किसानलाई अनुदान अब बैंकबाटः कृषिमन्त्री खनाल



चक्रपाणी खनाल
चक्रपाणी खनाल

सरकारले बैंकमार्फत् कृषकहरुलाई अनुदान उपलब्ध गराउने तयारी गरेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन बैंक तथा वित्तिय संस्थामार्फत् वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्।

शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बैंकमार्फत् कृषकहरुको हातमा अनुदानको रकम वितरण गर्नका लागि ‘किसान कल्याण परियोजना’ संचालन गर्ने योजना पनि अघि सारे।

मन्त्री खनालले मलको अभाव हुन नदिन कृषकहरुलाई ‘सोयल हेल्थ कार्ड’ वितरण गर्न उपयुक्त हुने धारणा पनि समितिमा राखे। सो कार्डको आधारमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्ने मन्त्री खनालको भनाई छ।

मन्त्री खनालले सरकारले रासायनिक मलको विकल्पमा जैविक मल उत्पादनमा जोड दिने नीति लिएको पनि बताए। बैठकमा समितिका सदस्यहरुले जैविक मलको उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए। समितिका सदस्य महेश बस्नेतले सहरको फोहोर व्यवस्थापन हुने गरी जैविक मल उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए। उनले जैविक खेती गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने कारणबारे पनि समितिमा चर्चा गरेका थिए।

समितिका सदस्यहरुले मलको अभाव हुन नदिन सरकारलाई आवश्यक योजना बनाउन पनि सचेत गराएका थिए।

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 17:56:42
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...