कर्मचारी मिलेमतोमा विमानस्थल ट्याक्सीमा सिन्डिकेट

२६ वर्षदेखि व्यवस्थापकको रोजाइमा एउटै कम्पनी



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पर्यटक ट्याक्सी भाडामा लगाउका लागि ‘विमानस्थल हवाई यात्रु यातायात व्यवस्था लिमिटेड’सँग पहिलो पटक २०५० सालमा सम्झौता गर्‍यो।

त्यसयता अन्तरार्ष्ट्रिय विमानस्थलबाट लाखाैं यात्रु ओहोर–दोहोर गरिसके तर अहिलेसम्म त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सो कम्पनीको एकलाैटी व्यापार साम्राज्य छ।

यो बीचमा विमानस्थलमा ट्याक्सी सेवा सञ्चालन गर्न टेन्डर आह्वान नभएका होइनन्। तर सो कम्पनी २६ वर्षदेखि ट्याक्सी सेवा प्रदायकको रूपमा सधैँ छनाेटमा पर्दै आएको छ।

यस्तो कसरी सम्भव हुन्छ? 'कर्मचारीसँग नमिली यत्रो लामो समयसम्म एकलाैटी गर्न सकिँदैन', विमानस्थल स्रोत भन्छ, 'ट्याक्सीमा एक्लाैटीको कमिसन कर्मचारीसम्म पुग्छ।'

बाहिरको तुलनामा कैयाैं गुणा बढी भाडा लिने र मिटरमा जान नमान्ने गरेको भन्दै बेलाबखत विमानस्थल ट्याक्सीलाइ कारबाही मागको उठ्ने गरेको छ। बिडम्बना भन्नुपर्छ विमानस्थल प्रशासन यो विषयमा सधैँ माैन देखिन्छ।

सो कम्पनीले पछिल्लो समय २०६९ साल जेठ २ गते र असार १ गते विमानस्थल कार्यालयसँग प्रिपेड ट्याक्सी सेवा सञ्चालनसम्बन्धी सम्झौता गर्‍यो। त्यतिबेला ७ वर्षसम्मका लागि ३ सय ट्याक्सीले (हाल २०८ ट्याक्सी) सेवा प्रवाह गर्ने भन्दै सम्झौता भएको छ। विमानस्थल ट्याक्सी व्यवस्थापनसँग साँठगाँठ गरी उक्त कम्पनीले प्रिपेड ट्याक्सीले एकलौटी बनाएको स्रोतहरू बताउँछन्। 'अरू ठेक्का बढीमा तीन वर्षसम्म दिने विमानस्थलले यो कम्पनीलाइ भने ७ वर्षको सम्झौता एकै पटक गरिनु पनि सामान्य छैन। मिलेमतो बिना यो सम्भव हुने कुरा होइन', स्रोतले भन्यो। 

आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित सांसदहरुले समेत प्रिपेड ट्याक्सीको विषयमा अनुगमन हुनुपर्ने आवाज उठाए। प्रिपेड ट्याक्सी बाहिरी ट्याक्सीको तुलनामा महँगो र मिटरमा जान नमान्ने भन्दै उचित कारबाही गर्न उनीहरूले विमानस्थल कार्यालयलाई निर्देशन दिएका छन्।

यात्रुलाई सहज होस, ठगिनबाट जोगियुन भनेर अन्य मुलुकहरूमा समेत विमानस्थलले ट्याक्सी सेवा सञ्चालन गर्छन्। तर त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा उल्टो ठगिनु पर्ने स्थिति रहेको उनीहरूको गुनासो छ।

नेकपाका सांसद डा. सूर्य पाठकले व्यवस्थापनसँगको मिलोमतोमा विमानस्थलमा सञ्चालित प्रिपेड ट्याक्सीले मनलाग्दी भाडा लिइरहेकोमा आपत्ति जनाए। ‘प्रिपेड ट्याक्सीले बढी भाडा तयहाँको व्यवस्थापनकै मिलेमतोमा लिएका हुन्’, उनले भने, ‘व्यवस्थापन पक्षसँग समन्वय नगरेको भए उनीहरु अहिलेसम्म के हेरेर बसेका छन्?’ सांसद पाठकले पर्यटक भित्र्याउने योजना बनाइरहँदा पर्यटकका लागि भनी छुट्याइएका ट्याक्सी सेवामा दादागिरी बढेको भन्दै त्यसलाई तत्काल रोक्न विमानस्थल कार्यालयको ध्यानाकर्षण गराए।

अर्का सांसद डा. मिनेन्द्र रिजालले एउटै कम्पनीलाई लामो समयदेखि भाडामा दिनु र अरु कम्पनी तथा व्यवसायीहरु प्रतिस्पर्धामा आउने वातावरण नभएको भन्दै विमानस्थलमा सिन्डिकेट भइरहेको दाबी गरे। उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई असर नपर्ने गरी विमानस्थल कार्यालयले यात्रुको व्यवस्थापन, उनीहरुको सेवा सुविधालाई ध्यान दिन आग्रह गरे।

यातायात व्यवस्था विभागले काठमाडाैं उपत्यकाभित्र अधिकतम् भाडा १ हजार १५७ सम्म निर्धारण गरेको छ। त्योभन्दा बढी भाडा असुल्ने ठाउँमा उनीहरू जान पाउँदैनन्। विभागले निर्धारण गरेको भाडाभन्दा विमानस्थल ट्याक्सीले तेब्बर बढी भाडा असुल्न थालेपछि यो विषय पहिला पनि चर्चामा आएको थियो। ट्याक्सी सेवाबारे पटक पटक उठेका गुनासोबारे विमानस्थल महाप्रबन्धक राजेन्द्र क्षेत्रीले चासो दिएका छैनन्।

विमानस्थलसँगको सम्झौताविपरीत ट्याक्सीले यात्रुको ठगी भइरहँदा विमानस्थल प्रशासन रहस्मय रूपमा माैन देखिएको हो।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बेथितिबारे थप सामग्री:

१. विमानस्थलमा भाडा नतिर्नेलाई निरन्तर ठेक्का

२. अर्ब ५० करोड डुबाउने को हो?

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 10:59:13
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।