२ अर्ब ५० करोड डुबाउने को हो?

विमानस्थल कर्मचारी–व्यापारी मिलेमतो रहेको सांसदको शंका



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सेवा प्रयोग एवं सटर भाडा बापतको उठाउन बाँकी रकम २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

यो रकम पसल, होटल, तथा वायुसेवा कम्पनीले २०७५ पुस मसान्तसम्म विमानस्थललाई तिर्न बाँकी हो।

वायुसेवा कम्पनीहरुले सेवा शुल्क अन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ, हवाई परिवहन सञ्चालन उपकरण प्रयोग, सुरक्षा, कोठा काउन्टर शुल्क बुझाउनु पर्दछ।

यो बाहेक अन्तर्राष्ट्रिय र आन्तरिक दुवै टर्मिनलतर्फ विमानस्थलले सटर भाडामा लगाएको छ। भाडामा लगाएका ती सटरबाट राम्रो आम्दानी हुनेगर्छ। विमानस्थलको नियामक निकायका पदाधिकारीको सन्देहजनक व्यवहारका कारण सरकारी राजस्व उठ्न नसकी डुब्न लागेको हो।

संघीय संसदका सांसदहरुले व्यापारी–कर्मचारीको मिलेमतोका कारण रकम उठ्न नसकेको शंका गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विमानस्थल सेवा शुल्क नियमावली अनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ। रकम नबुझाउनेहरूलाइ ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ।

यो नियम रकम भुक्तान नगर्ने स–सना कम्पनीका लागि मात्रै लागू हुँदै आएको छ। ठूलो रकम बुझाउन बाँकी रहेका एयर एशिया, गल्फ एयरहरुका हकमा लागू भएको देखिँदैन। विमानस्थल प्रशासनको सन्देहजनक छुटका कारण सरकारको अर्बभन्दा बढी रकम डुब्ने अवस्थामा पुगेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उडान बन्द भएका १८ वायुसेवा कम्पनीबाट बक्यौता रकम उठ्न बाँकी छ। ती कम्पनीहरु हाल सञ्चालनमा छैनन्। सबैभन्दा बढी एयर एशिया बक्यौता १४ करोड १३ लाख ७७ हजार छ। गल्फले २ करोड २२ लाख १३ हजार रकम बुझाउन बाँकी छ। यी दुवै वायुसेवाले काठमाडौंमा आउन छोडिसकेका छन्।

अन्तराष्ट्रिय उडान गर्दै आएका ५५ विमान कम्पनी मध्येमा ५३ कम्पनीले बक्यौता रकम तिरेका छैनन्। उनीहरुलाई रकम भुक्तानीका लागि पटक–पटक पत्राचार भैरहेको विमानस्थलले जनाएको छ।

अन्तराष्ट्रिय र आन्तरिक दुबैतर्फ सबैभन्दा बढी बक्यौता रकम सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमको रहेको छ। निगमले पौष मसान्तसम्म विमानस्थल कार्यालयलाई ३४ करोड ९७ लाख ४ हजार ७ सय ९७ रहेको छ। निगमले हाल किस्ताबन्दीमा रकम भुक्तान गरिरहेको छ।

आन्तरिक तर्फ सञ्चालनमा रहेका १८ र हाल बन्द रहेका १२ एयरलाइन्सले रकम बक्यौता भुक्तानी गरेका छैनन्। बन्द एयरलाइन्समध्येमा नेकोन एयर अन्तराष्ट्रियले ४ करोड ६३ लाख ८५ हजार ५३ रहेको छ। कस्मिक एयरको ३ करोड ३३ लाख १२ हजार नौ सय ६ रहेको छ।

त्रिभुवन विमानस्थल कार्यालयलाई १८ वटा सरकारी कार्यालयले समेत बक्यौता रकम भुक्तान गरेका छैनन्। ती मध्ये सबैभन्दा बढी भन्सार विभागको ५४ करोड ८ लाख ९९ हजार ५ सय ७५ रहेको छ। भन्सार विभागको बक्यौताले विमानस्थल कार्यालयलाई धेरै असर गरेको कार्यालयका उपप्रबन्धक हेमप्रसाद दाहालले जानकारी दिए।

अदालतको आदेशमा भाडा लम्ब्याउँदै व्यापारी
त्रिभुवन विमानस्थलमा व्यापार सञ्चालन गर्दै आएका व्यापारीले समेत बक्यौता रकम भुक्तानी गरेका छैनन्। सम्झौताअनुसार रकम भुक्तानी नगरेका उनीहरु पछिल्लो समय अदालत जाने प्रवृत्ति बढेको छ।

आइतबार संसदको सार्वजनिक लेखा समितिको छलफलमा बोल्दै सांसद प्रेम आलेले विमानस्थलका पसलमा सेवा मूल्य बाहिरी बजार मूल्यभन्दा ४ गुण महँगो हुने तर कानुनअनुसार रकम भुक्तानी नगर्ने प्रवृत्ति बढ्नुमा व्यापारी–विमानस्थल कर्मचारी मिलेमतो भएको शंका जनाए। ‘विमानस्थल कर्मचारीसँगको मिलेमतो भएको हुनसक्छ। उनीहरुको सहयोगबिना यो कसरी सम्भव भयो?’, सांसद आलेको प्रश्न थियो।

२०६५ साल जेठ १४ गते सम्झौता अवधि सकिएका व्यापारीहरु अदालतको आदेशका भरमा अहिलेसम्म पनि पसल सञ्चालन गर्दै आएका छन्।

अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्षको भुइँ तल्लास्थित एबीपी मार्ट प्रालि (चिया-कफी सप) को २०७२ साल भदौ ३१ गते गरेको ३ वर्षको सम्झौतामा १ करोड १२ लाख २० हजार मध्येमा बार्षिक ३७ लाख ४० हजार रकम भुक्तानी हुनुपर्ने हो। सम्झौता अनुसार रकम भुक्तानी नगरेको उक्त मार्टले जिल्ला अदालतबाट आदेश लिएर हाल पुनः पसल खुला गरेको छ।

सांसद सूर्य पाठकले विमानस्थलका व्यापारीहरु सेवाभन्दा पनि व्यापार गर्न तर्फ लागेको भन्दै विमानस्थलभित्र सिन्डिकेट भएको दाबी गरे। १०–१५ वर्षसम्म एउटै व्यापारीले व्यवसायका लागि ठाउँ पाइरहेको भन्दै उनले पनि कर्मचारीसँग मिलेमतोको शंका गरे।

प्रकाशित ३ चैत २०७५, आइतबार | 2019-03-17 18:56:36
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।