प्राकृतिक र भौगोलिक सुन्दरतामा आँच नपुर्‍याउन सिंचाई मन्त्रीको आग्रह



उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आयोजना निर्माणका क्रममा प्रभावित क्षेत्रका स्थानीयको समस्यालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन्।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबद्र्धकहरुसँगको छलफलमा उनले प्राकृतिक र भौगोलिक सुन्दरतामा आँच नपुग्ने गरी निर्माण कार्य गर्न सचेत गराएका हुन्। उनले पर्यटकीय उच्च सम्भावना बोकेको मुलुक भएकाले त्यस तर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

लगानीकर्ता, स्थानीय र सरकारी निकायबीचको आवश्यक समन्वयन हुन नसक्दा अन्तर्राष्ट्रिय जगतमा नेपालमा लगानी मैत्री वातावरण छैन भन्ने सन्देश पुग्ने गरेको भन्दै उनले सरोकारित निकायबीच समन्वय र छलफल गरी समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए। उनले आयोजना निर्माणमा देखिने समस्याको दीर्घकालिन सम्बोधनका लागि सरकारले पनि आवश्यक नीतिगत सुधार गर्दै लैजाने विश्वास दिलाए।

उनले कृषिमा आत्मनिर्भरता र बाह्रमासे सिंचाईको अवधारणा सहित सुरु भएका सिंचाई आयोजनाहरुमा प्रदेश सरकारसँगको समन्वयमा केही समस्या देखिएको उल्लेख गरे।

आयोजना निर्माणमा देखिएको समस्या र सम्बोधनका विकल्पबारे मन्त्री पुनले २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबद्र्धकहरुसँग मन्त्रालयमा छलफल गरेका हुन्। प्रबद्र्धकहरुले आयोजना निर्माणको क्रममा जग्गा प्राप्ती, वन क्षेत्र र बाटोको एकाधिकार बारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलमा १७ वटा आयोजनाका प्रबद्र्धक सहभागी थिए।

 

प्रकाशित १ चैत २०७५, शुक्रबार | 2019-03-15 17:41:29
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...