले भने, ‘ज्यालामा बृद्धि भए तापनि धेरै कम्पनीले बढेको ज्याला दिनुको सट्टा उल्टै मजदुर हटाएका छन्। मजदुरलाई काम अनुसारको पारिश्रमिक नदिने ट्रेकिङ एजेन्सी बन्द गछौँ।’

उनका अनुसार पर्यटन क्षेत्रका होटलले आफ्ना कामदारलाई १० प्रतिशत सेवा शुल्क दिने गरेका छन्। ती होटलसम्म पर्यटक लौजाने मजदुरले तोकिएको पारिश्रमिक समेत पाएका छैनन्। होटल तथा रेस्टुरेन्ट सरह पर्यटक मजदुरले पनि सेवा शुल्क पाउनु पर्ने आफूहरुमो माग रहेको अध्यक्ष पराजुलीले बताए।

जनवरी १ बाट लागू हुनेगरी ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले पदयात्रामा जाने पर्यटकको ज्यालामा वृद्धि गरेको थियो। मजदुरका माग अनुसार ज्यालामा बृद्धि गरेको टानले जनाए तापनि मजदुरले उचित पारिश्रमिक नपाएको गुनासो गर्दैे आएका छन्।

पर्यटन विभागका अनुसार दर्ता भएका ट्राभल्स कम्पनीको संख्या ३ हजार ५ सय ४५, टुरिस्ट गाइडको संख्या ४ हजार १ सय ४१, पोटर गाइड १ सय ७२, टेकिङ एजेन्सी २ हजार ६ सय ७५, टे«किङ गाइड १६ हजार ९ सय ८० पुगेका छन्।
युनिट्राभ अन्तरगत एयरलाइन्समा १० हजार, टेकिङमा ६० हजार र ट्राभल्समा ३५ हजार गरी करिब १ लाख मजदुर कार्यरत रहेका छन्।

 

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 18:09:02
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।