बुद्धको नयाँ एटीआरः लोकसभा चुनावले कोलकता उडान प्रभावित



भारतको कोलकता उडान भर्नका लागि बुद्ध एयरले ल्याएको नयाँ एटीआरले लोक सभा चुनाव सकिएपछि मात्र त्यहाँ उडान भर्ने भएकाे छ।

नयाँ एटीआर ७२–५०० जहाजले आगामी जेठ १३ गतेबाट काठमाडौं–कोलकाता साताको तीन उडान गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार उक्त्त ७२ सिटे एटीआरले हरेक साताको सोमबार, बुधबार र शुक्रबार काठमाडौं–कोलकाता उडान भर्नेछ।

नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानका लागि फ्रान्सवाट ल्याएकाे एटीआर–७२ जहाज सोमबार राति काठमाडौं आइपुगेको हाे।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार एक अर्बमा सेकेण्ड ह्यान्डको ७२ सिटे एटीआर जहाज ल्याईएको हो। ७२ सिट क्षमताको उक्त एटीआर जहाजले १५ हजार फिटभन्दा माथि सजिलै उडान भर्न सक्छ। ९ एन एइमवाइ कलसाइन दिइएको उक्त जहाज नेपाल ल्याउनका लागि ९ जना क्यापटेन तथा इन्जिनियरको टोली फ्रान्स गएको थियो। 

केही दिन विमानको रङरोगन र सिट मिलाउन लाग्ने र त्यसपछि आन्तरिक उडान भर्ने तयारीमा एयरलाइन्स रहेको छ। उक्त जहाजले आगामी अप्रिल १५ तारिखदेखि काठमाडौं-विराटनगर उडान गर्ने तालिका बनेको छ।

सन् २००७ मा बनेको उक्त जहाज बुद्धले नेपाल ल्याउनु अघि एयर टाहिटीले फ्रान्समा उडान गर्दै आएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले १२ वर्ष पुरानो एटीआर जहाजको उडानका लागि योग्य प्रमाणित गर्दै स्वीकृति दिएको छ। उक्त जहाज युरोपियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए) द्वारा उडान योग्य प्रमाणित भइसकेको छ। 

सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ। हाल बुद्ध एयरसँग छ वटा ७२ सीटे एटीआर ७२–५००, तीनवटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्ट लगायत ११ वटा जहाज छन्। नयाँ खरिद गरिएको ७२ सिटे एटीआर विमान गरी बुद्धसँग ६ सय ६६ सिट क्षमता रहेको छ।

बुद्धले भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, भरतपुर, पोखरा लगायत आठवटा आन्तरिक गन्तब्यमा उडान गर्दै आएका छन्।

त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले भारतको वनारसमा सोमबार र शुक्रवार गरी साताको दुई दिन उडान भर्दै आएको छ।

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 16:17:42
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।